पूर्व वा भूतपूर्व भन्न साह्रै गाह्रो के ,न श्री ५ लाई पूर्व भन्न मन लाग्छ, न राणाको ज्वाईलाई पूर्व भन्न मन लाग्छ,बिमानस्थलबाट ओर्लिएपछि सिधै सम्पर्क कार्यालय, नेम प्लेट कांग्रेस सभापति,बधाई पूर्व प्रजातान्त्रिक कांग्रेसका सभापति देउवाजी । @GejaWagle
**निर्वाचन र बहस**
आसन्न निर्वाचनलाई नजिकबाट नियालिरहेको छु । तर जे विषयमा गहन सार्वजनिक बहस हुनुपर्ने हो, त्यसमा अपेक्षाकृत भएको छैन । जे विषयमा बहस कम हुनुपर्ने हो, त्यही विषयमा व्यापक भइरहेको छ । यो नेपाली राजनीतिको विडम्वना नै हो ।
निर्वाचनमा कुनै पनि पार्टीको घोषणापत्र, भिजन र नीति तथा उम्मेदवारको एजेन्डा, प्राथमिकता र प्रतिबद्धताको बारेमा छलफल हुनुपर्ने हो । अहिलेसम्म हुँदै आएको बहसको समीक्षा गर्दा कुनै पनि पार्टीको नेतृत्व र उम्मेदवारको बारेमा बहस, छलफल र चर्चा-परिचर्चा भएको छ, प्रतिस्पर्धी पार्टी र नेताका बीचमा आरोप-प्रत्यारोपको शृंखला पनि शुरु भएको छ ।
तर पार्टीको घोषणापत्र, भिजन र नीति तथा उम्मेदवारको एजेन्डा, प्राथमिकता र प्रतिबद्धताको बारेमा अपेक्षाकृत बहस भएको छैन, किन ? यदि राजनीतिक पार्टी र नेतृत्वको यस्तो सैद्धान्तिक-वैचारिक विषय बहसको प्राथमिकता नभए पनि सार्वजनिक सञ्चारमाध्यममा घोषणापत्र, भिजन, नीति तथा एजेन्डाको बारेमा तथ्य र तथ्यांकको आधारमा सुसूचित बहस, छलफल र टीका-टिप्पणी हुनुपर्थ्यो, बौद्धिक समुदाय तथा नागरिक समाजले प्रश्न गर्नु पर्थ्यो । तर त्यो पनि अपेक्षाकृत भएको देखिएन ।
कुनै पनि पार्टी र नेतृत्व प्रश्न भन्दा माथि छैनन् । त्यसैले प्रश्न गरौ र पार्टी र नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाऔं ।
प्रश्न गर्न छोडेको घडीबाट नै स्वतन्त्रता र लोकतन्त्रको अन्त्य हुन्छ!!!
मत सर्वेक्षणको नाममा अमूक दललाई जिताउने मिसनमा जस्तो देखिएको @setopati ले काठमाण्डौं क्षेत्र नं ३ को चुनावी सर्वेक्षणमा तथ्यगत त्रुटी भएको बिषय सार्वजनिक भएको छ ? बास्तबिकता के हो ?@ameetdhakal
यति जनालाई भेटें, उति जनालाई भेटें भनेर मतदान हुन २ हप्ता भन्दा बढी समय हुँदा अमूक उम्मेदवारले जित्ने भनेर ठोकुवा गर्नु आचार संहित विपरित हो कि होइन ?@ameetdhakal@ECNOfficial@tndahal7
@gbudhathoki यो स्वभाबिक रुपमा प्राप्त नम्वर भन्दा पनि यातायातका कर्मचारीसंग मिलेमतोमा कुनै ठुलाबडाले लिएको नम्वर हुनुपर्छ, कस्को गाडी रैछ फ्याक्ट चेकले पत्ता लगाउनलानि !!
@tikaramyatri चितवन -३ को सन्दर्भमा पनि मैले ध्यानाकर्षण गराएको थिएँ, यसरी सिमित उम्मेदवारलाई प्राथमिकता दिएर सामाजिक सञ्जालमा अभिमत माग्नु आचारसंहित विपरित हो कि होइन एकचोटी आयोगको प्रवक्तालाई सोध्ने कि यात्रीजी ।