किन भन्नु हुँदैन ‘आइमाई’?
अभिनेत्री @reecchasharrma ले एउटा सार्वजनिक कार्यक्रममा ‘आइमाई नभन्नुस्’ भनेपछि उहाँलाई खेदो गर्ने र ‘आइमाई’ शब्दको औचित्य प्रमाणित गर्न खोज्नेहरू बग्रेल्ती देखिएका छन्।
यो बहस नयाँ होइन। आजभन्दा दुई वर्षअघि, २५ जुन २०२४ मा मैले यही विषयमा एउटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यसबेला उठाएका प्रश्न र राखेका तर्क अहिले पनि उत्तिकै सान्दर्भिक लागेकाले पुरानो स्टाटसलाई केही परिमार्जनका साथ पुनर्लेखन गरेर यहाँ राखेको छु।
कुनै शब्दको शाब्दिक अर्थ, व्युत्पत्ति वा प्रयोगकर्ताको मनसायभन्दा त्यस शब्दले समाजमा बोकेको ऐतिहासिक अर्थ, सामाजिक प्रभाव र सम्बोधित व्यक्तिको आत्मसम्मान बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले अरूलाई हेप्ने वा अपमानित गर्ने अर्थमा जतिसुकै स्थापित शब्द भए पनि त्यसको प्रयोग नगर्नु भाषिक मात्र होइन, सामाजिक र नैतिक जिम्मेवारी पनि हो।
यस सन्दर्भमा केही कुरा बुँदागत रूपमा राखौँ।
१. शब्दको व्युत्पत्ति र सामाजिक अर्थ एउटै कुरा होइनन्।
कुनै शब्दको उत्पत्ति कहाँबाट भयो, त्यसको शाब्दिक अर्थ के हो र त्यसलाई प्रयोग गर्ने व्यक्तिको मनसाय के थियो भन्नेभन्दा पनि त्यस शब्दले लामो सामाजिक अभ्यासबाट के अर्थ बोकेको छ भन्ने महत्त्वपूर्ण हुन्छ। शब्दकोशमा राम्रो अर्थ भेटिँदैमा समाजमा त्यसले बोकेको अपमानजनक अर्थ मेटिँदैन।
२. ‘आइमाई’ शब्दको समस्या यही हो।
नेपाली समाजमा यो शब्द लामो समयदेखि महिलालाई हेप्ने, होच्याउने र निम्नस्तरको ठान्ने भाषिक व्यवहारसँग जोडिएर प्रयोग हुँदै आएको छ। कतिपयले सामान्य अर्थमा प्रयोग गर्लान्, तर त्यसले शब्दको ऐतिहासिक र सामाजिक भार मेटाउँदैन।
३. ‘आर्यमाता’ बाट बनेको महान् शब्द हो भन्ने तर्कले यसको सामाजिक अर्थ बदलिँदैन।
कुनै शब्दको व्युत्पत्तिलाई जति नै सुन्दर बनाए पनि त्यसको वर्तमान सामाजिक प्रयोग र प्रभावलाई बेवास्ता गर्न मिल्दैन। शब्दको महानता प्रमाणित गर्न संस्कृतको व्युत्पत्ति खोतल्नु सजिलो छ, तर त्यसले सम्बोधित व्यक्तिको अनुभूति र आत्मसम्मानलाई खारेज गर्न मिल्दैन।
४. सम्बोधित व्यक्तिलाई त्यो शब्द मन पर्दैन भने प्रयोग नगर्नुहोस्।
भाषा प्रयोग गर्ने स्वतन्त्रता छ भन्दैमा अरूलाई मन नपर्ने, अपमानबोध गराउने शब्द प्रयोग गरिरहन पाउनुपर्छ भन्ने हुँदैन। भाषा केवल बोल्ने व्यक्तिको सम्पत्ति होइन। त्यसले सम्बोधित व्यक्तिको सम्मान पनि समेट्छ।
५. एउटा सामान्य उदाहरण हेरौँ।
म बाहुन हुँ। कसैले मलाई ‘ए बाहुन्’ भनेर सम्बोधन गर्दा अपमानबोध हुन्छ भने त्यसलाई मेरो व्यक्तिगत संवेदनशीलता भनेर उडाइदिन मिल्छ? त्यसैगरी, कसैलाई ‘ए नेवार्’ वा ‘ए मधिसे’ भन्दा उसलाई कस्तो लाग्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। सम्बोधित व्यक्तिको असहजतालाई उसको समस्या बनाएर आफूले चाहेको शब्द प्रयोग गरिरहनु कस्तो भाषा संस्कार हो?
