नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव ज्यूमाथी भएको सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कानुनी कारबाही र यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
कस्तुरी मृग जसरी आफै भित्रको
सुगन्ध खोज्न जङ्गलको चारैतिर भौतारिन्छ तर पाउन्न। त्यस्तै लोकतान्त्रिक आदर्श र सिद्धान्त विपरीत,आफू,आफ्नै शक्ति र पहिचान बिर्सिंदै, जनभावना लाई पन्छाएर,संविधानको रक्षाको नाममा हुटिट्याउ ले जस्तै खुट्टा ठाडो पारेर आकाश थाम्ने दौडमा छौं हामी ~
२०४६ सालको जिउँदो सहिद लाेकतान्त्रिक आन्दोलनका अथक याेद्वा आदरणीय नेता बिजय राज घिमिरेकोअसामयिक निधनले स्तब्ध बनाएको छ। दिवंगत आत्माप्रती हार्दिक श्रद्धाञ्जली!साथै शोकाकुल परिवारजनमा गहिराे समबेदना व्यक्त गर्द्छु।
आदरणीय अग्रज बहुप्रतिभाका धनी गान्धीवादी विचारका अनुयायी शालिन, कर्मठ एवं बाैद्विक व्यत्तित्व प्रदीप गिरी ज्यू अहिले जीवन संग संघर्षरत अवस्थामा हुनुहुन्छ। आशा गराै उहाँ फेरि तपाईं हाम्रो माझ फर्किनु हुनेछ। शिघ्र स्वास्थ्य लाभकाे कामना दाइ !
मन भारी भएको छ!देश कस्तो प्रवृत्तिले चलाएको रहेछ।संसारमा प्रतिष्ठा गुम्नेगरी प्रधानमन्त्रीले सपथमा जात्रा देखाए।तर न्यायालयले भन्यो,पर्दैन!विश्वको समृद्ध लोकतन्त्रको लामो अभ्यास भएकोअमेरिकामा सामान्य गल्तीगर्दाअक्षम्य हुने,तर नेपालमा सर्वोच्च भन्छ भो पर्दैन,थुक्क राज्यव्यवस्था!