धन्यवाद मेयर Balen
@ShahBalen@Balen_Shah_1
जेठीआमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लगियो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यौ । मौसमका कारण हवाइजहाज अलि ढिलो उडान भयो 9:45 तिर काठमाडौ आइ पुग्यो । हवाईजहाजबाट बाहिर निस्किदा मैले #बालेनले फेसबुक मार्फत जानकारी गराएको निशुल्क एम्बुलेन्स सेवाको फ्री नम्बर 102 मा फोन गरे 2 घन्टिमै फोन उठ्यो र मैले धनगढीबाट बिरामी ल्याएर आएको जानकारी गराउदै domestic airport ko arrival कक्षमा बिरामी सहित एम्बुलेन्सको पर्खाइमा हुने छु भनेर फोन गरेको एक छिनमा हामि arrival कक्षमा पुग्यौ । हामि पुग्नु भन्दा पहिले नै महानगरले एम्बुलेन्स पठाइ सकेको रहेछ । एम्बुलेन्स चढेर हामिहरु गगालाल अस्पताल आइ पुग्यौ । हामिलाइ यस्तै जनप्रतिनिधि र नेता चाहिएको हो । जहाँ समान्य नागरिकले पनि बिना सोर्स फोर्स हेरेक काम सहज तरिका बाट गर्न पाउन र राज्यले दिएका सुबिधाहरु उपभोग गर्न पाउन
यो कुनै काल्पनिक कथा हैन कोहि नेपालिले भोगेको र उसको अन्तरआत्मावाट निस्केको धुन हो हामिले खोजेको के हो ???? राम्ररी पढनुहोस र गुन्नुहोस
मैले सामाजिक संन्जालमा भेटेको हुन न कि ........भोगेको @Balen_Shah_1
छाडेर सारा कुरा
निस्कन मन छ
एउटा एकल यात्रामा
जस्को कुनै
गन्तव्य नहोस्
उद्देश नहोस्
कुनै रोकावट नहोस्
बस्
हिडिरहन पाउ
तब सम्म
जब सम्म
यो जिन्दगीका थकाईहरु मेटिदैन ....!!
हातका रेखाहरु
चाउरी परेर
पाखुराको ताकत
जवानीमै छोडेर
एक हातले लौरी समाई
अर्को हातले
तिम्रो हात समाई
हामी पहिलो पटक
भेटेको बाटो
गल्ली र चोकहरुलाई
पहिलो पटक देखे झै गरी
फेरी जीन्दगीको
बैंकबाट
यादका ब्याजहरु निकालेर
ति पलहरु
फेरी जिउने मन छ
अर्को जुनी हुन्छ भने
फेरी तिम्रै हुने मन छ