नेपालका बहुमत बढी चिकित्सक संग "नेपाल चिकित्सक संघ" को सदस्यता छैन !
भएका अधिकांश पनि भोलि शनिबार हुने "NMA Youth Council" को चुनावमा भोट हाल्न जानुहुन्न - थाहै छ !
..
तर,
भोलि NMA Building मा भोट हाल्न पुग्ने चिकित्सकहरुले यो नाम चाहिँ नबिर्सम है !
..
इतिहासमै पहिलोपटक NMA Youth Council मा हुन लागेको Vote यिनै डाक्टरको एक्लो लडाइँले सम्भव भएको हो !
..
He is the man with High Ethical Integrity - यति त भन्न सक्छु !🙏
वंश परम्पराको निरन्तरतास्वरूप आफूमा आएको राजपाठको जिम्मेवारी षड्यन्त्रपूर्ण ढङ्गले खोसिँदा पनि कुनै प्रतिवाद नगरी श्रीपेच जनताको नासोकारूपमा सुम्पिएर उनले हासीहासी दरबार छाडी हिडे। कहिल्यै तुच्छ वचन बोलेनन्। अहँ, आक्रोशको पोको फुकाएनन्।
राजा त्यसै राजा हुने चाहिँ हैन रहेछन्।
रिपोर्ट त खत्रा रहेछ !
“छोरालाई थुनामै सडाउने छाँट देखेपछि उनले प्रमुख राजनीतिक दलहरूका सबैजसो शीर्ष नेतासँग सुमधुर सम्बन्ध भएका व्यवसायी दीपक भट्ट गुहारे। कसैले अब दीपकबाहेक कसैले सक्तैन भन्दिएपछि शंकर दीपकको शरणमा परेका थिए।” @mahatsujit
https://t.co/INZijXKjvI
संघीयता ठूलो गल्ती हुनेछ—
नेपालबारे गहन अध्ययन/अन्वेषण गर्ने बेलायतका
प्रोफेसर डेभिड सेड्डनले (David Seddon) यो कुरो
२०६५ चैतमै भनेका रहेछन्।
उनको जोडदार भनाइ रहेछः-
नेपालको लागि संघीयता अनावश्यक,अवाञ्छनीय,अलोकतान्त्रिक
र टडकारै विभाजनमुखी प्रस्ताव हो।
ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍
जबसम्म बा-आमाले सरकारी जागीर खाएको तलबमानले घर किनेको इएमआई तिर्न र दुई सन्तानलाई 'राम्रो' स्कुल-कलेजमा पढाउन सक्दैन नि, तबसम्म यो 'डर'को लाठीले लामो समयसम्म सुशासन कायम राख्न सक्दैन। यो हकिकत हो, यसमा चैँ तात्विक फरक हुने काम होस्! बाँकी चटक त यहाँको गज्जब छ, गर्दै गर्नु होला।🙏
नेपाली भाषा संस्कृति र के-के बचाउने भन्दै प्रज्ञा प्रतिष्ठानमा नियुक्ति लिन तलुवा खियाउने, हाम्रा नेपाली गुरू चाहिँ यत्तिको होलान र? भाषाको संरक्षण पनि काशीबाटै हुन पर्ने, धन्य गुरुदेव। समय दिनुभएकोमा दिवाकर सरलाई धन्यवाद।
'...विदेशी भाषाका शब्दको सट्टा स्वदेशभित्रकै भाषाको शब्द प्रयोग गर्दा सान्दर्भिक हुन्छ। उदाहरणका लागि ‘कोट’ अंग्रेजी शब्द हो। यसको नेपाली नाम नहुन सक्छ। अंग्रेजीको सट्टा कोटका लागि गुरुङ भाषाको ‘लुकुनी’ प्रयोग किन नगर्ने? सकेसम्म नेपाली भाषाका शब्द प्रयोग गर्नुपर्छ। त्यो नभए नेवारी, राई, लिम्बू, मगर, थारूजस्ता भाषाका शब्द प्रयोग गर्नुपर्छ। त्यसमा पनि शब्द नपाए संस्कृतका शब्द प्रयोग गर्दा उचित हुन्छ।...'
https://t.co/ljPe3X2YKz
यस्ता गाइजात्रा, हर्कत र चर्तिकला सरकारी कार्यालय, मन्त्रालयहरुमा गर्न पाइँदैन । मिल्दैन र हुँदैन । यस्ता निजी कुराहरु कर्मचारीले घरमा गर्ने हो कार्यालयमा होइन । जनताको काम गर्नुपर्ने समय यस्ता गाईजात्रामा खर्च गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।
ओहोदा-आसिन व्यक्ति ख्यातनामा विश्वविद्यालयबाट दीक्षित र विज्ञ हुनु सौभाग्य हो।तर, योग्यताको मानक त्यति मात्र होइन।
जनहितप्रतिको प्रतिबद्धता, जनसंवेदना, सुधारको सङ्कल्प भएमा निष्ठावान् सामान्य नागरिकले पनि वाञ्छित परिणाम दिन सक्छन्।
अन्यथा, बौद्धिकता पनि निरर्थक सिद्ध हुन पुग्छ।
मेरो आँखा नपरेको हुनसक्छ। तर आजसम्म वरिष्ठ संविधानविद् विपिन अधिकारी (@BipinLAW) ले नेपालमा राजसंस्था पुनर्स्थापनाको अत्यावश्यकताबारे यति खुलेर वकालत गरेको मैले देखेको थिइन।
'पश्चगामी, अप्रगतिशिल, अबुझहरूको 'रैति क्लब'मा यहाँलाई स्वागत गर्न पाउँदा हर्षित छु! 😉