वृतिविकासको लागि छोटा ट्रेनिङ चाहिन्छ, तर लामो अध्ययन विद��� प्राविधिक बाहेक अन्य निजामतीलाई जरुरी नहुनु पर्ने हो।
अझ पिएचडी त पढ्ने पढाउने, अनुसन्धान गर्ने संस्थालाई चाहिने हो, सरकारी अड्डामा के भ्यालु थप हुन्छ? राज्यलाई के फाइदा दिन्छ?
राज्यकोषको यो खर्च पुनर्विचार होस् !🙏
जब कुनै महिलाले मलाई मेरो श्रीमानले कुटपिट गर्छ मलाई बचाउनुहोस् भनेर प्रहरीलाई बारम्बार खबर गर्छ भने त्यो महिलालाई शुरक्षा दिने प्रहरीको काम हो । १५ चोटी भन्दा बढी खबर पाएर पनि “नेपाली ब्रो” भन्ने ब्याक्तिलाई घरझगडा भन्दै प्रहरीले सजाय नदीनुको डरलाग्दो परि���ाम 😢
“बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने,
विद्यार्थी संगठन/ट्रेड युनियन चलाउनै पर्ने, फूटपाथ मिच्न पाइने,
शैक्षिक सुधार गर्न नपाइने, अफिस आवर हेरफेर गर्न नपाइने…
अनि हामी भन्छौं—सुधार किन भएन?
गोल्ड मेडलिष्ट र देशीविदेशी छात्रवृत्ति उपलब्धि हुन्, विद्यार्थी राम्रा हुन् भन्ने हो।कुशल व्यवस्थापक वा नेता हुन् भन्ने हैन।
शिक्षित हुनु र ज्ञानी हुनु फरक कुरो हुन्। नैतिक इमानदार बन्नु त झन अर्कै कुरो।
डिग्रीप्रत��को यो सम्मोहन समाजमा डरलाग्दो थियो नै, सरकार नि चुर्लुम्मै छ!
हेलो @shisir जी,
पशुपतिनाथ क्षेत्रमा अलपत्र अवस्थामा रहेका फ्रान्सेली नागरिकको केही नेपाली युवाहरूले राहदानी, पैसा र झोला लगायतका सबै सामान लुटपाट गरेपछि उहाँ अलपत्र परेको भन्ने सुन्नमा आयो। कृप���ा तुरुन्त पहल लिनुहोला @PM_nepal_ @MofaNepal @shisir
जब समावेशी आयोग छ, तब उस्तै प्रकृतिका महिला, मधेशी, थारू र मुस्लिम आयोग किन चाहियो?
चुस्त दुरुस्त र कम खर्चिलो राज्य प्रणाली गरिब देशको पहिलो आवश्यकता हैन र ?!
📌 सरकारी पावर ...😤
सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उन्की पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ !
विष्ट दम्पतीका नाममा काठमाडौं, ललितपर भक्तपूर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ !
#BREAKING
पत्रकारले आफू निकट दल सरकारबाट हटेपछि राजिनामा दिनु भनेको नैतिकता देखाउनु होइन , निश्पक्षताको कसीमा म हिजो थिइन र अब नयाँ सरकार आएपछि त झनै सक्दिन भनेर प्रमाण पेश गर्नु हो । सुशासनको यत्रो वहस चलिरहँदा दलको झोला बोकेर गरिने पत्रकारिता पनि बन्द हुनपर्छ।
नियुक्ति हुने कैले हो कैले, आजैबाट विद्वानहरूको चिन्ता छः
कहाँ बस्छन्, मंत्री?
विना उपचार सुत्केरीको ज्यान जाँदा वा नाइटबस त्रिशुली,सिन्धुली वा कर्णाली जहाँ सुकै खस्दा नि मुश्किलले एकदिनको समाचार बन्छन्। छाप्यो, बिर्स्यो !
साँच्चै, नेताको मात्रै कति चिन्ता?
