कुनै विछोडको बिम्ब बोकेका
दुई
किनारदेखि नडराऊ।
बरु
एउटा किनारबाट नदी तर
र अर्काे किनारमा गएर खबर पुर्याइदेऊ।
बाटो काट्दै गर्दा
पानीका छालसँग साउती मार
छप्ल्याङछुप्लुङ आवाजसँग बातचित गर ।
तलाउलाई
दुई किनारका प्रेम कहानी सुनाइदेऊ ।
..
आखिर
किनार पनि त किनारकै प्रतीक्षामा छ।
जग्गा जमिन जालझेल गरिगरि खाइदिए। वर्चस्वशालीहरूले किनाराकृत गरे। छोरीसमेत कलेज पढ्न शहर छिर्ने, काम गरेर पढ्ने क्रम बढ्दैछ। डिएसपीसम्मको उसको यात्रा हामी खस/आर्यभन्दा कति कठिन होला ! करिअर नबिगारून, पाप लाग्छ !! थारू।
२०७७ साउन २१ गते लेखेको समाचार हो यो । यो समाचार लेख्दा पाएको मानसिक यातना म अहिले सम्झिन पनि चाहन्न । 'स्रोतवाली' नाम दिएर तथानाम भन्नेहरूलाई म अहिले हस्त नमसकार भन्न चाहन्छु 😃
https://t.co/qm24xhza95
If you are a tourist in India 🇮🇳 and Nepal 🇳🇵, never ride an elephant for your safari entertainment.
All elephants are abused like this until proven otherwise.
विगतमा संसदीय रिपोर्टिङ अलि अनुभवी बिट रिपोर्टरहरूबाट हुन्थ्यो। बिस्तारै संसद्समेत ‘कन्टेन्ट क्रियटर’ नामका पापाराजीहरूको स्टुडियो बन्न थालेको छ।
फलतः संसदीय गतिविधि सम्बन्धी पत्रकारिता र सार्वजनिक बहस मुद्दाभन्दा बढी व्यक्ति, तमासा अनि भ्युज-केन्द्रित हुँदै गएका छन्।
#media
किन नदिने सेनाका अवकासप्राप्तलाई निजामती नेतृत्व ?
सेनाका सेवानिवृत्त अधिकारीलाई सार्वजनिक जिम्मेवारी दिन थालिएका समाचार सोसल मिडिया र सञ्चारमाध्यममा देखिरहेको छु । ती समाचार सत्य हुन् कि होइनन् मलाई थाह छैन । नहुन पनि सक्छन् । तर, समाचार साँच्चिकै सत्य हुन् भने यो एउटा दुखद् सुरुआत हो ।
सार्वजनिक क्षेत्र व्यवस्थापनमा काम गरेको मेरो अनुभवले के भन्छ भने अवकाशप्राप्त सेनालाई निजामती वा सार्वजनिक जिम्मेवारी दिने अभ्यासले सैन्य मानसिकताको विस्तारीकरण गर्छ; नागरिकप्रति जवाफदेही हुनुपर्ने सार्वजनिक निकाय वा अंगहरूलाई नियन्त्रणमुखी, अपारदर्शी र अप्रभावकारी बनाउँछ; र राज्य र नागरिकबिचको दूरी थप गहिरो बनाउँछ ।
सेनाको बर्चस्व उच्च रहेका नेपालका केही छिमेकी देशमा गैरसैन्य संस्थाहरूको नेतृत्वदेखि लिएर सरकारका विभिन्न तहका मन्त्रालयको नेतृत्वसमेत सेवानिवृत्त सेनाका अधिकारीलाई दिने अभ्यास छ । यस्ता अभ्यासले सार्वजनिक सेवामा कार्यरत गैरसैनिक कर्मचारीको आत्मबल घटाएको मात्र होइन सार्वजनिक क्षेत्रलाई अनावश्यक रूपमा rigid बनाएका छन् र सरकारलाई अव्यवहारिक ।
सेवा निवृत्त सेनाका अधिकारीलाई सार्वजनिक संस्थाको नेतृत्व जिम्मा लगाउने अभ्यास अर्थराजनीतिमा सम्भ्रान्त वर्गको बर्चस्वलाई निरन्तरता दिने प्रमुख माध्यम बनेको केही देशका अनुभवले देखाएका छन् । समाजको अभिजात तथा सम्भ्रान्त वर्गबाट सेनाको उच्च तहमा पुगेका व्यक्तिले अवकास पाएपछि सार्वजनिक नीति बनाउने वा तिनको कार्यान्यन गर्ने जिम्मेवारी पाउँदा आफ्नै वर्गको हित संरक्षणका लागि काम गर्नु स्वाभाविक हो । यस्तो अभ्यासले सुधारका प्रयासहरूलाई निस्तेज गर्छ र समाजमा विद्यमान असमानता र विभेदको संरक्षण गर्छ ।
