राष्ट्र बेच्ने दलाललाई भगवान् सम्झने लिच्चडहरु,
प्रश्नलाई गाली, चाकरीलाई सम्मान दिने मरेका स्यालहरु,
चेतना मर्नु भन्दा ठूलो मृत्यु अरू के होला ,
हिँडिरहेका छन् शहरभरि जिउँदा लासका भिडहरु !!!
किन बोल्ने ,
कहिले बोल्ने,
कसरी बोल्ने,
को सँग बोल्ने,
के बोल्ने,
कहाँ बोल्ने,
बोल्ने कि नबोल्ने ,
तिमी बोल्दै नबोल,
तिमी बोलेको सुन्नै मन छैन,
उहीँ बोलिस को पोलिस होला,
त्यसैले बोल्दै नबोल,बोल्नु हुदैन,
खबरदार,खबरदार,खबरदार,
होशियार ,होशियार ,होशियार !!!!
कसैको बहुलठ्ठीपनलाई पनि क्रमभंग,छलाङ्ग,परम्परा तोडेको भनेर जयजयकार गर्ने भिड भएपछि यो देशलाई भिर बाट खस्न कसैले रोक्न सक्ला जस्तो देखिएन।
कुनै दिन भगवानको लिला अपरम्पापार पनि भन्ने होलान् ।
@NepalPressnp यसो गरे कसो होला 🤣😎 ??
- संसद विघटन गरौ।
- सबै कानुन अध्यादेश बाट ल्याउ।
-बजेट पनि अध्यादेश बाटै ल्याऔ ।
- अर्को चुनाव १२-१५ बर्ष नगरौं ।
- देशमा "खिल निवारण अभुतपुर्ब संकटकाल" लगाऔ।
- आर्मी र अमेरिकी समर्थनमा एकछत्र शासन गरौं ।
बंगलादेशमा विध्वंसको दोस्रो भेरियन्ट शुरु भएको छ ।बंगलादेश सिन्ड्रोम नेपालमा दोहोरियो भने ,के होला .................
नेपाल विध्वंसको दोस्रो भेरियन्ट के हामी सहन सक्छौ ??