६. यो ‘डलरे चेतना’ होइन, सामाजिक चेतना हो।
मधेसी समुदायले ‘मदिसे’ नभनिदिन आग्रह गर्दा ‘मलाई पहाडे भन्दा केही हुँदैन’ भन्ने तर्क गर्नेहरू हामीकहाँ छन्। दलित समुदायले आफूलाई दलित भनेर सम्बोधन गर्दा त्यस शब्दसँग जोडिएको ऐतिहासिक दलन र विभेद सम्झाइरहँदा ‘दलित भन्नै छाडे दलन हट्छ’ भन्नेहरू पनि छन्। महिलाले ‘आइमाई’ नभनिदिन आग्रह गर्दा त्यसको विरोध गर्नेहरू पनि तिनै हुन्।
यी सबैमा एउटा साझा प्रवृत्ति छ: सम्बोधित व्यक्तिको आत्मसम्मानभन्दा आफूले प्रयोग गर्दै आएको भाषिक अधिकारलाई ठूलो ठान्ने अहङ्कार।
७. संसारमा शब्दप्रयोगसम्बन्धी मान्यता र अभ्यास बदलिएका छन्।
कुनै समय सामान्य मानिएका कतिपय शब्द आज अपमानजनक र सामाजिक रूपमा अस्वीकार्य मानिन्छन्। अंग्रेजीका Negro, Eskimo, Gypsy, Red Indian जस्ता शब्दको प्रयोग र स्वीकार्यतामा आएको परिवर्तन यसका उदाहरण हुन्। हामीकहाँ पनि ‘लाटा’, ‘लङ्गडा’ जस्ता शब्दको प्रयोगप्रति सचेतना बढेको छ। यसलाई भाषा बिग्रिएको होइन, समाज सभ्य हुँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ।
८. शब्दको बचाउ गर्न नसकेपछि विचारलाई ‘डलरे’ भनिन्छ।
कुनै शब्दको विरोध गर्नेबित्तिकै त्यसलाई विदेशी प्रभाव, डलरको खेती वा पश्चिमी संस्कृतिको नक्कल भनेर खारेज गर्नु तर्क होइन। यो आफ्नो भाषिक व्यवहारमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिन नसक्नेहरूको सजिलो प्रतिरक्षा हो।
९. भाषाको विकास भनेको शब्द जोगाउनु मात्र होइन, शब्दले दिने चोट पनि बुझ्नु हो।
भाषा परम्पराको नाममा जस्ताको तस्तै राखिरहनुपर्ने वस्तु होइन। समाज बदलिन्छ, चेतना बदलिन्छ र शब्दका अर्थ पनि बदलिन्छन्। अरूलाई होच्याउने अर्थमा स्थापित शब्दको प्रयोग छाड्नु भाषिक कमजोरी होइन, सामाजिक र नैतिक परिपक्वता हो।
१०. अन्त्यमा, एउटा सजिलो परीक्षण छ।
तपाईँलाई ‘आइमाई’ शब्द यति नै महान् र सम्मानजनक लाग्छ भने आफ्ना आमा, दिदीबहिनी, श्रीमती र छोरीबुहारीलाई एकपटक सिधै वा घुमाएर ‘आइमाई’ भनेर सम्बोधन गर्नुहोस्। उहाँहरूको प्रतिक्रिया हेर्नुहोस्।
तर एउटा कुरा ख्याल गर्नुहोला: उहाँहरूले आपत्ति जनाउनुभयो भने उहाँहरूको भावनाको सम्मान गर्नुहोला। आफ्नो शब्दको महानता प्रमाणित गर्न उहाँहरूलाई नै गलत साबित गर्न नथाल्नुहोला।
शब्दको व्युत्पत्ति देखाएर कसैको आत्मसम्मानलाई परास्त गर्न सकिँदैन।
महिलाले ‘आइमाई नभन्नुस्’ भनेको आग्रहलाई सम्मान गर्न नसक्ने हामीले आफूलाई सभ्य र शिक्षित समाजको सदस्य कसरी भन्ने?
