Name and fame छ भन्दैमा, बिशेष गरी नेपालि नायिका भनिएका हरु सार्वजनिक रुपमा बेफ्वाक अभिव्यक्ति दिएको देखिन्छ।यो शैली ले समाज लाइ सहि बाटो देखाउदैन।
अभिव्यक्ति को स्वतन्त्रता भनेको जनता र देश प्रति जिम्मेवार बन्नु पनि हो।
अब जित्नेले नीति नियम बनाएर देशको सेवा गर्नु, हार्ने हरुले सधै देश र जनताको लागी जित्ने हरुलाई खबरदारी गर्नु। हारे भनेर हतोत्साही नहुनु,राजनीति यस्तो नीति हो जहाँ हार्दा झनबढी जिम्मेवारी बढेको हुन्छ।
सबैलाई शुभकामना।
सबै नेपाली हरुले Gulf country हरुमा जहाँ जहाँ American base camp हरु छन, त्यो क्षेत्रको कम्तिमा २०० किलोमिटरको सर्कल मा चाही उच्च सतर्कता अपनाउनु होला।
यो पल्ट घन्टी पार्टीले ४० सिट जति जित्छ होला जस्तो लागेको थियो। तर विचार बिहिन जत्था, हो हल्ला अनेक तडक भडक बेफ्वाक गाली गलौज, अशिष्ट असभ्य भाषा शैली हरुले गर्दा, पहिला कै सिट संख्या बराबर बनाउन सक्छ जस्तो पनि लागेन।
हावादारी होइन, व्यवहारिक घोसणा पत्र आउनु पर्छ राजनीतिक दलहरु बाट।
तिमीहरुले मेरो पिढि सम्म लाइ झुक्यायौ, अबको नव पिढि लाइ झुक्याउने काम नगर।
यो नव पिढि पनि मेरो पिढि झै निरुत्साहित बन्यो भने मुलुकको भविश्य अन्धकार छ।
कोहि बालेन्द्र साह का मिडिया,
कोहि कुलमान का मिडिया,
कोहि दुर्गा प्रसाई का मिडिया,
कोहि हर्क साम्पाङ का मिडिया,
कोही एमाले मिडिया,
कोहि कांग्रेस मिडिया,
कोहि माओबादी मिडिया,
हैन जनताको लागी देशको मिडिया चाही खै?
घन्टी पार्टीका उम्मिद्वार हरु आफ्नो निर्वाचन क्षेत्रमा ३० लाख फलोअर्स भएका बालेनको अनवार देखाउन पाए चुनाव जितिन्छ भनेर दिवा सपना मा छ।
उता बाँगलादेश मा ७६ लाख फलोअर्स भएकी पपुलर उम्मिद्वार ले तेस्रो स्थान प्राप्त गरेर पराजय भैन।
"ए पब्लिक है, ए सब जानती है"😂
घन्टी पार्टीले हामि घोसणा पत्र सार्वजनिक गर्दैनौ, अहिले सार्वजनिक गरे चोरी हुन्छ भनेर यदी भनेका हुन भने तिनीहरु महाडाका हुन।
जनताले अध्यन गरेर बिमर्श गर्न नमिल्ने कस्तो घोसणा पत्र हो त्यो?
प्रश्न गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ। प्रश्न उठाउदा बिरोध बुझ्ने र सोच्ने चाही वास्तविक "झोले" हुन।यही "झोले" बादले हो मुलुक बिग्रिएको।
बित्थामा एमालेका काम्रेट हरु झोले उपनाम लिएर हिडेका छन।