सत्ता हल्लिएको छ,जनता उठेका छन्।
हस्ताक्षर चलिरहेको छ,निलाे क्रान्ति जारि छ।हातहरूले कलम चलाएका छन् , सत्ता र सिण्डिकेटविरुद्ध विद्रोहका हस्ताक्षरहरू लेख्न।
हस्ताक्षर अभियान सत्ता, पिपासु हरु काे निद हराम गर्ने स्वर हो बनेको छ ।।
सत्ता हल्लिएको छ,जनता उठेका छन्।
हस्ताक्षर चलिरहेको छ,निलाे क्रान्ति जारि छ।हातहरूले कलम चलाएका छन् , सत्ता र सिण्डिकेटविरुद्ध विद्रोहका हस्ताक्षरहरू लेख्न।
हस्ताक्षर अभियान सत्ता, पिपासु हरु काे निद हराम गर्ने स्वर हो बनेको छ ।।
@Himanishaha हस हजुर हामी हजुर हरु काे दास बन्न हुजुर हरु काे मान सम्मान र राष्ट्र काे जिम्मा लगाउन तयार छाै , हजुर हरु काे खान दानि पेवा पाे हाे त यमे नेपाल 😡😡😡😡😡😡
प्रिय दिदीबहिनी तथा दाज्यूभाइहरू,
त्यसो त मंसीर १६ गतेको स्थानीय तहको उपनिर्वाचन कुनै ठुलो राष्ट्रिय महत्वको विषय नहुन सक्छ। यो कुनै नियमित निर्वाचन पनि हैन। यो अधिकांशत: पुरानै शक्तिहरूले जित्दै आएका सीमित ठाउँहरूमा आकस्मिक ढंगले हुनगैरहेको निर्वाचन मात्र हो।
परन्तु जुन ढंगले गत तीनदशकदेखि र मुख्यत: गत एक दशकदेखि देशलाई निर्बाध लुट्दै र लाखौं भर्भराउँदा युवाहरूलाई बेरोजगार बनाएर विदेश लखेट्दैै आफु र आसेपासेहरूलाई नवधनाढ्यको सुखसयलमा विराजमान गराइरहेका पुराना दल र तिनका 'त्रिमूर्ती'हरू आफ्नो बर्चस्व कायम गर्न उफ्रीपाफ्री गरिरहेछन्, त्यसले मतदाताहरू गम्भीर बन्नैपर्ने अवस्था सिर्जना भएको छ।
यो उपनिर्वाचन तिनलाई खबरदारी गर्ने अवसर हुनसक्छ।
गत स्थानीय तहको निर्वाचनको वेलादेखि नै भूइँतहका जनताले त्यसको झल्को दिंदैं आएका छन्। अग्रगामी वैकल्पिक शक्तिहरूको उदय पनि क्रमशः भैरहेछ।
तर 'त्रिमूर्ती' हरूको अहंकार र आत्मष्लाघा कायमै छ। हजारौं जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तिनको विर्ता र सत्तासुखको भर्यांग मात्र हो भन्ने विषाक्त सोंच तिनमा हावी छ। देशलाई कंगाल पारेर मुट्ठीभर विचौलिया, तस्कर,ठेकेदार,भ्रष्ट कर्मचारी,विदेशी शक्तिकेन्द्रसंग मिलिमतो गरेर थुपारेको अकूत धन देशविदेशमा लुकउने र त्यसको केही अंशले आसेपासेहरूको झुण्ड पाल्ने र चुनावको वेला वेपर्वाह खर्चेर चुनाव जित्ने तिनको दिनचर्या नै बनिसकेको छ।
अब त्यसलाई रोक्ने वेला आएको छ। लोकतन्त्रमा सचेत जनताले मात्र रोक्न सक्छन्। भ्रष्ट र ठगहरूलाई दण्डित गर्न सक्छन्। त्यो गर्ने उपयुक्त वेला र तरिका निर्वाचन/मतदान नै हो।
अत: यो उपनिर्वाचनमा भ्रष्ट पुराना शक्ति र व्यक्तिहरूलाई पराजित गरौं! स्वच्छ र सक्षम नयाँ शक्ति र व्यक्तिहरूलाई विजयी बनाऊँ!
विदेशमा रहेका मतदााताहरूले ( हाल रहेकैै देशबाट मतदान गर्ने व्यवस्था नहुन्जेल! ) आफन्त र साथीसंगातीहरूलाई खबर गरेर भ्रष्ट पुरानाहरूलाई हराऊँ; नयाँ स्वच्छहरूलाई जिताऔं!
अब आँखा खोलौं! समृद्धि सम्भव छ हाम्रै पालामा!
विराटनगरबाट लिलाबल्लभ अधिकारी नाम गरेका एउटा पूर्वमन्त्री फिल्मको हिरो जस्तै हात हल्लाउँदै पक्राउ परेका थिए। तर आज पूर्वमन्त्रीको नै हैसियत भएका दीपक मनाङेको हातमा हतकडी देखियो।
के यो विभेद होइन?
कांग्रेस लगायतका दलहरूले संसदमा आफूले गंभीर विषय उठाएका थियौ भन्ने हो भने त्यसको निरूपण अब संसदीय छानबिन समितिले कसरी गर्न सक्छ ?यस्तो समितिको रिपोर्टको के कानूनी मान्यता रहन्छ ? अहिले सम्मको समय बर्बादी केका लागि गरेको ? संसदीय व्यवस्थामा चाहिने प्रतिपक्ष नै हामीले पाउन सकेनौ !
समाचार सही हो भने मेयरबाट यो अनुपयुक्त काम भएको छ।
पूर्वाधार निर्माणको प्रणालीमा समस्या छ। यो प्रणालीमा पदाधिकारी समेतले गर्न सक्ने सिमा छ।
गलत निर्माण व्यवस्थापन तथा धुलोको समस्या त महानगरले गरेको निर्माण काममा पनि छ है!
यस्ता विषयमा 'स्टन्ट' नगरौं। प्रणालीगत समाधान खोजौं।🙏
लोकतन्त्रको स्वतन्त्र प्रेसले बेलाबखतमा आईलाग्ने सत्ताको गिद्धेदृष्टीलाई सहजै झेल्न सक्छ।
तर चौथो अंगको पेशागत निष्ठा, मर्यादा र दायित्व बिर्सेर पत्रकारिता मिडिया मालिकको अवांछित सेवा तिर लाग्यो भने स्वतन्त्र प्रेसको आत्मा नै मर्ने जोखिम हुन्छ।
आत्मसमीक्षा जरूरी देखिएको छ।