डेढ वर्षको खरानी सरकारको उपलब्धी 👇
खेलकुदः अलिअलि बाँकी थियो (हारे पनि प्रतियोगितामा सहभागी हुन पाउँथ्यो), ध्वस्त
न्यायालयः थोरै भए पनि प्रणालीले काम गर्थ्यो, ध्वस्त
प्रहरीः कोमामा थियो, ध्वस्त
सेनाः जनतामा भरोषा थियो, ध्वस्त
संसदः कोमामा थियो, ध्वस्त
सामाजिक सद्भावः अलिअलि थियो, ध्वस्त
मर्यादाः अलिअलि थियो, ध्वस्त
देशः कोमामा छ (कहिले ध्वस्त हुन्न भन्न सकिन्न)
गुल्मीमा ८ विद्यार्थीले स्कुलको होमवर्क नगर्दा अपहरण गरेको अभिनय गरे । अभिभावक र प्रहरीलाई तनाव दिए । त्यो भनेको नेपालको स्कुले शिक्षाको यातनाको एक बिम्ब हो । र, हो-जाऊ-जाऊ लाग्नुपर्ने स्कुलबाट भागु-भागु लाग्ने माहोलको प्रतिबिम्ब ।
#प्रचण्डलाई हटाउने छलफलमा ‘छक्का पञ्जा’ र ‘फटाहा’को प्रवेश,सत्ता फेर्ने मध्यरातको त्यो गोप्य सल्लाह
#राष्ट्रपतिका छोरा जंगलमा नांगै फेला# को हुन् बहुचर्चित यी बेचन झा ?#तर,संविधान च्यात्ने कसरी !#माओवादीलाई बोसो घटाउने मौका (भोलि १९ असार बुधवार,जनआस्थामा बिशेष समाचार)
भनेको मानेर खुरुखुरु तीन चोटी म्याद थपिदिइसकेको अदालतलाई दूधको दूध,पानीको पानी छुट्याउनै नदिई हत्तपत्त अघिल्लै दिन प्रहरीबाटै छाड्नु थियो भने नेपालमा जन्मेको नाताले पाएको नागरिकतामा भन्दा लगाइएको आरोपमा पो कैफियत रहेछ भनेर बुझ्नुपर्ने हो कि !
यसमा के भन्छन् कानुनविद्हरु !
मुखले हैन हैन भनिरहन्छ्न्,नयाँ नयाँ कागजातले हो हो भनिरहन्छ । हो-हैन दूधको दूध,पानीको पानी छुट्याउन पनि छानबिन गर्न परेन र ! तेरो गल्ती भए जाँच्छु,मतिर नजर लाइस् भने कम्मर भाँच्छु भनेर बाल हठ देखाइरहने हो र ! अहिलेसम्म कतै नआएका थप डकुमेन्टले के भन्छन् ? भोलि जनआस्थामा थप विवरण ।
सहकारी घोटालामा मुछिएका केही पात्रको क्षणिक भ्रम पनि मोहम्मद आफ्ताव आलमको जस्तै हुनेवाला छ बैंक र सहकारीका खाता नम्बर र रकमको विवरणसहित ।
कृपया पर्सि बुधवारसम्म पर्खिदिनुहोस् ।
तिब्बती खुल्ला आकाशको एउटा भित्तो पुरा नाटक सेटमा प्रयोग भएको छ । पोताला दरबार सर्लक्क दगुर्दै आउछ । दरबार प्रकाश वा 3D होइन रियल मान्छे बस्ने आउछ । रियल रथ आउछन । झण्डै हजार कलाकार जोडिएको तिब्बती नाटक हेर्दा अचम्मै लाग्यो ।
#TibetTour#भोटभ्रमण