भाग्यले जिन्दगीलाई यस्तो कारागार पठाईदियो ।
काडाँलाई जीवनभर फूलको उपहार पठाईदियो।।
दरबारबाट एउटा राजा लखेटेर खुशी हुनुहुन्छ।
यस्तै गल्तीले हजारौँ रैतीलाई दरबार पठाईदियो।।
रातमा विधुवालाई यस्तो सोच आउँछ होला।
चन्द्रमालाई गाजल दलेर उसले शृङ्गार पठाईदियो।।