जता हेर्यो उतै उस्तै मौन आकाश देखिन्छ
विनाशलीला मच्चाएर शान्त यो बास देखिन्छ
नदी त आफ्नै बाटो लाग्यो सुकाएर बस्तीलाई
यहाँ त बस् रोइरहेको जिउँदो लास देखिन्छ।
T2889: हिजो पनि पीर, आज पनि पीर,
यस्तै हुने रहेछ मान्छेको तक्दिर।
हेर्नुहोस न, मलाई कहिल्यै सुहाउँदैन,
रित्तो हुन्छ जहिल्यै फूल सजाएको शिर।
न सोध्नुहोस, कसरी कटेका छन् दिनहरु,
कहिले खोज्छु तलाउ, कहिले खोज्छु भिर।
आफैले खाएको भए बरु भोक हराउने थियो,
गल्ती गरे देवतालाई चढाएर खीर।
#शुभबिहानी
मेरो जस्तै मन दुखोस् तिम्रो पनि ।।
एकपटक शीर झुकोस् तिम्रो पनि ।।
कस्तो हुने रैछ पक्कै आभास होला,
चाल्दै गर्दा पाइला रूकोस् तिम्रो पनि ।।
आफै ठूलो सोच्ने बानी हट्नुपर्छ तिम्रो,
मुहारमाथि कसैले थुकोस् तिम्रो पनि ।।
#_मुक्तक__✍️
=========
हरेक फूल गुलाफ जस्तो राम्रो हुँदैन !
कसले भन्यो छोरा मान्छे कहिल्यै रुदैन !!
केही समय छोरा मान्छेको ठाउँमा बसेर हेर ;
अनि थाहा पाउछौ छोरा मान्छे रुन्छकी रुदैन !!
❤️ प्रेम समर्पण ❤️
एउटै
छानामुनि बसेर पनि
हामी हजारौँ कोस
टाढा भइसकेछौँ…!
नजरहरू
जुध्छन् अझै पनि
तर ती नजरहरुमा
अब न त कुनै स्नेह छ
न त हिजोजस्तै
आत्मीयताको स्पर्श।
हो,
सम्बन्ध अब
सम्बन्ध रहेन।
#विनोदविनोदी
T2880: न महल चाहिन्छ हामीलाई नत दरबार।
झुपडी मै भएपनि तिम्रो साथ अपार चाहिन्छ॥
दुनियाँले जति आँधी ल्याओस् हाम्रो प्रेममाथी।
अन्तिम साससम्म तिमी र म एउटै संसार चाहिन्छ॥
#शुभबिहानी
T2877: सम्झिनु पर्नेले पनि त सम्झिएको छैन,
कस्तो मन हो अझै पग्लिएको छैन॥
जानेहरु छाती मै टेकेर गए, कहाँ पुगे,
पर्खिनेहरुको मन अझै भरिएको छैन॥
पुग्छौ हरकोहीँको दुखमा साथी बनेर ,
त्यसैले हो तिम्रो खबर सोधिएको छैन॥
#शुभबिहानी
मुक्तक
म तिम्रो पाउको धुलो हुँ, कुल्चिन पाउँछौ
"कोही होइन" भनी सहजै उम्किन पाउँछौ
हो, मबाट पनि यहाँ कैयौँ पटक गल्ती भए,
नराम्रो सपना सम्झी मलाई बिर्सिन पाउँछौ।
#शुभ_प्रभात_वंदन#शुभबिहानी
माफ गरिदिनु, अन्जानमै मन दुखाएँ होला
सधैँ खुसी रहने ती परेली मैले रुझाएँ होला
तिमीलाई अप्ठ्यारो नपरोस् भनेर म पछि सरेँ,
कति पटक मैले पनि त आँसु लुकाएँ होला।
#शुभ_प्रभात_वंदन#शुभबिहानी