नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।
एउटा सानो बच्चाले TV मा दुख पाएको मान्छे, रक्ताम्मै शरिर वा मरेको मान्छे देख्दा पनि उसलाई न कुनै आँशु आउँछ न कुनै पिडा। तर असत्य हो भन्ने थाहा हुँदा हुँदै पनि ठुलो मान्छे सिरियल वा सिनेमा हेर्दा पनि आँशु बगाउने गर्छन। कारण के होला?
साल २०७९ ले उध्रिएका सपनाहरु सिलाइदेओस्,
भत्किएका विश्वासहरु जोडिदेओस्,
जहाँ जहाँ घोच्यो, न्याक्यो, समयले
समयले नै मल्हम लगाइदेओस् ।
समयले त्यो क्षितिजमा पाइला टेकोस् जहाँ खुसी र उपलब्धिका लालिमा रंगमगिएको होस्।
यहाँहरु सबैलाई शुभकामना ! 🙏🙏🙏