मीन बहादुर गुरुङजीले राजनैतिक दललाई खुलेआम दिउसै महादान दिएर पाखण्डको जगमा अडेका समाज लाई एैना देखाएका छन । अन्य सेठ, साहुहरुले दसकौ देखी राती बालुबटारमा लुकेर गर्ने सत्कर्म उनले दिउसै सार्वजनिक रुपमा गरे ।
अब नेपालका अन्य सेठसाहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नु पर्छ , जसरी मीनबहादुरजीले दिए । जसरी अमेरिकामा दिन्छन। यो सुरुवातका लागी मीन बहादुरजीलाई सलाम !
अर्कों सलाम बृन्दा पाण्डेजी र उषा किरणजीलाई । बडेमानका जवान मर्दहरु नजर झुकाएर बसेको ठांउमा आफ्नो आत्माको आवाज निर्धक्क बोलेकोमा ।
तेस्रो सलाम केपी ओलीजीलाई । नेपाली समाजलाई मुहार हेर्ने एैना उपहार दिएकोमा ।
ओशोले भनेका छन - ' सत्यको दर्शनले मान्छेलाई मुक्त गर्नेछ ।'
कहिले ?
२०८२ को बैशाखसम्म ? वा २०८४ मा ?
( बाक़ी पोडकास्टमा दिउला। शनिवारसम्म । अहिले जरुरी काम छ मेरो । तरकारी किन्न जाने । सबैलाई शुभ दिन )
बालमन्दिरको जग्गा त्यहीं छ, लिजमा दिएको हो !! त्यो लिज कन्ट्रयाक गर्दा गैह्रकानूनी रुपमा गरिएको हो भने तुरुन्तै बदर गरेर सच्याउने बाटो खुल्ला नै छ !! तर एउटा सहकारी ठगको पछि लागेर, सहकारी ठगलाई बचाउन पसिना चुहाउन पछि नपर्ने तोरीले चाक्सीबारीको नेवारलाई जग्गा भाडामा दिंदा घोटाला गर्यो भनेर पछि लाग्दा लाज लाग्दैन ?? एमाले कार्यकर्ताहरुले हत्याउन खोजेको बालमन्दिर रिता सिंहले जोगाएपछि सुनियोजित रुपमा उनी बिरुद्ध चलाईएको प्रपोगाण्डा नै आजको दिनमा तपाईंहरुको मुख्य मुद्दा हो ?? बूढी आमैहरुले चोकमा मकै पोलेर जम्मा गरेको बचत पचाईदिनेको पछि लागेर, भुकम्प पिडितको नाम बेचेर जम्मा गरेको पैसा लिएर ठूलो कुरा गर्न छोडम् म्याडम !! तपाईंहरुको हिष्ट्रि जोग्राफी बिस्तारै बाहिर आउँदैछ !! एउटा एन्जिओको कारिन्दा भएर बस्ने ज्ञान बोकेको मान्छेलाई तैं हो ठूलो भनेर भन्दिए पछि के के हुने रहेछ, राम्रैसँग देखिदैछ !! अरु त छोडम्, सहकारी ठगको मतियार बनेर ठूला कुरा गर्न छोडिदिम् अब !!
सेयरबजार Plane को यात्रा होइन,यात्रु चढेसी गन्तव्यमै पुग्ने र पुर्याउने।यो रेल र बसको यात्रा जस्तै हो,कसैको यात्रा बिचमै सकिन्छ,झर्छन।कसैको बिचबाट सुरु हुन्छ,नया यात्रु चढ्छन तर सुरुवात बाट अन्तिम गन्तव्यमै जाने र पुग्ने चाहि निकै थोरै मात्र हुन्छन।झर्ने र चढ्ने क्रम जारी रहन्छ !
सेयर बजारले झुक्याउछ, त्यो भन्दा बढी यसका माहिर खेलाडीले झुक्याउँछन्, त्यो भन्दा बढी मिनेट-मिनेटमा सामाजिक सञ्जालमा पोस्ट्याउने झुक्याउँछन् ।
मान्नु नमान्नु तपाईंको इच्छा हो ।
धन्यवाद 🙏
देश डढेलोले जलेको छ, मुलाहरु एउटा व्यापारीको नागरिकताको पछी कुदेका छन् | एउटा गतिलो देशले भिसा दिएर लग्यो भने देशै रित्तिन्छ | सनकी शासन र बिधी नभएको मुलुकमा मरिहत्ते गरेर बस्न मन कस्लाई होला ? वाहियात
अहिलेको समयमा वाहवाही हुन :
१) बलात्कार भएको घटनामा पनि यो केटो यस्तो थिएन, फसाइएको हो भन्न सक्ने हुनपर्छ
२) भित्र भित्रै जे जस्तो भएपनि बाहिर सन्स्कारी हुनैपर्छ
३) देशमा राजा चाहिन्छ, राजाले मात्रै स्वर्ग बनाउछन् भन्दिन पर्छ
४) सबै पार्टी र नेता सडेका हुन, सद्धे र गतिला त नयाँ पार्टीकै हुन भन्न पर्छ
५) गणतन्त्र भनेको लुट्नु हो भन्दिन पर्छ
६) आफ्ना नेताको बारेमा समाचार आए बार्ह भाईको कर्तुत र अरु पुराना नेताको बारेमा आए चाँही पुरै ग्यांग भएर सेयर गर्नपर्छ
७) सबै धर्मको अस्तित्व बराबर हो भने धर्मको दलाल भएको ठहर्छ तसर्थ हिन्दू धर्म भन्दा राम्रो र बैज्ञानिक अर्को छैन भन्दिन पर्छ
बलात्कारीको पक्षमा अब ज्योति मगरले मन्डलाको दुबो माड्ने जस्तो देखियो | नेपालका सो कल्ड सेलिव्रेटी उही मेलामा गीत गाउने र नाच्ने भन्दा माथि बैचारिक दृष्टिकोण बनाउन जानेनन् | औपचारिक शिक्षा साथै कानुनी ज्ञान पनि थोरै राखे कम्तिमा ओज बढ्थ्यो कि ? हुन त बलात्कारीलाई फुलमालाले स्वागत गर्ने झुन्डका सेलेब्रेटीको औकात यहाँ भन्दा माथि खोज्नु पनि कसरी ?
अह, स्पस्टै छु !
ज्योति मगरको शारिरिक बजन र मन्चमा लडेको बिषयलाई लिएर खिल्ली उडाउनेको बिरोध गरेकै हो, आज पनि गर्छु तर बलात्कारीको खुलेर समर्थनमा जुटेको देख्दा उनी मात्र होइन सबै सेलेब्रेटीको “आईक्यु” लाई प्रश्न र औकातविहिन पनि भनेकै हो र भन्छु पनि | 😎