मेरो बारेमा दुनियाँले के सोच्छ,
त्यो Notification मैँले
Off गरेर राखेको छु…!!
किनकि यो दुनियाँले कहिल्यै
मेरो संघर्षको रात देखेन,
मात्र मेरो मुस्कानको अभिनय मात्र देख्यो…!!
जब म भित्रभित्रै टुटिरहेको थिएँ,
यही दुनियाँले मलाई
“ठिक छ” भनेर फैसला गर्यो…
जब आफ्नै मान्छेहरूले साथ छोडे,
यही दुनियाँ तमासा हेरेर बसिरह्यो…!!
अब न कसैको प्रशंसाले खासै खुशी दिन्छ,
न कसैको आलोचनाले दुःखी बनाउँछ…
किनकि मैले सिकिसकेको छु,
आफ्नो शान्ति बचाउन कहिलेकाहीँ
दुनियाँको आवाज भन्दा माथि उठ्नुपर्छ…!! 🖤
#म_अनि_मेरो_भावना
हे भ्रममा
अल्मलिएका मूर्ख मनुष्य!
बिस्कुन झै छरपष्ट
भएका ती सपनाका दानाहरू बटुल
समयको नाङ्लोमा
राखेर निफन्दै कसिङ्गर केलाउ
जब प्रस्फुटित हुनेछ
एउटा कञ्चन र सुन्दर रूप,
त्यही नै हुनेछ
तिम्रो जीवनको प्रियतम सपना
बाहिरी संसार छोड
आफैले आफैलाई भेट,चिन अनि स्विकार।
बुझ्यौ?
🫰
आजकल सम्बन्ध भन्दा अभिनय धेरै देखिन्छ…
मुखमा अपनत्व,तर मनमा स्वार्थ बोकेका
मान्छेहरू धेरै भेटिन्छन्।
त्यसैले म धेरै भीडमा घुलमिल हुन छाडिसकेँ,
म त्यो भीड बाट टाढै बस्छु
जहाँ मान्छे आफ्नो हुने नाटक गर्छन्।
किनकि मैँले नजिक बाट देखेको छु,
नक्कली साथले भन्दा
एक्लोपनले कम चोट दिन्छ…!!
#म_अनि_मेरो_भावना
म बहसमा हराउने होइन
म त मौनतामा हराउने मान्छे हुँ।
जित्ने नाममा शब्दको चोट दिनुभन्दा
नबोली हार्नु मलाई अझै मानवीय लाग्छ।
किनकि
मौनतामा पनि भाव हुन्छ
पीडाको गहिराइ हुन्छ
र आत्मसम्मानको शान्त जित हुन्छ।
सबै युद्ध जित्नैपर्छ भन्ने छैन
केही हारहरूले मनलाई बचाउँछन्।✍️
सत्य यही हो गीता मन्दिरमा होइनयुद्धभूमिमा सुनाइएको थियो जीवनमा सङ्घर्ष अन्याय डर निर्णयको दोधार आउँछ
भगवान् कृष्णले अर्जुनलाई ज्ञान मन्दिरमा बसेर होइन तीव्र हुंकार शङ्खनादबीचको युद्धभूमिमा दिएका थिए ज्ञान केवल पूजा गर्ने होइन जीवनका हरेक कठिन मोर्चामा उभिएर लड्न सिकाउने मार्ग हो
बोकी उठाउनै नसकिने भारी कसरी लिन्छौ
भेटिन्न दुःख बिसाउने चौतारी कसरी लिन्छौ
यो सहरमा थोरै मेहनत गर्दा पनि थाक्छु मत
काधमा सिङ्गो घरको जिम्मेवारी कसरी लिन्छौ
#मेरा_बा💗
अहिले, ख़राब समयको भुमरीमा छ जीवन
पलपल,उथलपुथल नानाथरीमा छ जीवन
न पायो खोजेको न पायो रोजेको यो मनले
ख़ुशी र प्रेमालापको-भोकमरीमा छ जीवन
@K_C_akash 🌺🌹❤️🙏
सुनि दिने कान त धेरै हुन्छन् तर दु:ख हेरेर बुझि दिने आँखा
भने एकदमै कम अनि मन पराउनेहरु त धेरै भेटिने रहेछ तर
मन बुझिदिनेहरु चाहिँ एकदमै कम ❤️
🥀 शुभ साँझ 🥀
आमा
नौ महिना कोखमा राखि
संसार देखाउछिन उनले
कतै केही गल्ती भो भने
माफि दिने गर्छिन उन्ले
आमा! शब्द नै क्या मीठो लाग्छ
कतै चोट लग्यौ भने आमा शब्द आउँछ।
माया धेरै नै दिनु भो संसारलाई जित्छ
कहीँ गल्ति भयो भने गालि गर्ने हित छ
क्रमशः