#बहर_रमल_मुसम्मन_महजूफ#गजल#तीनशेर ✍️
छैन केही पनि लिएको जिन्दगीको नाममा
आँशु मात्रै हो पिएको जिन्दगीको नाममा
मुस्कुराउन मन छ आमा दु:ख सारा छाडेर
हौ तिमी नै भेटिएको जिन्दगीको नाममा
किन तुजुक गर्छौ तिमीले मृत्यु अन्तिम सत्य हो
छैन कोही पनि जिएको जिन्दगीको नाममा
#खुसी ✍️
#शुभपल
मुक्तक✍️🌿
आफ्नो स्वार्थको लागि देश बेच्ने हुन कि।
हाम्रो संस्कार संस्कृति भेश बेच्ने हुन कि।
जागौँ युवा यहाँ केहि गर्ने बेला आएकोछ,
राष्ट्रियता, स्वाभिमान र परिवेश बेच्ने हुन कि।
#खुसी ✍️😊
#शुभविहानी सम्पूर्णमा 🙏
#मुक्तक✍️
समस्याको उस्तै आकार प्रकार भएन।।
जिन्दगी जिउने सरल आधार भएन।।
स्वार्थीहरूको मात्र साम्राज्य रहेछ साथी,
पीडा, व्यथा बिक्ने कुनै बजार भएन।।
#खुसी ✍️
#शुभ_बिहानी#सम्झना_सम्पूर्णमा 😊💚🙏