म खाऊँ मै लाऊँ, सुख-सयल वा मोज म गरूँ,
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू
कवि शिरोमणिका लेखनाथ पौड्यालका यि शब्दहरु यो माटोमा आजकल झनै सान्दर्भिक हुँदै गैराखेको छ ।
न एउटा हुनु पर्छ
न हजारोटा हुनुपर्छ
राजा खासमा
सबै जनता हुनुपर्छ
तन्त्र एस्तो हुनुपर्छ
जसमा सब
स्वतन्त्र हुनु पर्छ
स्वतन्त्रता यस्तो हुनुपर्छ
जसमा रोग र भोकबाट
सबै मुक्त हुनुपर्छ
वाद र तन्त्रको पासोले
गर्धन कसेको बेला
मरेको घोडा
कि भोका ब्वांसाहरू
भन्ने बहस पनि
बन्द हुनुपर्छ!
पाथिभाराको बारेमा सुनौं तपाईंका केही जिज्ञाशा भए राखौं;
सेमुक्तुगोक मुक्कुमलुङ मुन्धुम, केबलकार परियोजना र बचाउ आन्दोलन किन ?
भन्ने विषयमा मुन्धुम अध्येता अमित थेवेलाई सुनौं ।
कहिले ?; फेब्रुअरी ८, २०२५ अर्थात् माघ २६ गते शनिबार
नेपाली समय: साँझ ८ मा
सोच्थे बनाउछु नदी, कसरी बन्यो कुवा जस्तो !
यो मन पनि यसै भौंतारिएको होईन बटुवा जस्तो !!
सुख बस्नै मान्दैन खालि भाग्न खोज्छ खरायो बनी !
दु:ख भर्खर भर्खर हिड्न लागे झैं गर्छ कछुवा जस्तो !!