लोकतन्त्र तब मात्रै फस्टाउँछ, जब मिडिया बिभाजन चाहँदैन। धर्म, नाक र छालाको आधारमा लोकतन्त्र खोजे, त्यो फेल नै हुन्छ।
चुनाव शान्तिपूर्ण, धाँधलीरहित छ। जातपात हेबिवेटको जमानत जफत भएको छ।
बराबरी त आमाको माया पनि नहुनसक्छ, दूतावासको फन्ड पनि हुँदैन। यो त चुनाव हो, सम्पादकज्यू!😃
सिंहदरबार अगाडि आफैंमाथि पेट्रोल खनाएर जनताले जलाउँदा का��ो सिसावाला गाडीमा बसेर एक नजर नहेरी मोजमस्तीमा निस्केको परिणाम जनताले मतबाट देखाइदिए। भोट कुनै पाकिस्तानी, अफगानी वा श्रीलंकालीले हालेको होईन।हिजो घरको धुरीमा पार्टीको झण्डा गाडेको तिनै एमाले,कांग्रेस र माओवादीका मतदाताले नै दिए।
कसैले नानाथ���ी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भा�� हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट' गरेर पञ्चायकालीन मण्डले चरित्र नदेखाउनुहोला। जसलाई यो विद्रोहले भुँइ देखाइदिएको छ– आफैंले आफैलाई समीक्षा गर्नुहोला र उठेर हिँड्ने/दौडिने राजनीतिक ताकत आर्जन गर्नुहोला। यो विद्रोह निख्खर नेपालीले गरेको विद्रोह हो– विदेशी–सिदेशी भन्दै आकाशतिर फर्केर नथुक्नुहो���ा। 🙏
एउटा अनौठो अलोकतान्त्रिक काम भयो!
वित्तिय संस्थाको कालो सूचीमा नाम रहेको कारण देखाइ निर्वाचनको मुखमै धनुषा १ का रास्वपाका प्रतिनिधिको उम्मेदवारी खारेज गर्यो निर्वाचन आयोगले।मतगणना चल्दै छ र उनैले ५०% अधिक मत प्राप्त गर्दैछन्।यसरी जनमतको कदर भएन,यहाँ अर्को निर्वाचन हुनुपर्दछ।
अब बन्ने सरकारको पहीलो काम
कर्मचारी संगठन,शिक्षक संगठन,विद्यार्थी संगठन,कालोकोटे संगठन,रिक्सा-ठेलागाडा संगठन.... यसरी समाज र राज्यका पत्र-पत्रमा राजनीति छिराइएको कार्यलाई एकै झट्कामा स्वाहा पार्नु पर्दछ।
नत्र देश त उही पुरानै पारामा हुन्छ
मधेशवादी पार्टीहरू स्थापित दलहरूको कठपुतलीजस्तै बनेका थिए। त्यसको जवाफ जनताले पटक–पटक दिइसकेका छन्, र यसपटक पनि दिँदै छन्। तर मूल प्रश्न अझै बाँकी छ के छ भने मधेशी जनताले साँच्चिकै आफूले चाहेको विकास पाउनेछन्?
समस्या नेता मात्रै थिएनन्, नियुक्तिको लोभमा वरिपरि घुम्ने स्वार्थी सल्लाहकार पनि थिए ।
नत्र मरेका बच्चाप्रति करुणा नदेखाएर स्कुल ड्रेसमा कसले पठायो भन्दै हल्ला गर्न कसरी सक्थे !
झोलेहरू,कसैका झोला नबोकी पनि सम्मानपूर्वक जीवनयापन गर्न सकिन्छ है, आजैबाट सुध्रिऊ।
कर्मचारी संगठन,शिक्षक संगठन,विद्यार्थी संगठन,कालोकोटे संगठन,रिक्सा-ठेलागाडा संगठन.... यसरी समाज र राज्यका पत्र-पत्रमा राजनीति छिराइएको कार्यलाई एकै झट्कामा स्वाहा पार्नु पर्दछ।
हिजो टुँडिखेलमा सेना दिवसमा विदेशी सेना आएर डिस्को गरे भनेर षड्यन्त्र छर्दै हाफ्नै बेजेत गर्नेहरुले १ महिनाअघि भारतीय सेनाको कार्यक्रममा हाम्रो सेनाले बाजा ब���ाएर परेड खेलेको काँ गएर देखुन्!
हेरिहाल्नुस् यो भिडियो र बुद्धिको विर्को अलेली खुल्लै राख्नुस्!