कविताका केही अंश
नजिक नआऊ फूल,किनकि मेरा आँखामा पट्टी बाँधिएका छन् ।
मलाई तिम्रो सुवासभन्दा आफ्नो जिउँदो लासको सिनोको गन्ध
मनपर्छ ।
भत्काइएको अस्तित्व
लुटिएका खुसीहरू
मारिएका सपनाहरू
थोपरिएका अपमानहरू
जबर्जस्ती सीमित तुल्याइएका लक्ष्यबाहेक
मसँग केही पनि छैन ।
#feeling_sad