#मन
कति अस्थिर !!!
कहिले औंसीको कहालीलाग्दो रात झै
कहिले , पुर्णिामाको कलकलाउदो उज्यालो किरण झै
त
कहिले , चैत बैशाखको हुरि बतास झै र
कहिले पुष माघको पारिलो लोभलाग्दो घाम झै ...
समयको उत्तमपाटो भनेको नै बर्तमनलाई बिस्तारै अतित बनाएर ती अतितका तिता पहरुलाइ मिठो सम्झना बनाइ ती मोठा पल सम्झेर नया बर्तमनमा मुसुक्क मुस्कुराउनु रहेछ ....
मृत्य शरीर चिसिएको जस्तै यो चिसो अनि शुनसान रात,
अनि, उकुसमुकुसताले कठ्ङग्रएका यादहरु ..
लाई पनि झिसमिसे प्रभातहरुले बिस्तारै आफ्नो न्यानो अं��ालोमा कसिए झै जिवनको रित पनि कहिले कठिनाइहरुको त कहिले सरलताको संगालो रहेछ ......
कतै साथ छुटिरहदा ,
कतै कसिलो सम्बन्धहरु फुकिरहदा
कतै नया साइनो गासिरहदा
त कतै पुराना साइनो मेटिरहदा
कतै खुशीको कलिलो मुना पलाइरहदा त
कतै दुखको काडाले कोतारिरहदा नि
जिन्दगी चलिरहदो रहेछ
त्यसैले #जिन्दगि_जिन्दावाद !
काश! मैले एकपटक मात्रै कस्तो हुनुहुन्छ भनेर म्यासेज गरेको भए, सायद म्यासेजमै भएपनी ���न्तिम भेट हुनेथियो होला साथी,
अझपनी बिश्वास त लागेको छैन कि तपाईंले सबैलाई छोडेर गइ सक्नुभयो भनेर ...
अर्को जुनिमा यहि जुनि झै फेरि तपाईंको मित्र बन्न पाउ ... हार्दिक श्रद्धाञ्जली !