१२ बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै ! यत्तिसम्म थोत्तरो हुनेगरि बिग्रेका एमाले नेताहरूलाई पुनःस्थापना केन्द्रमा राख्दा कसो होला ? राजनीतिमा बिग्रेकाहरूलाई राख्ने पुनःस्थापना केन्द्र पो छ कि छैन यो देशमा ?
श्रवण मुकारुङको कविता छ, सबैभन्दा पुरानो मानिसलाई मार्न सबैभन्दा नयाँ विचार चाहिन्छ। त्यो नयाँ विचारको परीक्षण हामीले ०६३ को परिवर्तनमार्फत गरिसक्यौं।
@basantabasnet https://t.co/3RVJ4K1lru
"KP CHOR DESH XOD ! " भन्दा बित्तिकै एजमाले का कार्यकर्ता ले कुट्पिट गर्नुले आदरणीय लोकप्रीय प्रधानमन्त्री लाई नै भनेको भनेर बुझ्नु पनि एक किसिमले इन्डियन उखान "हमको पता नहि कहाँ कि पुलिस चोर है" भन्दै गालामा हान्नु जस्तै हो । 🤣
वाहियात!
बाबुराम भट्टराई (@brb1954) जी,
२०६४ सालमा संविधान सभाको पहिलो चुनाव अगाडि राजालाई के प्रस्ताव पठाउनुभएको थियो, संझिनोस् त!
तपाईँले प्रस्ताव गरे अनुसार कांग्रेस/एमालेलाई पाखा लगाउँदै माओवादीसँग मिलेर सत्ता कब्जा गर्न राजा तयार भएको भए, राजसंस्था स्वीकार्य? अन्यथा तपाईँ घनघोर गणतन्त्रवादी?
डा बाबुराम भट्टराई (@brb1954) ले राजा ज्ञानेन्द्रको फागुन ७ को विज्ञप्तिमाथि गरेको 'तुच्छ' टिप्पणीमाथि मेरो संक्षिप्त टिप्पणी!
अर्थतन्त्र बारे न्युनतम ज्ञान पनि नभएको ब्यक्तिहरु अर्थमन्त्री हुन्छन् अनि कसरी आर्थिक बिकासको अपेक्षा गर्न सकिन्छ?@brb1954 सँग सहमत ,
र भारत सँगको खुल्ला सिमानालाई ब्यबस्थापन नगरी जतिसुकै अर्थनीतिका कुरा गरेपनी भारतको ठुलो बजार सँग नेपालको बजारले प्रतिस्पर्धा गर्नै सक्दैन👍️
तपाईंको राजालाइ पैला पुजेर मानेर र अहिले नपुजेर, नमानेर नेपाली जनताको जिन्दगीमा तात्विक भिन्नता भएको छैन । हरेक समाजको केही व्यक्ति र नेतृत्व ठिक भएन भन्दैमा सिङ्गो समाजलाई गाली गर्नु समस्या तपाईं र तपाईंको राजामा छ ।
"केटाकेटी म बिना जाँदैनन्।
म राजा छोडेर जान्न।
राजा देश छोडेर जाँदैनन्!"
सन् १९३९ मा द्वितीय विश्वयुद्ध शुरू भएपछि बेलायतका तात्कालिन राजा जर्ज छैठौँकी रानी एलिजाबेथ र उनीहरूका छोराछोरीलाई सुरक्षाका लागि अमेरिका या क्यानडा लैजाने कुरा भयो।
तर रानी एलिजाबेथले भनिन्, "केटाकेटी म बिना जाँदैनन्। म राजा छोडेर जान्न। राजा देश छोडेर जाँदैनन्!"
द्वितीय विश्वयुद्धमा राज परिवार बेलायतमै बस्यो। लण्डनमा ठूलो क्षति हुँदा र सन् १९४० मा बकिंघम दरबारमा बम आक्रमण हुँदा उनको परिवार त्यहिँ थियो।
कयौँ देशका राष्ट्रपति, प्रधानमन्त्री देशलाई ठूलो क्षति पुर्याएर देश छोडेर भागेको संझिदा तथा १९ दिनको आन्दोलनमा झण्डै दुई दर्जन नेपालीको ज्यान गएपछि "जनता मारेर राज गर्न मेरो राजधर्मले दिँदैन" भन्दै हाँसीहाँसी गद्दी त्याग्ने राजाको संझना आइरहँदा, बेलायतको तात्कालिन महारानीको भनाइ पनि याद आयो।
यस्तो आदर्शलाई "वाध्यता" भनेर खिसिट्युरी गर्ने र अनादर्शलाई निरन्तर अनुमोदन गर्ने समाजले दुख त पाउने नै भयो। यो अवस्थामा परिवर्तन चाहिँ ल्याउनै पर्छ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
पृथ्वीचोकमा यातायात व्यवसायी तथा मजदुरबाट दुर्व्यवहार सहनुपर्यो, यता मन्त्रीज्यूबाटै असुरक्षित महसुस गर्नुपर्ने भयो । मन्त्रीबाटै आएको यो अभिव्यक्ति र आरोपबाट कसरी सुरक्षित हुन सकियो र ?