धोविखोलाको एउटा घर थियो जसको पिल्लरभित्र पैदलमार्ग थियो । एकदिन मोबाइल चलाउँदै जाँदा झसङ्ग भएँ घरभित्र पसेछु भनेर। यसो हेरेको घरले बाटो निलेको रैछ । आज त्यो घर पनि शीतल बनेछ। सार्वजनिक जग्गा निल्नेहरूप्रति 0 प्रतिशत पनि सहानुभूति राखिँदैन। धन्यवाद।
@subedibinu आँसु आयो दिज्जू 😥 अब भ्रष्टाचार गर्न पनि पाउनुपर्छ भनेर लेखिदिनुस् दिदी । कर्मचारीलाई कम्ता गाह्राे हुन्छ सहरमा बस्न छोराछोरी पढाउन। बिचरा सबैलाई बराबर न्याय दिनोस्।
केही मानवआकृतिधारी पार्टीका हलीहरूले किन भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमणकारीको पक्ष लिन्छन् भन्दा उनीहरूको अरू बाटो नै छैन। जानेको नै त्यत्ति छ। जे जान्यो त्यही गर्ने हो ।
@dil_nisani पहिलापहिला म्याउबादीले लखेट्थ्यो गाउँबाट। हाम्रो तिर म्याउबादीको नाइके दिले कमरेढ भन्ने मान्छे नि थ्यो त्यतिबेला । त्यो मान्छे काँपुगे होला अहिले दाजु?
धनाढ्यको सम्पत्ति जलाउँदा, लुट्दा मान्छे खुशी थिए। गरिबको बस्ती उठ्दा पनि मान्छे खुशी छन्। यी धनी र गरिब दुवैको बिजोक हेर्न आतुर बिचौलिया वर्गको 'खुशी'को बाढीले के के बगाउला?
सेतोपाटी लेख्छ : ती बस्तीमा त्यस्ता नक्कली सुकुम्बासी कति होलान् त? ७५ प्रतिशत, ५० प्रतिशत कि २५ प्रतिशत ? यसको उत्तर पनि हामीलाई थाहा छैन।
हामीलाई यति मात्र थाहा छ, त्यहाँ नक्कली सुकुम्बासी हुन सक्छन् तर ती कति संख्यामा छन् र ती को हुन् भन्नेबारे हामी अन्जान छौं।
पत्रकारिता 😂😂
@birat_anupam एउटा चोर पसल छिरेछ। उसले पसलभित्र बाकसमा फोड्न लाग्दा हात त्यहीँ अड्केछ। यो कुरा पसलेले थाहा पाएछ। बिचरा त्यो चोरको माया लागेर अस्पताल लगेछ।
एमाले काङ्ग्रेसले रामराज्य चलाएको देशमा फेरि को आयो? रामहरू चुपचाप भएको बेला सुग्रिव र हनुमानहरूको चर्को रुवाबासी छ फेरि। अझ हिजोबाट त यिनीहरूले संसार जिते झैँ गरेको छ।