हामी साथी थियौँ
घण्टौ कुरा गर्थ्यौँ
घुम्थ्यौँ
रमाउँथ्यौँ
एकदिन उसले
चुम्बन गरेकी थिइ
हामी प्रेमी भयौँ
फेरि झगडा
शंका
लडाई
अनि एक अर्काको बारेमा
घृणाले भरिएका कुराहरु
आज म उसको ब्लक लिस्टबाट
कुनै अपराधीले जसरी
रिहाई मागिरहेको छु
अब अपरिचित जस्तै छौँ
हालखबर नि सोध्न सक्दैनौँ!
साथी जिन्दगीको दौडले
दौडाउदै गयो
र तिमी दौडी नै रह्यौ
जसरी पानी बिनाको माछा
जसरी मरभुमीको प्यासी मृग
छट्पटाउछन्
त्यसरी नै तिमी छटपट्टी रह्यहौ
आफ्नो मनको तृष्णाको प्यासहरुमा