Sexism in #Nepali society is not abstract. Here is the proof.
Not a single woman in Nepal’s Finance Minister’s delegation to India, while the other side of the table appears far more gender-balanced.
Nepal has no shortage of capable women economists and bureaucrats. Yet somehow, not one made it to this table.
What a shame.
The narrative Indian media is trying to spread that Nepal is destroying the Himalayas is funny when Nepal has successfully achieved afforestation. We're a true Himalayan Nation and know how to love our mountains. Worry about your part of the Himalayas. 🏔️
निर्वाचन परिणाम अगावै जीत हासिल गरेका ब्यक्तित्वहरु👇
धेरै तिरबाट असम्भव मानेको निर्वाचनलाई तोकिएको मिति र समयभित्रै गराउन सफल रहेर नेपालको शिर उचो बनाउने कर्मका असली हकदारहरुलाई असिम श्रद्धा🙏🙏
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज फागुन २१
अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।
तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।
शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।
रिपोर्टिङ बिविसीको पनि देखियो। हेरियो। बुझियो। यता, कनकमणी सरजीहरुको कारखानाको कथा पनि पढियो - बुझियो। बाँकी अरु केही निलकमलहरुका पनि पढियो। हामी पनि पत्रकारितामा भएको झण्डै तीन दशक भयो किः नियत र नियति अलि अलि बुझिन्छ। नबुझे सिकिन्छ तर यत्ति चाहिँ भनिन्छ- यो र त्यो नाममा निहत्था बालबालिकाको हत्यालाई सही प्रमाणित गर्न लागिरहनुभएका तपैंहरु जोसुकै भए पनि एउटा कुरा सुन्नुस्- तपैंहरू मानव बन्न बाँकी छ। @anantabrt
साधारण नेपाली: आज धुम्म बादल लागेको छ ।
कम्युनिष्ट वा भूराजनीतिज्ञ: यो बादल हैन, यो त हाम्रो परराष्ट्र नीतिलाई धमिलो पार्न छिमेकी र अन्य विदेशी शक्तिले फालेको "स्ट्राटेजिक फग" हो । सार्वभौम आकाशमा डिप स्टेटले कब्जा जमाएर सित्तैमा भिटामिन-डी पाउने हाम्रो अधिकार खोस्नका लागि गरेको षडयन्त्र हो । सूर्यको किरणमाथि लगाइएको यो अघोषित नाकाबन्दी विरुद्ध अब सडकमै उत्रिनुपर्छ । 😁😄
Inspired from @MrRshahi's post. 😀
दिल्ली एयरपोर्टमा नेपाली पासपोर्ट बोक्दाको पीड़ा
“नेपाली पासपोर्ट कमजोर छ” भनेर मानिसहरूले भन्ने कुरा म वास्तवमै बुझ्दिनथेँ। त्यो कुरा मैले आफैंले अनुभव नगरेसम्म, नदुखेसम्म, नदेखेसम्म बुझिनँ, बुझ्न चाहिन।
केही हप्ता अघि म जर्मनीको बर्लिनमा हुन गईरहेको World Health Summit मा सहभागी हुन जानुपर्ने थियो।
