मेरो निर्वाचन क्षेत्रमा गठबन्धनको उम्मेदवारको जितको कामना गरिएको चुनावी गित तलको लिंकमा हेर्न सक्नुुहुनेछ । "प्रदेशमा मदुकुमार... शालिकराम.. प्रतिनिधीसभामा राजेन्द्रलाई जिताऔं सबैले " ..https://t.co/Ebkf3eQqCT
शैशिक पृष्ठभूमिका नीति निर्माताप्रति कार्यरत बागमती प्रदेशका मुख्यमन्त्री @CM_RPPande ज्यूबाट PABSON आयोजित नानीहरूको प्रतिभा प्रतियोगितामा योगदानको लागि प्रशंसा पत्र पाउँदा खुशी लागेको छ।सेवा गर्ने मौका दिनुभएकोमा राष्ट्रिय नाचघरको महा प्रबन्धक @AshokPyasiRai जयूलाई धन्यबाद 🌻
आम सेवाग्राहीको गुनासो र समस्या सम्बोधन गर्नु हाम्रो प्राथमिक दायित्व हो । भोलीबाट नै दैनिक कोटामा ११६५ जना थपिएको छ । भोली ४ः ३० बजे तयार हुनुहोस् । आगामी १५ दिनको लागि अतिरिक्त १७४७५ थप सेवाग्राहीले आवेदन दिन सक्नुहुनेछ । बागमती प्रदेश सरकारको जनमुखी प्रयत्न निरन्तर रहनेछ ।
बागमती प्रदेशको सवारीचालक अनुमती पत्र प्रदान गर्ने कार्यालयहरु बिहानै देखि सञ्चालनमा ल्याउने तयारी पुरा भई कार्यान्वयनमा आएको छ ।https://t.co/fOP1MkbF7j
गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको उपस्थितिमा पृथ्वी राजमार्ग विस्तारकाे क्रममा आइपर्ने समस्या र व्यवस्थापनमा केन्द्रित "त्रिशुली काेरिडाेर यातायात पुर्वाधारकाे अवस्थाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम"सम्पन्न, कोरिडोर उत्तरतर्फको सडक सुधार गरिनेछ।
नेकपा(एस) प्रदेश संसदीय दलको बैठक पछि सरकार परिवर्तनको बारेमा बागमती प्रदेश सरकारका प्रवक्ता एवं नेकपा(एस) प्रदेश संसदीय दलका उपनेता माननीय, माननीय आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनाल पत्रकारहरुलाई स्पष्ट पार्दै ।
बागमती प्रदेशभित्रको सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय) मा अध्ययन गर्ने सबै छोरी बुहारीहरुलाई आव २०७९।८० देखी निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । क्याम्पसहरुलाई विद्यार्थीहरु सहभागि भएको अन्तिम परिक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइनेछ ।
@paudyallm सुझावको लागि धन्यवाद । यो सांकेतिक शुरुवात हुनेछ । विज्ञहरुको सुझावको आधारमा थप कृषि उपजहरुको छनौट गर्दै कार्यक्रम कार्यान्वयनमा लगिनेछ । दुधमा प्रतिलिटर २ रुपैंया दिंदै आएकोमा यस आ.व.मा बढाइनेछ ।
यस अघिको कागजी प्रस्तावको आधारमा अनुदान दिइरहेको प्रणालीलाई खारेज गर्दे बागमती प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्साहन प्रणाली शुरु गर्नेगरी नीति, कार्यक्रम र बजेट ल्याएको छ । निश्चित कोटाभन्दा बढी प्याज, लसुन उत्पादन गर्ने सबै किसानले प्रति किलो १ रुपैंया अनुदान पाउनेछन् ।