रास्वपा सांसद आशिष गजुरेल बिहीबार साइकल चढेर संसद् भवन आइपुगेका छन् । वातावरणमैत्री सन्देश दिन र ट्राफिक जामको विकल्पका रूपमा उनले साइकलको प्रयोग गरेका हुन् । नयाँ संसद् भवनमा बस्न लागेको प्रतिनिधिसभाको बैठकमा सहभागी हुन उनी साइकलमै सिंहदरबार पुगेका हुन् ।