लामो समयपछी एउटा सहयोग माग्न आए है 🤗
मलाई Pediatric surgeons (काठमाडौमा) कोहि हुनुहुन्छ भने सुझाव दिनुस न प्लिज ।
आज एकजना संग भेटेको अलि झर्केर बोल्नु भयो अनि धेरै डर देखाउनु भयो ।
(urgent)
@SharadRPathak के भयो के भयो भनेर सुन्न आतुर लागेर काटेर अन्तिममा मात्र हेरे, सेलेक्ट हुनुभएको रहेछ नानी । खुशी लाग्यो । उहाँलाई धेरै धेरै बधाई तथा आगामी दिनको लागि शुभकामना ।
मानसिक अस्पताल पाटनमा गम्भीर बिरामी लिएर गएको थिए ।
बेड पाउन मुस्किल भयो । अनि त्यहाँको कर्मचारीले भन्नू भयो "यहाँ त एक जनाले कुरेर बस्नु पर्छ, आफ्नो रिक्समा राख्ने हो, खाना ल्याउन झमेला हुन्छ । फलानो डाक्टरको केयर होममा राख्नुस, ३० देखि ५० हजारसम्म तिरे.."
जताततै ब्यापार 🤔
हिजो राती आफन्त बित्नु भयो । अस्पतालबाट राती १० बजे दाहसंस्कारको लागि लगियो। उहाँको २ जना छोरी, किरिया कस्ले गर्ने भनेर ठूलो हल्ला भयो । अन्त्यमा २ बजे सम्म आर्यघाटमा बसेर ४० हजारमा एकजना किरिया बसिदिने "छोरा मान्छे" भेटिनु भयो । यहीँ र यस्ता कारणले छोरा जन्माउने होड चलेको रहेछ ।
@Meladylawyer सामन्य बच्चाले जस्तै नै गर्छ उसले पनि । त्यहीँ हो तौल बढाउन सकिएन । नास परेको अनुमान पनि गरेको हो, तर दिशा राम्रो भएकोले हैन होला कि भन्ने कुरा आयो । फेरि यस्तो कुरा कसैले बिश्वास गर्नुहुन्न घरमा 😁 म एक्लै हो, सात्तो गयो, नास पर्यो लगायत भन्ने 🤗
@RabindraRST झापाको अवस्था पनि त्यहीँ नै हो । कहिले हावाहुरीले लाइन लान्छ कहिले गाडीले । बिजुलीको तार ब्यवस्थापन गरेका छैनन्, केबलका तार जताततै कुदाएका छन् । भारत जोड्ने नाका भएकोले रातभर गाडी कुदिरहेका हुन्छन् ।
तार चुडिन्छ अनि चालक र सहचालकले कुटाई खान्छन् 😥 गाडी तोडफोड गर्छन् ।
प्रिय 'गौशाला २६'
तिमिलाई जन्मदिनको शुभकामना ।
अनि अर्को कुरा, तपाईँहरू अनुराधा कोइरालालाई गाली गर्न छोड्नुस्, किन भने उहाँ पनि तपाईँहरू जस्तै "राष्ट्रको गहना" को फ्यान हो ।