पेटमा गएको विषले एउटा मान्छेको ज्यान लिन सक्छ,
तर कानमा गएको विषले धेरै सम्बन्धहरू मार्न सक्छ।
त्यसैले सुनेको कुरा तुरुन्त विश्वास नगरौँ,
पहिले सत्य बुझौँ—किनकि गलत कुरा कानमा पसेपछि
वर्षौँदेखि जोडिएको सम्बन्ध पनि एकैछिनमा टुट्न सक्छ।❤️🩹
बाख्राले बड्कौला हगे पनि पायल्स नहुने,
कुखुराले नमुते पनि पत्थरी नहुने,
सुंगुरले खाँदै सुते पनि सुगर नहुने,
भैंसीलाई एक माना नुन घोलेर दिएको खोले खाँदा पनि BP हाई नहुने… 🤣
मान्छे नाथेलाई चाहिँ रछ अनेक हुनुपर्ने! 🥸🦧
मान्छे हुनु पनि सजिलो कहाँ रहेछ र!
खायो रोग, नखायो रोग,
लव गरेर न जा बैनि भन्थे दाजै ले ...
रानि बनाई राख्या छन मेरा राजै ले ......
१५ दिन भयो २ जना खोजेको मैले, एऊटा जसले बैनिलाई लव नगर भन्यो, अनि अर्को राजै- जसले गणतन्त्र मा पनि रानि बनाई राख्या छ यार 🤪😢 ।
नोट :- गीतहरू सुनेर र सम्झेर ल्याऊँदा छाति पिटेर रुनमन लाऊनि