राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको विशेष अधिकारलाई सभामुखले नियन्त्रण गर्ने कुरा मान्य नहुने बताएका छन्। https://t.co/r9hdT7XQHL
' बिज्ञानबिनाको धर्म लङडो हुन्छ । धर्मबिनाको बिज्ञान द्रश्टिबिहीन हुन्छ।'
केही हप्ता अघि जेट लि संग कुराकानीको मौका मिलेको थियो। हिजो मार्च २०, अर्को सुखद अवसर मिल्यो। सुविख्यात फ्रेन्च लेखक / फोटोग्राफर / परोपकारी समाजसेवी / मोलिक्युलर जेनेटिक्स तथा न्युरोलोजीका प्रकाण्ड ज्ञाता/ बौद्ध भिक्षु म्याथ्यु रिकार्ड लाई - मेडिसिटी अस्पतालमा आयोजित एक कार्यक्रममा सुन्ने र महसुस गर्ने अवसर !
कार्यक्रमको सुरुवातमा मैले पनि आफ्ना केही भावना राखेको थिए ।Towards a more altruistic society, from empathic distress to compassionate courage बिषयमा म्याथ्यु रिकार्डको मन्तव्य, अन्तरकृया र फ्लोर डिस्कसनको भिडियो चाडै अपलोड गरिने छ .. संयोगवश हिजो खुसी दिवस परेको थियो - मार्च २० !
हामी संसारमा जे जति छौ , जे जस्ता छौ , सबैले अन्ततः खोजेको कुरा एउटै हो - खुसी । यसका लागी बिज्ञान र अध्यात्मबिच संवाद अनिवार्य छ ।
महान बैज्ञानिक आइन्सटाइनको कालजयी वचन छ - 'बिज्ञानबिनाको धर्म लङडो हुन्छ । धर्मबिनाको बिज्ञान द्रश्टिबिहीन हुन्छ । '