उनले त केवल सरकारलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेकी थिइन्। यदि यो देशका लागि कुनै कुरा खतरा हो भने, हरेक विषयमा देखिने अतिवाद र आपराधिक मानसिकता सबैभन्दा ठूलो खतरा हो।
असहमति सुन्नै नसक्ने, फरक विचार स्वीकार्नै नसक्ने, आफूलाई लागेको कुराबाहेक अरू कुरा बोल्दा अरूको चरित्रहत्या गर्ने, नैतिक पहरेदारी (moral policing) गर्ने र गालीगलौजमा उत्रिने प्रवृत्ति, यो कस्तो समाज निर्माण गर्दैछौँ हामी?
भारी जनमत रास्वपाको पक्षमा आउने निश्चित् जस्तै भयो । यसका धेरै कारणहरू मध्ये एउटा कारण हिजोको राज्यसत्ताको स्वभाव र चरित्र नै हो । अब मुलुक र मतदाताले के पाउॅंछन भन्ने कुरा सम्वन्धित् दलकै व्यवहारमा निर्भर गर्नेछ । राज्यका सबै निकाय र संरचनामा ओभरहल आवश्यक्ता छ । देशको…
अहिले गगन थापा लाई गलत देखाउन सकृयहुनु भयका हरु ले स्मरण गर्नुस काङ्ग्रेस त्यो बेला देखि मरेको थियो जतिबेला मतपत्र चपाउदा पनि यो गलत भयो भन्न काङ्ग्रेस ले सकेन। लोकतान्त्रिक पाटी लाई पुरै बामपंथीकरण गर्दै लगेका थिय देउवा ले। काङ्ग्रेस शुद्धिकरण भयको छ केही फरक परेको छैन।जने
राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।
लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट सङकेत दिन थालेका छन।यो,अति सत्ता केन्द्रित राजनीतिले सैध्दान्तिक जग गुमाएको परिणाम हो।त्यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस।
नेपालमा अभिभावकको सहमतिबिना इमर्जेन्सी अवस्थामा बाहेक किशोरीहरूको यौनाङ्गमा औँला छिराएर जाँच गर्नु गैरकानूनी हो तर ललाई-फकाई, पैसो दिएर वा झुक्याएर सोही बाटोबाट अझ औजारसमेत छिराई डिम्ब निकालेर तस्करी गर्दै अन्यलाई बेचबिखान गर्ने कुरा चाहिँ कानूनी हो।😕
८ वर्षअघि सौरभले भनेका वाक्यहरू अहिलेको परिप्रेक्ष्यमा हेर्दा साँच्चिकै अर्थपूर्ण देखिन्छन्। त्यतिबेला सामान्य व्यंग्य वा असन्तुष्टि जस्तो लाग्ने कुरा आजको राजनीतिक यथार्थसँग प्रत्यक्ष जोडिएर आएको छ। नेपालमा राजनीतिक विचार, दर्शन र नीति निर्माणमा योगदान दिनुपर्ने ठुलो जमात विदेशी सहयोग, भत्ता र परियोजनामा अडिएको छ।
राजनीतिक चेतना वा सामाजिक अध्ययनको आधारमा नभई, विदेशी निकायले लेखिदिएको एजेन्डा बोकेर नेपालका विश्लेषक वा तथाकथित विज्ञहरू राजनीतिक विमर्शमा देखिन थालेका छन्। दुई पैसा बराबरको पनि मौलिक बौद्धिक योगदान नभएका यस्ता व्यक्तिहरूले विदेशी चश्माबाट नेपालको राजनीति हेरेर विश्लेषण गर्दा, हाम्रो स्वाभाविक राजनीतिक प्रक्रिया भ्रमित र कमजोर बन्दै गएको छ।
यस्ता बौद्धिक निर्भरता र बाह्य भत्तामा आधारित विश्लेषणले नेपालको लोकतन्त्रलाई अझ अपांग बनाएको छ। न त यसले जनताको वास्तविक चाहना प्रतिनिधित्व गर्छ, न त राष्ट्रिय हितलाई। परिणामस्वरूप, नेपालमा विचार र बहसको दिशा विदेशी शक्तिको अनुदान र प्रभावले निर्धारण गरिरहेको छ भन्ने कुरा झन् स्पष्ट भएको छ।
त्यसैले, सौरभले आठ वर्षअघि प्रहार गरेको टिप्पणी केवल व्यंग्य थिएन, त्यो नेपालमा देखापर्न लागेको राजनीतिक संकटको द्रष्टा दृष्टिकोण पनि थियो। आज त्यो चेतावनी सत्य सावित भएको छ, जसले हाम्रो राजनीति र विचार संसारमा स्वावलम्बनको खाँचो झनै प्रस्ट्याएको छ।
देश यस्तो संकटमा भएको बेलामा नि पेट्रोलको जर्किन बोकेर सन्जालमा आउनेहरु देखेर छक्क पर्छु। अब के जलाउँछौँ ? घरघर छिरेर मान्छे जलाएर मुर्दाको देश बनाउने ?
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
प्रिय भाँडामझुवाहरु ! घण्टा हानेर बचेको समयमा दिनरात सन्जालमा बसेर आफ्नो कुण्ठा पोख्यौ नि हैन ? यो देशमा केहि भइहाल्यो भने आफू विदेश जानुको औचित्य समाप्त हुन्छ कि भन्ने त्राणबाट मुक्ति पायौ नि हैन ? हामीलाई यो देशमा बस्नुको गल्ती महशुष गराई छोड्यौ नि हैन ? आगो जसले लगाए पनि यसको मुख्य भागिदार तिमीहरु पनि हौ ! तिमीहरु जस्तो पातकीले यो जुनीमा मात्रै होइन, अबका कयौं जुनिसम्म कुनै पनि देशको फर्ष्ट सिटिजन हुन पाउन्नौ !! यी संस्थाहरुमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न परिवारहरुको पाप लाग्छ तिमीहरुलाई !! देश एउटा अनिश्चित ब्ल्याक होलमा प्रवेश गरेकोमा खुसी मनाउँदै गर अहिलेलाई !!