मन भारी हुँदा निस्सासिएको कुरा सुनिदिनु,
खुसी हुँदा मभन्दा बढी रमाइदिनु,
र जीवनका हरेक उतारचढावमा साथ नछोडी
तिमी मेरो लागि सुरक्षित आश्रय हुनु है।
#माया
अस्पतालमा कर बढ्यो ?
- बिरामी हुने काम नगर । जे पायो त्यही नखाउ । अस्पताल नै जान पर्दैन ।
प्राइभेट स्कुलमा कर बढ्यो ?
- सरकारी स्कुलमा पढ । AI को जमानामा chatGPT पनि छदैछ । त्यहीबाट पढ ।
बिजुलीमा कर बढ्यो ?
- सबै काम दिउँसो सकेर साँझ पर्नासाथ सुत । बिजुलीको प्रयोग कम गर ।
ओल्लो घर पल्लो घर जताततै सिठ्ठि बज्छ,
मग्मग मासुको बास्ना आईरहेको छ!
मैले त्यहि बास्ना को आनन्द लिँदै, गुन्द्रुक को झोल संग एक थाल भात बजाईयो!
सबै को तलब बढेछ क्या हो?!😜