भिड़को “हाई हाई र वा वा” खोज्दै नेपालका नया राजाहरू।
अधिकांश नेपाली भिड़ले यस्ता कुरा गरे वा वा गर्छ।
१. भारत र अमेरिकाको विरोध
२. मधेशी ज़ति बिहारी
३. व्यापारी जति चोर
४. निजी संस्था खारेज़ गरेर सरकारीकरण ग़रौ
५. भ्रष्टाचारीलाई जेल
६. निःशुल्क स्वास्थ्य सेवा
७. सरकारले सबैलाई काम दिने
८. टन्न बृद्ध भत्ता दिने
९. दोषीलाई अदालतले सजाय दिने हैन कि बाटोमा भिड़ले राम-धुलाई गर्ने
यी सबै कुरा भोटका लागि चुनावी नारा हुन्। यी सस्ता नाराले देश परिवर्तन हुन्न। असली मुद्दामा कुनै नेताको ध्यान गाको देखिन्न।
ख़ास मुद्दा यो हो।
१. न्याधीस किन घुस्याहा भए ? जब सम्म न्याधिसले घुस लिन्छन्, तब सम्म नेता, पुलिस र कर्मचारीले घुस लिन छोडदैनन्।
२. शिक्षाको स्तर किन झर्दै गयो ? जुन देशको शिक्षा नै धराशायी छ, सो देशका जनताले चुनावमा सहि निर्णय लिन सक्दैनन्। अशिक्षित देशमा प्रजातन्त्र काम गर्दैन। जनता ब्यक्ति-पुजा र अन्ध भक्तिमा मग्न हुन्छन्।
३. किन नया उद्योग धन्दा खुलेनन् ? उद्यमशील बिरोधी क़ानून र कर सिस्टम भाको देशमा उद्योग खुल्न नामुमकिंन नै हुन्छ।
नेताहरुले मुख्य कारण खोजेर समस्या जरै दैखि निर्मुल पार्न तिर लागे मात्र देशले कांचुली फेर्छ।
मेरो आजको निष्कर्ष:
१. रेशमको फैसला भविष्यमा सजाय-माफीका लागी आएको हो।
२. भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजन कमजोरभन्दा कमजोर बनाइँदैछ।
३. मदन भण्डारीको मृत्यु बेच्न एमालेले कहिलै छाड्दैन।
४. कांग्रेसलाई सुधार्ने दाइहरूले भित्तो ठेलेर मिहिनेतको पसिना देखाइरहनु हुनेछ।🙏
यो देशमा आर्थिक चेत भएको सरकार नै नदेखि मेरो उमेरको २/३ हिस्सा गै सक्यो।राजनीतिका पछिल्ला गतिविधि अनि जिम्मेवार निकायमा हुने भागबण्डा (योजना आयोग, अर्थ मन्त्रालय र रास्ट्र बैक) देख्दा मेरो उमेरमा त त्यस्तै हो छोरोको जीवनको उत्तरार्ध पनि यस्तै निराशाको ट्वीट लेख्ने त होला नि बरै।
अरु निराशावादी अर्थात थाकेको बेला आफ्नो क्षमता र हैसियत हेरेर आशावादी बन्नुहोस्, तपाईंको बिजय सुनिश्चित छ। अरु उत्साहित हुँदा र यत्रतत्र सर्वत्र यसैको कुरा आउँदा तपाईं मैदानबाट निस्कनु होस।
" शेयरमा लगानी गर्ने व्यक्तिले बिर्सनै नहुने कुरा"
राज्यले सञ्चालन गर्ने कुनै पनि क्षेत्रले राज्यलाई कर योगदान गर्न र जनताकाे मुहारमा खुशी थप्न सक्दैन भने त्यो क्षेत्र सदाको लागि बन्द गर्दा राम्रो हुन्छ।
अहिले डिपोजिटकोऔषत व्याजदर ८.५१ %र ऋणको१२.७९ % रहेकाे छ।ऋणीको चरम निराशालाई मलम लगाउन सकिने ठाउँ हुँदाहुँदै किन सम्बन्धित निकायले ध्यान दिन नसकेको होला।बचतकर्ताको थोरै आम्दानी घटाएर अनि बैंकिङ संस्थाले स्प्रेडलाई थाेरै घटाई दिए यो भुसकाे आगो केही मात्रामा शान्त हुने थियो कि ?
वरिष्ठ अर्थशास्त्री तथा योजनाआयोग हाकेका पूर्व उपाध्यक्ष त्यहीका,पूर्व अर्थमन्त्री त्यहीका,जल्दा बल्दा रवि र प्रधानमन्त्री त्यहीका,तरकारी जति सडकमा त्यही कै।
लौनअब तपाईको भनाई गराई अनि
पढाईको कार्यान्वयन आफ्नै जन्म थलोबाट गर्नुहोस।"घर सम्हाल्न नसक्नेले जगत सम्हाल्न सक्ला र हजुर"।
स्थानीय सरकारले आफ्नो क्षेत्रका किसानको हितको लागि उनीहरूले उत्पादन गर्ने कृषि उपजको लागि त्यही बस्तु आयात गर्ने व्यवसायीक संस्थाका बीचमात्र सप्लाईचेन स्थापित गरी दिएको भए भारतबाट आयात गरेको तरकारी बोकेको गाडीले चितवनका कृषकले सडकमा फालेको तरकारी कुल्चँदै काठमान्डौ आउँने थिएन।
@Pra_dyu_mna समस्या ठूला व्यापारीले कर नतिरेको भन्ने होईन, एक पटक GDP काे साइज र करको साइज हेर्नु। अहिलेको समस्या जीडीपीको साइज र साधारण खर्चको साईजको हो हजूर।
अनि फेरि कर नै कम उठेको हो भने व्यवसायीको भन्दा त दोष बढी त सुशासनको होला नि हजुर।
यसै भनेको रहेनछ सोमरस भनेर, अचमैको चमत्कार। न आफ्नो उत्पादन, न कुनै आयात तर जति खोज्यो उति पाईने। होइन कतै कहिलै नघट्ने तेल आउने पाइपबाट कहीले नसकिने बिदेशी रक्सी त आएन सरकार ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट सङ्गै नेपालमा बैंकिङ क्षेत्रको मौज्दातले समेत नयाँ उचाई लिएको छ।
"पर क्षितिजबाट केही उज्यालो देखिन लागेको छ"
TA साथीहरू विनम्र अनुरोध।
तपाईंहरुको धर्काले सामान्य अबस्थामा केही दिशा देला तर हाम्रो जस्तो नीतिगत अस्थिरता र व्यक्तिपरक नीति निर्माता भएको मुलुकमा काम लाग्दैन । तदर्थ केही समय त्यो बिद्या आफैसँग राख्नु।
"अँध्यारो रातमा भनिने भुतको कथाले झनै तर्साउँछ महोदय ।"