जसरी सबै मान्छे फेसबुकको वालमा देखिएजस्ता सुन्दर हुँदैनन । त्यसरी नै फेसबुकको वालमा खिसिक्क हाँसेको तस्विर जस्तो स्वादिलो पनि हुँदैन जिन्दगी ।
-जीवन कतिपय
बाउ यही ३०/३५ बर्षमा बिना कुनै उद्दम एउटा जागिरको भरमा करोडपति हुने किलो का किलो सुन जोड्ने, छोरो ३५ बर्ष पुराना ले लुटे भनेर सुशासनको नारा लाएर राजनीति गर्ने ..
गजब छ यार नेपालमा !!
३ बर्ष अगाडि सम्म देश बनिरहेको थियो,कांग्रेस - देउवा र गगन उहाँको आदर्श थिए त्यत्तिकैमा उहाँले चुनावमा लड्ने टिकट पाउनु भएन अनि देश खत्तम बर्बाद हुन सुरु भयो।
यिन्ले २०८० सालमा कांग्रेस छोड्नु अघि देश बनिरहेको थियो,कांग्रेस छोड्न साथ ३५ वर्ष देखि देशमा बेथिति,कुशासन र भ्रष्टाचार मात्र भयो,फेरी अहिले८३ मा आएर बिदेसी ऋण नलिए देश चल्न नसक्ने भयो,यस्ता रंग फेर्ने छेपाराहरु धेरै छन् घण्टे सरकारमा तै पनि बिस्वास गर्नेको कमी छैन घण्टे मुलुकमा
पन्चायतको पालामा नाटकमा सेन्सर हुने, नाटक गर्दा मण्डलेबाट कुटिने, प्रहरीले प्रकाउ गर्ने कहानी अग्रजहरुबाट सुनेको हो, तर नाटक नै रोख्नुपर्ने राजनीतिक दबाब हाम्रै पालामा सुनियो, भोगियो।
खबरदार!
कसैको दबाब, घम्की र लालचमा नेपाली रङ्गमन्च आवाज दबिनेछैन।
लुसिफर राइजिङ...
वालेन शाह र रवि लामिछानेले जजसको नाम प्रस्ताव गरेपनि मन्त्रीको नाममा लालमोहोर लगाउने ‘भद्रकाली’ सचिवालय नै हो । हलेदो भन्ने जानी सकेपछि कोट्याइ रहनु आवश्यक छैन !
हार्नेहरूलाई यति धेरै दुत्कार पनि नगरौँ कि तिनका राम्रा काममा समेत प्रशंसा गर्न नसकियोस्। अनि, जित्नेहरूको त्यति धेरै भक्तिगान पनि नगाऔँ कि तिनले गल्ती गर्दा प्रश्न गर्नै नसकियोस्। लोकतन्त्रमा जित–हार हुन्छ, तर सार्वजनिक चेत, विवेक र लोकतन्त्र स्वयं हार्नु हुँदैन।