सेनाको अनुशासनलाई बढाइचढाईं गर्ने र यस्तो अनुशासन निजामति सेवामा पनि चाहिन्छ भन्ने तर्क किन आधारभूत रूपमा गलत छ भने सेना युद्ध वा आपतकालिन अवस्थाका लागि निर्माण गरिने शक्ति हो । समाजलाई खूलापन, सिर्जनात्मकता, लचक र बहुआयामिकता चाहिन्छ -सेनाको जस्तो अनुशासन होइन । समाज अनुशासन र नियन्त्रणको सिद्धान्तबाट चल्नुपर्छ भन्ने आशय स्वयंमा निरङ्कुशताको मोहबाहेक केही होइन ।
नेपाली सेनामा प्रशस्त समस्या विद्यमान छन् -जसका बारेमा खूला र इमानदार भएर सोच्न आवश्यक छ । नेपालको संविधानलाई मान्ने हो भने सेना सरकारभन्दा माथिको स्वायत्त निकाय होइन -राज्यका विभिन्न निकायमध्ये एक हो । तर, नेपालको सेना नागरिक अधिनमा ल्याउने काम अधुरो नै छ । यसका केही संकेत भर्खरैको जेनजी आन्दोलनका क्रममा पनि सहतमा आएका छन् । सेनाको आकार र जिम्मेवारीमा सुधार आवश्यक छ । नेपाली सेना पारदर्शी छैन । सेनाका अधिकारीहरूमा अहिलेपनि निरङ्कुशताप्रति र अनिर्वाचित क्रुर शासकप्रतिको मायामोह कायम छ । यस्तो संस्थाबाट प्रशिक्षित अधिकारीहरू बृहत् समाजका लागि आदर्श बन्न सक्दैनन् ।
मेरो आसय सेनामा काम गर्ने मानिस स्वतः अयोग्य हुन्छन् वा हुनुपर्छ भन्ने होइन । तिनले समाजका विभिन्न क्षेत्रमा योगदान दिन सक्छन् । सेवानिवृत्त सेनाको जनशक्तिको कसरी उचित उपयोग गर्ने यसबारे नीति वा कार्यक्रम बनाउन सकिन्छ । तर, सेनाका अवकाशप्राप्त अधिकारीलाई सार्वजनिक क्षेत्र हाँक्ने नेतृत्वदायी जिम्मेवारी दिनु घातक हुनेछ ।
अहिलेको सरकार र सेनाबिचका सम्बन्धका बारेमा मानिसहरूमा विभिन्न शंका उपशंका विद्यमान छन् । यही बिचमा सेनालाई जानीनजानी आवश्यकता भन्दा बढी भूमिका दिने निर्णयले ती शंका-उपशंकामा बल पुग्नेछ ।
यदि सरकारले रणनीतिक रूपमा नै सेनाको भूमिका बढाउन खोजेको हो भने त यसलाई निरङ्कुशतातर्फको मुर्खतापूर्ण यात्रा नभनेर के भन्ने ?
सरकारलाई आलोचनात्मक प्रश्न गर्दा झोले, पुरातनवादी भन्दै सरकार पक्षधरबाट जुन किसिमको डिजिटल हिंसा गरिइँदै आइएको छ, अहिले ठ्याक्कै विष्णु सापकोटाले त्यही भोग्दैछन् !
समाज पूरै विभक्त भइसकेको छ। तपाईं जोसुकैले पनि आफ्नो विचार नै अन्तिम हो भनेर नहिँड्नुहोला ! 😫😁
Fact Vs exaggeration:
Baalram Gharti:Chieftain (जिम्मुवाल)loyal to monarch
Parsu Nryn/Dwarika Devi T: Defected NC leaders, Both family of landlords.
Hiralal BK: Not a full minister, Dalit activist appointed Asst Minister to appease Dalit protest movt...
‘गाई त बाँध्यो’ कि ‘गाई त बाँध्यौँ’?
बलिदान फिल्मको यो गीत धेरैले गलत गाउँछन् । भन्छन्, ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन’ ।
तर खास गीतमा ‘बाँध्यौँ’ भनिएको छ ।
‘बाँध्यौँ’ लाई ‘बाँध्यो’ भन्दा के फरक पर्ला र?
Video editing: Surakshyan
Proofreading: @lendaai@subtextwithS