केहि थप जानकारीहरु ---
Microsoft ले निशुल्क प्रदान गर्ने कोर्स जो सुकैले र जहाँ बाट पढे पनि हुन्छ । कोर्स पढ्न ईच्छा हुनेले यति उति पढेको हुनु पर्छ भन्ने छैन । पोखराकाले मात्र पढ्न पाउने भन्ने छैन किन भने कोर्स अनलाइन पढ्ने हो । आफुले अनलाइन पढेर सर्टिफिकेटको लागि अनलाइन जांच दिंदा पाउने 90 % छुट जसले जहाँ बाट जांच दिए पनि पाउँछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ ।
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका कोर्सहरु पढेर Certificate लिनको लागी तलको लिंकमा गएर आफ्नो LinkedIn ID मार्फत Sign in गर्नु होस् र आफुले मन लागेको बिषय निशुल्क पढ्नु होस् ।
https://t.co/oWGqjwald4
Microsoft ले प्रदान गर्ने कोर्सहरुको लिंक र सर्टिफिकेटको नमुना तलको लिंकमा दिएको छ
https://t.co/3WmOD6QrOG
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ ।
सुबर्ण मौकाको फाइदा उठाउनु होस् 🙏🙏🙏
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका अनलाइन कोर्सहरु पढेर Microsoft Certificate लिन चाहनेहरुले तलको फारम भर्नु होला । पोखरामा पढ्नको mentoring को काम निशुल्क रुपमा राष्ट्रिय आविष्कार केन्द्रले सिम्पानीको ICT Innovation Lab मा गर्ने छ । पोखरा भन्दा बाहिरको लागि अनलाइन mentoring उपलब्ध हुनेछ ।
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ । मौकाको फाइदा उठाउनु होस् । राष्ट्रिय आविष्कार केन्द्रको उदेश्य पोखरा भ्यालीलाई १५ बर्ष भित्रमा ठुलो ICT Center बनाउने हो 🙏🙏🙏
https://t.co/vDcuK6frES
सम्मानित सर्वोच्च अदालतका आदरणीय कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की ज्यू तथा सबै समआदरणीय न्यायाधीश ज्यूहरु ,
नेपालको संविधान २०७२ संवैधानिक सर्वोच्चताको संविधान हो। यही आधारमा - सर्वोच्च अदालतलाई असाधा��ण अधिकारहरु दिइएको छ।
असाधारण अधिकार धारण गर्ने कुनै पनि व्यक्ति र संस्था - असाधारण कर्तव्यबोध बाट बाधिएका हुन्छन भन्ने बोध श्रीमानहरुलाई नहोला भन्ने कुराको कल्पना समेत गर्न सकिन्न ।
तर ठूलो निरासासाथ यो कुरा तपाईहरुलाई स्मरण गराउन हामी बाध्य भएका छौ - देशका कयौ मूख्य शासकिय प्रबन्धहरुको सवालमा र शक्तिको पृथकिकरणको सवालसंग जोडिएका कयौ प्रसंगहरुमा श्रीमानहरुको अनिर्णयताले - नेपालको संविधान २०७२ को उपहास गरेको दुर्भाग्यशाली परिद्रश्य क्षितिजमा देखा पर्न थालेको छ ।
कर्तव्य पालनमा देखिएको यो उदासिनता नेपालको सर्वोच्च अदालतको गरिमामय ईतिहासको खिलाफ छ । साथै , बर्तमान संविधानले, सर्वोच्च अदालतलाई दिएका असाधारण अधिकारहरुको तुलनामा - कर्तव्यको पाटोबाट हेर्दा असन्तुलित छ ।
संवैधानिक सर्वोच्चता भएको संविधानले - आफ्न�� सर्वोच्च अदालतबाट, मूख्य शासकिय प्रबन्धका सवालहरुमा यो हदको ढिलासुस्तीको आचरण अपेक्षा गर्दैन ।
अब पनि सर्वोच्च अदालतले गम्भीर संवैधानिक महत्वका बिषयहरु , मूख्य शासकिय प्रबन्धका सवालहरुमा तत्काल फैसलाहरु नदिने हो भने यो अकर्मण्यताको बोझ बर्तमान संविधानले धान्न सक्दैन ।
संविधानविद राधेश्याम अधिकारीका शब्दमा -'अब यो संविधानलाई सबैभन्दा ठूलो खतरा कतैबाट छ भने - मूख्य शासकिय प्रब���्धका सवालहरुमा सर्वोच्च अदालतको अनिर्णयता र अपरिपक्कताबाट छ । '
आदरणिय कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की ज्यू तथा सबै समआदरणीय न्यायाधीश ज्यूहरु ,
आज मलाई, महान संविधानविद श्रद्धेय गणेशराज शर्माको याद आइरहेछ । जसले पंचायत व्यवस्थाको अदालतबाट राजद्रोहको आरोप लागेका बीपी कोइरालालाई बाईज्जत रिहा गराउन वकालत गरे । म फेरी नमन गर्छु ती सबै न्यायामुर्तिहरुलाइ जस्ले त्यो फैसाला गर्दा को रिसाउला ? को खुसाउला ? भनेर आंखा दाया बाया गरेनन ।
भनिन्छ - आज हामीसंग लोकतान्त्रिक संविधान छ । हामी हेर्न चाहन्छौ - के यो संविधान साँचों अर्थमा जिवित छ ?
राज्यका बाक़ी दुइ अंग - व्यवस्थाप���का र कार्यपालीकाका सबै जायज़ र नाजायज रगड़ा , झगड़ा , लफड़ा र सवालहरु चाही - सर्वोच्च अदालतमा पुग्ने र सर्वोच्च अदालत चाही निर्णय नगरी बस्ने हो भने - यो संविधान - राधेश्याम अघिकारीजीले चेतावनी दिए झै सर्वोच्च अदालतकै कारणले बिघटनको संघारमा पुग्नेछ ।
के सम्मानित सर्वोच्च अदालतका न्यायाधीशहरुले खोजेको यही हो ? मलाई लाग्दैन वहाहरुले खोजेको यही होला ।
अन्त्यमा, बिनम्रताका सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छु , श्रद्धेय गणेशराज शर्माबाट आफुले सुनेका कालजयी शब्दहरु -
'असाधारण अधिकार प्रयोग गर्ने संस्था र व्यक्तिले- असाधारण कर्तव्य र विवेकको पालन गर्नु पर्छ । असाधारण कर्तव्य र विवेक प्रयोग गर्न संकोच लाग्छ भने, कसैले पनि , त्यों आसनमा बस्नु हुन्न, जुन आसनबाट यस्ता असाधारण अधिकारहरु निश्रित हुन्छन । '
चल्तीको राजनीतिको विसंगतिले फैलाएको अँध्यारो बिच काठमाडौं महानगरका मेयर बालेनले सानो टुकीले नै भए पनि समाजमा उज्यालो छर्दैछन्। 'नाङ्गै' भएर पनि अँध्यारो ब���च 'भलाद्मी' को दाबि गर्ने धेरैको असलियत सानो टुकीको उज्यालोले ��ेखाउँदै छ।
मेयरको नियत/सोच/दृढता स्वागतयोग्य छ। समर्थन गरौं।🙏