म अत्यन्त उत्साहित थिएँ यो मेरो जीवनकै सबैभन्दा गज्जब क्षणहरु मध्ये एक थियो किनकी म मेरो देश र मेरो संस्थाको प्रतिनिधित्व गर्दै युवा प्रतिनिधिको रूपमा जर्मनी जाँदै थिएँ।
म संग सबै आवश्यक कागजपत्र थिएः
निमन्त्रणा र स्पोन्सर लेटर, भिसा, पासपोर्ट, फ्लाईटको जाने र फर्किने टिकट, होटेलको विवरण। सबै ठीक र वास्तविक।
मैले काठमाडौँबाट दिल्लीसम्म Air India को फ्लाईट लिएकी थिएँ, र त्यहाँबाट Qatar Airways हुँदै बर्लिन पुग्ने योजना बनाएकी थिएँ।
यो मेरो लागि सबैभन्दा सस्तो मार्ग थियो, किनभने टिकटको खर्च मैले आफैं व्यहोर्नु परेको थियो। तर मलाई थाहा थिएन, यो “सस्तो” बाटोले मलाई धेरै ठूलो कुरा गुमाउन बाध्य पार्नेछः
मेरो आत्मसम्मान, मेरो शान्ति, र मेरो सुरक्षाको अनुभूति।
मलाई दिल्ली बिमानस्थलमा ढ्याक्क रोकियो। एउटा संदिग्ध अपराधीजस्तै।
विमानस्थलमा अधिकारीहरूले मलाई प्रश्नै प्रश्न सोधे :
“तिमीलाई कसले बोलाएको?”
“किन जाँदैछौ?”
“के तिमी साँच्चिकै विद्यार्थी हौ?”
“तिमीसंग पर्याप्त पैसा छ?”
“त्यहाँ कहाँ बस्छौ?”
“तिमी जस्तो नेपालीले यस्तो सम्मेलनमा किन जानुपर्यो?
“त्यहाँ को को को वक्ता छन् र तिमी कुन–कुन सत्रमा सहभागी हुन्छौ?”
त्यतिबेलासम्म म शान्त रहेँ।
मैले आफूसँग भएका सबै प्रमाण देखाएँ। हरेक प्रश्नको जवाफ दिएँ।
तर मेरा उत्तरले उनीहरू सन्तुष्ट भएनन्।
निरन्तर आधा घण्टाको सोधपुछपछि पनि मलाई जान दिईएन।मलाई फोनबाट अर्को अधिकारीले अपराधीलाई जस्तै झैँ सोध्दै थियो। न कुनै आदर न कुनै सम्मान। निरन्तर प्रश्नै प्रश्न।
अन्त्यमा ती अधिकारीले भने “ तिम्रो यो यात्रा शंकास्पद छ।”
त्यसपछि उनले मेरै अगाडि मेरो बोर्डिङ पास च्यातिदिए।
त्यसपछि मलाई ८ घण्टा विमानस्थलभित्रै नजरबन्द गरियोः
पासपोर्ट बिना, झोलाबिना, खाना–पानी वा इन्टरनेट बिना।
मलाई कतै हल्लिन दिईएन। बाथरूम जान, केही खान समेत दिईएन।
मैले अत्यन्त अपमानित महसुस गरेँ। चारैतिर अँध्यारो थियो।
म असहाय भएँ।
एक जना दयालु नेपाली यात्रुको सहायताले मात्रै म नेपाली दूतावाससँग सम्पर्कमा पुग्न सकेँ। दूतावासले नेपाल एयरलाइन्समार्फत मलाई फर्काउने प्रयास गर्यो।
तर Air India ले अन्य एयरलाइन्सबाट समेत फर्कन नदिँदा, मलाई रातभर विमानस्थलमै रोकियो मानौं मैले ठूलो अपराध गरेकी थिएँ।
एक अधिकारीले म तिर नराम्रो नजरले हेर्दै भने,
“तिम्रो प्रोफाइल क्लिन छैन, तिमी युरोपका कुनै देशमा पनि सजिलै पुग्न सक्दैनौ।”
त्यो सुनेर म भित्रभित्रै टुटेँ। डरले भरिएँ।
त्यो रात, म चुपचाप रोएँः डर, आक्रोश र पीडामा।
म त केवल एउटा विद्यार्थी थिएँ, जसलाई सम्मेलनमा बोलाइएको थियो।
अन्ततः नेपाल एयरलाइन्सले हस्तक्षेप गर्यो र मलाई नेपाल फर्काईयो।
