कान्तिपुर Vs अजेयराज सुमार्गी : एक थ्रेड
@KrishnaAcharyaG खै किन हो अचेल सुस्ताएका छन्! सुमार्गीबारे जुलाइ २०२० पछि केही लेखिएको भेटिएन।
यो थ्रेडको पुछारको कन्स्पिरेसी थ्योरीमा दम छ कि नाइ आफै मिलाएर बुझ्नुहोला।
लौ त धमाकेदार फलोअप आओस् त!😉🙈
२ न्यायपरिषद सदस्यहरुको अनुपस्थितिमा भोलीपल्ट बिहान नै नहुने जसरी मध्यरातमै उच्च अदालतमा एकैपटक ८० न्यायाधीश नियुक्ति सिफारिस गर्ने क्रान्तिकारी (म सनकी भन्न रुचाउँछु) बज्यै न्यायालय भित्रको राजनीति अरुले बुझ्दैन भन्ठान्छिन् कि के हो!!
तिनको ‘आदर्श’ पछिल्लो ६ महिनामा देखियो त।
@ekantipur_com ‘विवादास्पद’ चैँ किन नि?
कान्तिपुरले प्रधानन्यायाधीश नै घोषणा गरेर प्रोफाइल समेत छापेको एक मात्र candidate प्रधानन्यायाधीशमा सिफारिस नभएकाले?
नत्र नियमित संवैधानिक criteria meet गरेर तोकिएका प्रकृया बमोजिम नै विधिसम्मत प्रधानन्यायाधीशमा सिफारिस हुदा हेडलाइन मै यस्तो tag किन??😂
हामीले पहिल्यै रोलक्रमको हिसाब गरि गरि मिलाएर नियुक्ति दिलाएको हाम्रो न्यायाधीशहरुको हिसाब बिगार्न अनेक जालझेल गर्दैछन् भनेको भए आरोप पत्याइदिन पनि हुन्थ्यो!
सर्वोच्चमा कुन चैँ न्यायाधीश प्रधानमन्त्री वा प्रधानमन्त्रीको दलको सिफारिसमा कांग्रेस-एमालेले सिफारिस गरिदिएथ्यो र??😂😂
‘कृत्रिम’ वरिष्ठता नै प्रधानन्यायाधीश नियुक्ति सिफारिसको आधार हुन्थ्यो भने संविधानमा सोझै वरिष्ठतमलाई प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान किन राखिएन?
पत्रिकामा एकमात्र न्यायाधीशको प्रोफाइल आएजस्तै एकल सिफारिस किन गरिएन?
संसदीय सुनवाई त न्यायाधीश बन्दा नै गरिएको हुन्छ त!😂😂
बहालवाला प्रधानन्यायाधीशलाई मिडिया ट्रायल र राजनीतिक षड्यन्त्र गरेर ‘टुंगोमा पुर्याउने नियत नै नभएको’ महाभियोग प्रस्ताव मार्फत ९-१० महिना आफ्नो जुत्ता मुनि कुल्चदै राजनीतिक बन्दी बनाएर राख्नेहरुले न्यायालयकै बारेमा सोँचेका हुन् भनेर कसैले भन्छ भने त्यो पत्याउन सकिन्न। सरि😂😂
कति हसाउँनुहुन्छ अमितजी,
एउटा कुरामा चैं ढुक्क हुनुस्, तपाईंहरुले मिडिया मार्फत अघि सार्ने मान्छे अहिलेको कालमा अभागी हो। तपाईंहरुले नराम्रो भनेको वास्तवमा राम्रो निस्किन्छन है आजकल - बल नगरौं।
के गर्नुहुन्छ, गँजडी उपनाम दिएर सम्पादकीय ठेलेका मान्छे जनताले मनपराईदिए, तपाईं ट्वाँ।
सबैभन्दा गार्हो झोले बिद्द्यार्थी नेताहरुलाई छ ! न राम्रो सङ्ग पढे, न सिप छ, न मेहनत गर्ने बानी छ, फेरो समाउने नेताको बिल्लिबाँठ भैइसक्यो, न गुन्डागर्दी गर्न पाईयो ! अब खाडी तिर है खाडी तिर 😂
यो काठको सुकुमवासी त tip of the iceberg हो । देशभर एस्ता सार्वजनिक जग्गामा अनाधिकृत भाड़ा खाने कम्युनिस्ट, वामे, सोसोलोजीको स्क्यॉम बुझ्नुभो भने गोर्खे बेहोश हुन्छन ।
करोड़मा होईन अरबमा भाड़ा खान्छन कम्युनिस्ट, वामे, सोसोलोजी राडाबानहरूले 😁
सरकारी जग्गा भाडामा लगाएर खानेलाई अहिलेसम्म खाएको डबल तिराएर जेलमा लगेर हाल् ! कांग्रेस होस् कि कम्निष्ट होस् !! हामी पनि जयजयकार नै गरौंला !! तर गरिबहरुलाई आत्महत्या गर्न बाध्य नपार् !!
सुकुम्बासीको नाममा मिसन पत्रकारिता । राजसंस्था हटाउन जसरी मिसनमा उत्रेका थिए, बालेनलाई गिराउन त्यसरी नै लागि परेका छन् ।
यो समय गोदी मिडियाको हो, मिसन पत्रकारिताको होइन ।
सरकारी बिज्ञापन नपाउने झोंकमा पत्रिकाहरूले सुकुम्बासीको समाचार सरकार बिरुद्ध यसरी उछालीराखेका छन् कि उनीहरू पहिले ३ तारे ५ तारे होटल सरहको सुबिधामा बस्थे। खासमा त यिनीहरू ९९% पार्टीका खेताला र साहुका हली हुन् जसलाई देशमा बहुमतको शक्तिशाली सरकार बनेको स्वीकार्न गार्हो भईराखेको छ।
प्रधानमन्त्रीले नै राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट हालेर भए पनि कागती बाजेलाई उनको संवैधानिक हैसियत (आलंकारिक) चैँ स्मरण गराउनै पर्ने देखिएको छ हेर्नुस्। सम्पादकीय पढेर पुल्पुलिएका छन् खुब।
अध्यादेशको संवैधानिकता सर्वोच्चले जाँच्ने हो। मन लागे संविधानविद सर्वोच्च अदालत जाउन्😂
बडे बडे हेडलाइनमा ‘बिचौलिया’ घोषणा गरेर छानविन हुनपर्छ भन्दै समाचार लेखेर दवाबमा राखेर फाइदा लिइआएको भन्दा फरक परिस्थिति सृजना भएको सत्य हो।
‘बाघ आयो बाघ आयो’ भनेर गाउँलेलाई बेवकुफ बनाउदा बनाउदै साँच्चिकै बाघ आएर बाख्रो खाइदिए जस्तो अवस्था बनेकाले आत्तिएको त होइन नि!!😂😂😂
गृह मन्त्रीज्यू !!
यस्ता बेतुका, बेहुदा, नालायक लाञ्छना–आरोप लगाएर काम गर्न नदिने विभिन्न ताण्डव मच्चाइरहेका छन् !!
ऐन, कानून, नियमावली, निर्देशिका, कार्यविधि हेरेर खुरुखुरु काम गर्नुस्, परेको बेहोरे हुन्छ ।