अस्तव्यस्त शहर,
हिलाम्मे सडक,
बाटोमा चिप्लिएर उत्तानो परेको कुनै मानिस,
अनि बुद्धि बङ्गारा देखिने गरी हास्दै गरेका केही थान मानव जातिहरु,
तर बिल्कुलै मौन सरकार!
अचेल शहरमा प्रदर्शन गरिने नाटकको सानो अंश हो यो ।
जेफ बेजोस, बिल गेट्स र वारेन बफेट जत्तिकै धनी सम्झन्छु म आफूलाई ।
फरक यत्ति हो कि;
उनीहरुको सम्पन्नता धन,दौलत,सम्पत्तिसँग जोडिएको छ। तर आफ्नो चाहिँ यादै यादहरुसँग ।
नेपोलियन बोनापार्ट, रुसो, मटेस्क्यु, भोल्तेयर जस्ता साहसी र बिद्धान ब्याक्तित्वहरुको इतिहाससँग जोडिएको फ्रान्स देश ।
अनि युवा खेलाडीले सजिएको फ्रेन्च फुटबल टिम ।
फ्रान्सलाई सपोर्ट गर्नुमा यी दुई कारणहरु पर्याप्त छन् ।