पहिला जस्तो गुनासो गरेर
तिम्रो ध्यान तान्न
मन लाग्दैन अब।
आज भोलि त तिमीलाई
बोलेर टाउको दुखाउनु भन्दा,
आफ्नै मन दुखाएर चुप
बस्नु नै ठिक लाग्छ माया...!
#शुभविहानी
गुनासो छैन कसैसँग यहाँ,
किनकि यहाँ दु:ख पनि आफ्नै,
अनि दुख्ने मन पनि आफ्नै
त्यसैले यहाँ न कसैको अभाव छ
न कसैको प्रभाव छ
यो जिन्दगी मेरो हो,यहाँ मेरै स्वभाव छ.
एक्लोपन
भीडले भरिएको संसारमा,
मेरो साथ भने मेरो सास मात्रै छ।
हाँसो ओठमा टाँसिएको छ,
तर आँखा भित्र
वर्षौंदेखिको वर्षा छ।
रातले मेरा कुरा बुझ्छ
चन्द्रमाले मौन उत्तर दिन्छ।
मानिसहरू नजिकै छन्,
तर आफ्नोपन
कतै हराएको छ।
सायद एक्लोपन सजाय होइन
मनलाई चिन्ने एउटा यात्रा हो
—शरीरभन्दा गहिरो,मनभन्दा पर,आत्माभित्र
गढेको एक मौन चिच्याहट..
न कुनै चोट देखिन्छ,न कुनै रगत बग्छ
तर भित्रभित्रै मान्छे टुक्रा,टुक्रा भएर बाँचिरहेको हुन्छ।
कसैको अनुहार हेरेर देखिदैन
हाँस्ने मान्छे पनि यसको सिकार हुन्छ,मौन रहने
मान्छे त भित्रैबाट चिच्याइरहेको हुन्छ।
#Anxietypcos
कहिले काँही
मनमा हजारौं कुराहरु
उकुस मुकुस हुन्छन्
तर त्यस्को न फेद् भेटिन्छन् न त टुप्पो नै
बस्!यस्तै रहेछ जिन्दगी भनेर जवरजस्ती
हाँसोमा उडाउनु पर्ने क्षण सृजना हुन्छ।।
जिन्दगीको एउटा यस्तो मोड आउने रहेछ,
जहाँ पुगेपछि यो थकित मनले अब कुनै नयाँ बहाना खोज्न वा कसैलाई स्पष्टीकरण दिनै छाडिदिन्छ। हामी तबसम्म शब्दहरूको सहारा लिन्छौँ जबसम्म कतै न कतै एउटा सानो 'आशा' जीवित रहन्छ कि कोही छ कि बुझिदिनेछ वा परिस्थिति बदलिन्छ कि!
तर जब भरोसाको त्यो अन्तिम त्यान्द्रो पनि चुँडिन्छ र मनभित्रको विश्वास पूरै रित्तिन्छ तब शब्दहरू पनि अर्थहीन लाग्न थाल्छन्।
त्यो अवस्थामा मौनता कमजोरी नभई एउटा अन्तिम विकल्प र सबैभन्दा ठूलो विद्रोह बनिदिन्छ। जब कसैले मनको चित्कार सुन्दैन भने उसको अगाडि आफ्नो मौनता उपहार छोडिदिनु नै उत्तम हुन्छ।
रित्तिएको भरोसाले मान्छेलाई यति शान्त बनाइदिने रहेछ कि अब आफ्नै आवाज पनि पराई जस्तो लाग्छ यो मौनता शब्दहरूको अभाव नभई एउटा भत्किएको मनको सबैभन्दा गहिरो सुस्केरा हो। ✍️
घडिको टिकटिक सँगै
चल्दो रहेछ -
कतै रुदै आउँदैछ जीवन
कतै रुवाएर जादैछ जीवन
आउँने र जाने बिचको
हलचल लाई भन्दो रहेछ जीवन
जस्तो आयो -
उस्तै गरि फर्किदो रहेछ जीवन...✍️
#Alone#Muss_you_much_mom
के पाए के गुमाए
त्यस्को
कुनै हिसाब राखेकी छैन
मैले देखेको छु सबैको ब्यवहार
फर्केर कसैलाई
जवाफ लगाएकी छैन
मलाई थाह छ
जिन्दगी एतिकै नै बिति जानेछ
कसैसंग केही भन्नु छैन
कसैलाई केही सुनाउनु छैन
राम्रो गर्नेलाई धन्यवाद
नराम्रो भन्नेलाई
फर्केर जवाफ दिने मनै छैन.✍️
#Alonegirl
म मौन बस्न चाहन्छु
तर मनको कुनामा लुकेका अब्यक्त भावहरु
अटेरी बनेर शब्दमा छताछुल्ल हुन खोज्छन्
पत्तै नभै ओझेलमा हराउँन चाहन्छु
तर मेरा स्थिर पाउहरु
चलायमान समयसँगै अघि बढ्न चाहन्छन्
थाहा छैन ,
होकि समयको लहर
या जिन्दगी को कहर
आँशु मा पनि जिन्दगी खुशी नै खोज्छन्
#AloneGirl✍️
शरीरभन्दा गहिरो,मनभन्दा पर,आत्माभित्र
गढेको एक मौन चिच्याहट..
न कुनै चोट देखिन्छ,न कुनै रगत बग्छ,
तर भित्रभित्रै मान्छे टुक्रा–टुक्रा भएर बाँचिरहेको हुन्छ
कसैको अनुहार हेरेर देखिँदैन
हाँस्ने मान्छे पनि यसको सिकार हुन्छ,मौन रहने
मान्छे त भित्रैबाट चिच्याइरहेको हुन्छ.✍️
#AloneGirl