गरीबहरूको दुर्दशा हेर्न
बेरोजगारीको अवस्था हेर्न
विदेश जानेहरूको लर्को हेर्न
परदेशबाट आउने रातो बाकसहरुको शवहरू हेर्न
गिट्टी कुट्नेहरूको पसिना हेर्न
डोकोमा बिरामी बोकेको हेर्न
अझै तुइनबाट नदी तरेको हेर्न
र अन्त्यमा आफ्नै मुहार हेर्न
वडावडामा भ्यूटावर चाहिन्छ
टोलटोलमा भ्यूटावर !