खेल्दा मनमा सपना खेल,जस्तो लाग्छ!
जब ब्युझिन्छु अनि भेल,जस्तो लाग्छ!
भक्कानिन्छ मन,अनि बर्सिदा आशुहरु,
जिन्दगी चाहानाको ठेलाठेल,जस्तो लाग्छ!
परिश्रम अनुसारको फल नमिलेपछि,
यथार्थ पनि कतैकतै ओझेल जस्तो लाग्छ!
परिक्षण गरेथे बिष्णुले सोमरस पनि,
आज बिकृती देख्दा उ फेल जस्तो लाग्छ!
खेल्दा मनमा सपना खेल,जस्तो लाग्छ!
जब ब्युझिन्छु अनि भेल,जस्तो लाग्छ!
भक्कानिन्छ मन,अनि बर्सिदा आशुहरु,
जिन्दगी चाहानाको ठेलाठेल,जस्तो लाग्छ!
परिश्रम अनुसारको फल नमिलेपछि,
यथार्थ पनि कतैकतै ओझेल जस्तो लाग्छ!
परिक्षण गरेथे बिष्णुले सोमरस पनि,
आज बिकृती देख्दा उ फेल जस्तो लाग्छ!