देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah
चुनाव जितेको तिम्रो एजेन्डाहरुलाई जनताले मन पराएर, पत्याएर र विश्वास गरेर हो ! तिनै एजेन्डाहरुलाई कार्यान्वयन गर के ! अरु दलको एजेन्डा यदि राम्रो हुन्थ्यो भने जनताले उनीहरुलाई जिताईहाल्थे नि ! त्यसैले जनताले आफूलाई सुम्पेको जिम्मेवारी खुरुखुरु पुरा गर्ने, सबै दलको साझा कार्यक्रम, ह्यान त्यान भनेर खिचडी पकाउन नथाल्दा बेस ! यसले केहि समय मान्छेलाई भुल्याउन त काम गर्ला तर यो समग्र जनताको विश्वास माथिको घात हो !! यस्ता नौटंकी बन्द गरेर आफ्ना एजेन्डाहरु कार्यान्वयन गर्न थाल अब !!
रास्वपाले सदस्य नै नभएका बालेनलाई प्रम बनायो र सदस्य नै नभएकालाई मन्त्री बनायो तर नेपाली काँग्रेस भने अहिले पनि कृयाशील नविकरण गर्ने कि नगर्ने, नयाँ कृयाशील दिने कि नदिने भन्नेमै रेछ!
एकजुट भएर, अरु पार्टीमा लागेकालाई पनि आकर्षित गरेर हिँड्नुस्टा ईगो लिएर हिँडेका छन्। 😐️
आफूले आइडल मान्नेलाई बलात्कारको आरोप लाग्दा यसले पैसाको लागि आफै सुत्न गएकी हो भन्दै कुर्लने अनि ऐले बलात्कारीलाई फासी दे भन्दै कुर्लने ढोँगीहरूलाई हो पैला ठेगान लगाउन पर्ने !
अँ तैँ ढोंगीहर्लाइ नै भनेको मैले !
ग’न दाइः नतिजा राम्रो आएन, म राजीनामा दिन्छु
विश्व दाइः त्यो पर्दैन
स्वारीः त्यो पर्छ तर दलले औपचारिक रुपमा अस्विकृत गर्नु पर्छ !
ग’न दाइले दललाई मात्र होइन, सिंगो देशलाई धेरै योगदान गर्न बाँकी छ !
नियमित महाधिवेसनमा अहिलेको टीमबाट होइन, विशेष टीम बनाएर पुरा ५ वर्ष प्रोजेक गभर्मेन्ट २.० बनाएर चुनावमा बहुमत ल्याएर देश बनाउनु पर्छ ;))
@ArjunNarasingha@amritdulalad दाइ, अरू त ठिकै हो, अधोपान्त पढेँ तर कतै पनि 'पहिलो काम चैँ त्यो समानुपातिकका १८-१९जनामा मलाई नराख है' भनेर चैँ लेख्नु भएनछ।🙏
कांग्रेसीहरु तिमीहरुको वडा सम्मकै पार्टी कार्यलय मात्र जलाएर नपुगेर शिर्ष नेता देखी आस्थावान सम्मकै घर जलाएर लखेट्दा पनि बौरिएर २०+ सिट ल्याउन सक्नु भनेको ठुलो उपलब्धी हो .. संसारमा यसरी लखेटिनेहरु चुनावमा जाने हिम्मत समेत गर्दैनन , तिमीहरु गयौ, आफुलाई लोकतन्त्रवादी सिद्द गर्यौ अब सानो चित्त गरेर झगडा गर्दै मासिने बाटो नसमात ,भर्खर चुनाव सकियो केही समय आफुलाई समय देऊ अनि समय र समस्या पहिचान गर ..!!!
गगन थापा @thapagk नेपाली राजनीतिमा मेरो पुस्ताका लागि त संघर्षको एउटा पर्याय हो। गगनले निरन्तर डटेर आर्जन गरेको हो राजनीतिक र सामाजिक पुँजी। उहिले गिरिजा र अहिले देउवासँग भिडेरै बनाएको हो पार्टीमा अस्तित्व। राजतन्त्रविरुद्ध आफैं लडेर ल्याएको लोकतन्त्रप्रति समर्पित योद्धा हो गगन।+
हजार तर्क गर्न सकिन्छ तर देउवा भन्दा कम्तिमा आजका दिनमा गगन उत्तम बिकल्प हुन । गिरिजा सभापति हुदा ३३ र देउवाको नेत्रित्वमा २३ मा खुम्चेको इतिहास छ । देउवाले बनाएको फोहोर सफा गर्न पनि समय लाग्छ ।धैर्य गरौ |