सांसद हुन नपाएर कुण्ठा पुग्नुभएको रहेछ दाजुले । हिजो उहाँले राख्नुभएको भिडियो दाजु यो अहिलेको होइन भदौ २३ को भिडियो भनेर कमेन्ट के गरेको थिएँ। कमेन्ट गर्न नमिल्ने बनाइदिनु भएछ ! उहाँको जय जयकार गर्नुपर्ने, हजुर नै महान भन्नुपर्ने रहेछ ! @gbudhathoki
@gbudhathoki तपाईँ साँच्चै नियत सफा भएको मान्छे चाहिँ हुनुहुँदो रहेनछ। नत्र तपाईं जस्तो वरिष्ठ पत्रकारलाई यो भदौ २३को भिडियो भन्ने थाहा हुन्नथ्यो भन्ने कुरा पत्याउन सकिन्न !
खतरा आशिका तामाङहरुबाट होइन, सागर ढकालहरु जस्ता ‘म जान्ने हुँ, म खतरा हुँ, विधी–अनुशासन र पद्धती मलाई थाहा छ। र, मेरै कुरा अरुले सिक्नुपर्छ’ भन्नेहरुबाट हो। रास्वपामा तीन बुर्जा, तीन सोच र तीन शैलीका मनुवा छन्। यसको संयोजन कसरी गर्ला यो नयाँ दलले? महाधिवेशनले त सकेन। अरु कुनै सूत्र छ भने उसैले पहिल्याओस्।