बोर्डिङ्ग स्कूलको शिक्षा प्राप्त गर्ने नेपाली छोछोरीहरु सबै विदेशिने गरेका छन । नेपाललाई काम नलाग्ने गुणस्तरीय शिक्षाको उपयोगिता के ? पैसा हुनेहरु बिदेशिन्छन भने विदेशियुन, देशभित्रै पढ्ने बालबालिकाहरुलाई एकै खालको शिक्षा दिउँ ! बोर्डिङ्ग स्कूलहरु बन्द गरौं ।
हेमानन्द गिरि पहिलो नेपाली, पहिलो महिला शंकराचार्य ! शंकराचार्यको पद्वीबाट विभुषित गर्ने संस्थाहरु भारतीय !! कतै पशुपतिको पीठाधीश पनि भारतीयहरुकै कब्जामा राख्ने योजना अन्तर्गत यो तारतम्य मिलाइएको हो कि ? भविष्यमा हेमानन्दको उत्तराधिकारीहरु भारतीय हुने छैनन कसरी भन्न सकिन्छ र ?