भोलिपल्ट म काठमांडौस्थित Qatar Airways र जर्मन दूतावास दुवैमा गएँ।
उनीहरूले मलाई एकपटक पनि प्रश्न गरेनन्।
सबै कागजात हेरे, मुस्कुराए अनि भनेः
“तपाईँको सबै कुरा ठीक छ, हामीलाई कुनै आपत्ति छैन।” तपाईप्रति भएको ब्यवहारको हामी क्षमायाचना गर्छौँ।”
जब अन्ततः म Qatar Airways हुँदै दोहा ट्रान्जिट लिएर बर्लिन पुगें,जर्मनीको बर्लिनमा इमिग्रेशन अफिसरले मुस्कुराउँदै भनेः
“Have a nice stay, Miss Adhikari. Good luck with your conference.”
किनभने मसँग नेपाली पासपोर्ट थियो, मलाई शंका गरियो।
किनभने म सानो देशको नागरिक थिएँ, मलाई सम्भावित जोखिमको रूपमा हेरियोः
न त युवा प्रतिनिधिको रूपमा,
न त सिक्ने उत्साहीको रूपमा,
न त स्वप्नदर्शीको रूपमा।
अहिले म देश फर्किएर सोचिरहेकी छुः
यसमा के गल्ती मेरो थियो?
कि मैले केही दिन मेरो र परिवारको ईच्छा अनुसार युरोप हेर्न/ घुम्न चाहेँ, जसका लागि म सक्षम थिएँ।
के मेरो देशको प्रतिनिधित्व गर्नु अपराध थियो?
नेपाली पासपोर्ट बोक्नु मेरो गल्ती हो?
त्यो अनुभवले मलाई भित्रभित्रै भत्कायो,
तर आँखासमेत खोलिदियो।
जब हामी यात्रा गर्छौं, हामी पासपोर्ट मात्र बोक्ने रहेनछौँ
हामी त हाम्रो देशको छवि, हाम्रा संघर्ष, र संसारले हामीलाई कसरी हेर्छ भन्ने भारी पनि बोकेर हिँडिरहेका हुने रहेछौँ।
र कहिलेकाहीँ, त्यो भारी असह्य रूपमा भारी लाग्ने रहेछ।
कसरी होला यो भारी हलुका? हाम्रो राजनीति बिग्रेर त यसो भएको होला नि !
-शम्भवी अधिकारीको तितो अनुभव नेपालीमा ट्रान्सलेट गरी सम्पादन गरिएको।
Breaking News: Sushila Karki, a former chief justice of Nepal, was appointed as the country’s caretaker leader after the Gen Z protests against the government turned deadly when security forces opened fire on the students. https://t.co/VOGOTGrGyO
2% approval rating for the Oli government. Looks like someone's popularity is lower than my phone battery on a Friday night. #Nepal#Politics
https://t.co/AeEjsqoePZ
The little miracle of Nepal🇳🇵: 70% of all new cars are electric.
I have heard people say that electric cars are only for the rich. This was always stupid. Now Nepal has proved otherwise.
No rocket science - every nation can follow Nepal🇳🇵!
"We will not bend the knee to those who say a Palestinian or a Lebanese life is somehow less worthy, or less equal, to an Israeli or American life."
My speech at the @DAWNmenaorg dinner in DC, accepting their annual Integrity award.
Watch/share/subscribe:
https://t.co/SyJd2TiF6V