पाठक भाइले राम्रै सुझाव दिएको रहेछ ! अलिक ‘सिरियस’ केटाहरुको लागि अहिले पनि कांग्रेसको विकल्प छैन भोट हाल्नको लागि ! चिट चोरेर १२ पास गर्ने र औसत नेपालीको औकात भन्दा माथि रहेका नेपोकिडहरुले खोजेका हुन् घन्टा जस्ता दल ;))
१०० दिनको उपलब्धीः
-नेप्से करिब ३०० अंकले घट्यो, लगानीकर्ताको ६ खर्ब गायव
-इन्धनको भाउ करिब ४० रुपैयाँ प्रतिलिटरले बढ्यो जबकी कच्चा तेलको भाउ उतिबेला भन्दा करिब ३५ डलर प्रति ब्यारेल का दरले घटेको छ ।
-राज्यले सुकुम्बासीको नाममा करोडौं खर्च गरेको छ, तर पनि उनीहरुको बिजोग भएको छ
-स्वार्थको आधारमा दर्जनौं राजनीतिक नियुक्तिहरु गरिएको छ
-राजनीतिक हस्तक्षेपको कारण एन्फा निलम्बनमा परेको छ
-सुशासनको नाममा मूतको न्यानोमा रमाउनुको अलावा दीर्घकालिन् महत्वका एउटै परियोजना लन्च हुन सकेको छैन
-बजेट निर्माणको बेला चरम चलखेल गरिएको छ ! नीति र कार्यक्रम र बजेट परम्परागत, भिजनलेस र ब्यूरोक्रेटिक जडताबाट माथी उठ्न सकेको छैन
-पुरै सत्ता र सरकार लाग्दा पनि सत्तारुढ दलको महाधिवेशन अत्यन्तै कूरुप र निकृष्ट नौटंकीको रुपमा मंचित भएको छ ! सरकारको क्षमताको परख त्यो रङ्गमन्चबाट सजिलै गर्न सकिन्छ
-सेलेक्टिव जस्टिसको नाङ्गो रुप राज्यले प्रस्तुत गरेको छ । यसको दीर्घकालिन असर सोचे भन्दा भयावह हुने देखिन्छ
-अरु पनि थुप्रै छन् ! बिस्तारै लेख्दै गरौंला !!
उपसभापति, प्रवक्ता देखि आधा भन्दा बढी सांसद , आधा भन्दा बढी महाधिवेशन प्रतिनिधि सबै आफैले हुर्काएकाहरु देख्दा त गगन दाइलाई भातृ संगठनको अधिवेशनमा आए जस्तो भएको होला😂😂