हिजो चाक्सिबारीमा बिदेशी ल्याए, प्रजातन्त्र आयो ठिकै भो भन्यौं। बिदेशमैं गएर १२बुँदे गरे, जंगली सुध्रिन्छन भनेर चुप लागियो। अब त सार्वजनिक कार्यक्रममै ल्याएर जनमतको सरकार धम्क्याउँदैछन, यो चैं भएन @thapagk जी। तपाईंको बोलीको वजन बढाउन बिदेशीको सहारा चाहिएको हो ?
@ShahBalen जय होस, बालेन सरकार! यीनै कूराहरूको लागि १७ बर्ष देखि लागेको, कैयन प्रधान मन्त्रीहरू भेटने कोशिष गरें, कैयन मन्त्रीहरू भेटे । आज आएर मेरो जीवनको एउटा कोशिष सफल हुंदै गरेको देख्दैछु । 🙏🙏🙏
भिडिओ प्रमाणहरूका आधारमा बीबीसीले भनेको छः विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम चौलागाईं भीडबाट शान्तपूर्वक टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो । कर्फ्युको आदेशपछि भएका ६ वटा गोलीकाण्डको विश्लेषण गर्दा कुनै पनि पीडितले हिंसात्मक गतिविधि गरेको नदेखिएको ।
https://t.co/QgDxslTnhq
बिबिसीले जेनजि आन्दो!लन बारे बनाएको documentary हेरेर सिध्याएपछि दिमाग सन्न भएको छ, जिउ ता!तेर आएको छ। थाहा छैन आज सुत्न सक्छु कि सक्दिन। श्रियम चौलागाईका आमा-बाबुको कुरा सुन्दा मु!टु चि!रियो। बाहिर आएका भन्दा धेरै कुरा उजागर भएका छन् त्यो भिडियोमा। त्यो दिनको पुलिसको लग हेर्दा त खुट्टा नै का!म्यो। कार्की आयोगले किन ढिलासुस्ती गर्दैछ भन्ने कुराको अलिअलि जवाब थोरै भए पनि त्यहाँ छ।
पहिला २३ गते आयो कि २४ गते आयो भन्ने प्रश्नको जवाब पनि छ त्यहि नेर (indirectly) , पहिलो दिन मा!रिने १९ जना मध्ये एक जनाले पनि तो!ड-फो!ड र आ!गज!नी गरेका थिएनन भन्ने देखिन्छ।
गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक भैसक्नु पर्ने, तेस्रो पटक पछि धकेलियो, अब चुनाव अघि सार्वजनिक हुदैन ।
अब के हुन्छ? यसले जसलाई अफ्टेरो पर्थ्यो उसलाई त हाइसञ्चो भैहाल्यो। अरु राजनीतिक दलको आक्रोश छैन? भविष्यको नेता हुनेलाई कुनै आपत्ति छैन? कि चुनाव अघि सरिहाल्यो त्यति भए पुग्यो?
Status quo मै बस्न सजिलो भएको हो? कि दोष अरूलाई थोपरेर आफू सफा बन्न पाइन्छ भन्ने सोच हो?
मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोग - कति जनालाई सम्झना छ?
मिडिया चक्रबाट यो आन्दोलनलाई अरु खबरले विस्थापित गर्छ, हामी बिर्सन्छौँ, यसको सम्झना शहीद परिवार र घाइतेमा मात्र सीमित हुन्छ ।
ठूला कथा बनाइन्छन्, अनि हामीलाई भनिन्छ—
👉 “बितेको कुरा बिर्स।”
👉 “भविष्यतिर हेर।”
कसको भविष्य? कुन मूल्यमा?
राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ?
कहिलेसम्म असहमति राख्नेहरू दमन सहन्छन्?
यत्रो सब केवल चुनाव अघि सार्नको लागि मात्रै थियो?
राज्यले आन्दोलनलाई कसरी हेर्छ परिवर्तन हुन्छ कि हुन्न?
सुरक्षा निकायलाई संयमित हुने तालिम दिने कि नदिने ?
अनि चुनाव पछि यो प्रतिवेदन पूरै रूपमा प्रकाशित हुन्छ? कि काटछाँट गरेर? कि दराजभित्र थन्काएर राखिन्छ?
कि कुनै बेला कसैलाई साइजमा ल्याउन परे शान्ति निरुपण TRC, अर्कोलाई अरु फ़ाइल खोल्छु भनेर मोलमोलाई गर्नलाई मात्र प्रयोग हुन्छ ?
चुनाव अगाड़ी चुनाव बिथोलिंछ, चुनाव पछी शान्ति सुरक्ष्याको बहाना!
अब पुग्यो।
राजनीतिकर्मी जवाफदेही हुनैपर्छ।
राज्यको सुरक्षा संयन्त्र सुधार हुनैपर्छ।
न्याय बिना शान्ति हुँदैन।
बिर्सने होइन - जवाफ माग्नैपर्छ।
चुनावी घरदैलोमा आउने हरेक नेतासँग प्रतिबद्धता माग्नुस्
#JusticeForGenZRevolution
#Justice4Martyrs
#Justice4Nepal