राजनितिक दल र उसको नेतृत्वको परिक्षा भनेको निर्वाचन हो ! तर गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसलाई लाई निर्वाचन आयोगले बैधानिकता दिएपनी त्यसलाई चुनौती दिदै अदालतमा मुद्वा दायर गर्ने एवं देउवा-पूर्ण बहादुर गुटले निर्वाचनका बखत देशैभर कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई योजनावद्व तरिकाले हराउने प्रयास गरेको छर्लङ्ग छ। रोचक कुरा त के भने गगन थापाको हस्ताक्षरयुक्त टिकट लिएर चुनावमा भागलिए पश्चात् पनि अनेक बखेडा झिकेर कांग्रेस नेतृत्वलाई गिजोल्ने प्रयास गरेका छन् ! यस्ता नेताहरुलाई अब एकताका नाममा फेरि पनि पार्टी भित्र भित्र्याउनु सर्वथा गलत हुने छ, यिनले अनेक विवाद निकालेर कांग्रेसलाई अझै गुट-उपगुटका नाममा गिजोल्ने प्रयास गर्ने छन्! जति घाटा लाग्यो लाग्यो, अब १७ लाख मत र प्रतिनिधिसभामा पाएको ३७ सिट बाट माथी उठ्ने प्रयास वर्तमान नेतृत्वले गरोस्!
मेरो एक जना पद्मोदय स्कूलका नेपाली टीचरले भन्नू हून्थ्यो “भाव भए पो कविता बन्छ, शब्द थुपारी कन यत्रो हून्छ।” यो लाईन कसैले @tikaramyatri सम्म पूर्याई दे हून्थ्यो। उनले अति नचाहिने शब्द थुपारेर हैरान पारे :)