साहित्यिक पत्रिका "रचना" को २००औँ अंक, साथमा प्रधानसम्पादक आदरणीय रोचक घिमिरे । २०१८ सालमा भैरव अर्याल, रमेश विकल लगायतको साथ सहयोगमा सुरु भएको यो साहित्यिक पत्रिका ६५ वर्षसम्म चलाउन सक्नु कुशल शब्दशिल्पी एवं साहित्यिक तपस्वी घिमिरेको ऐतिहासिक उपलब्धि हो। जय रचना, जय रोचक घिमिरे
(Courtesy : The new Media )
वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राट्को हातबाट चिनियाँ जातको चियाको बीउ उपहार पाएसँगै नेपालमा चिया खेतीको इतिहास शुरु भएको मानिन्छ ।
सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरुवात भएको हो ।
दार्जिलिङ र नेपालमा सँगसँगै चिया खेती प्रारम्भ गरिएको थियो । तर, नेपालमा शुरुवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङमा चिया खेती तथा उद्योग विस्तार एवं विकास हुँदै गयो ।
वि.सं. २००७ सालको प्रजातन्त्रपछि मात्र नेपालमा चिया क्षेत्रमा सकारात्मक प्रभाव परेको देखिन्छ । वि.सं. २०१६ सालमा झापाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो ।
त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरुवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नुपर्ने अवस्था थियो । यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाम र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।
वि.सं. २०३५ देखि २०४५ को एक दशकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गरेसँगै क्रमश: चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई हृदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।
चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवं विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको आवश्यकता महसुस गर्दै वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफी दिवस चाहिँ हरेक मंसिर १ गते मनाइन्छ ।
तस्बिरमा: जंगबहादुरका ज्वाइँ-छोरी - कर्णेल गजराज सिंह थापा क्षेत्री र साथमा उनकी पत्नी महाराजकुमारी बदन कुमारी (जंगबहादुरको पहिलो सन्तान र जेठी छोरी) । कर्णेल थापा पूर्वी क्षेत्रको गभर्नर जनरल थिए । भनिन्छ, जंगबहादुरले उनलाई बिर्तामा एउटा पुरै जिल्ला दिएर सम्मानित गरेका थिए ।
☕ चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला = झापा
☕ क्षेत्रफलका हिसाबले चियाखेती गरिएका प्रमुख जिल्ला = झापा, इलाम, पाँचथर
☕ धेरै किसान चिया खेतीमा संलग्न भएको जिल्ला = इलाम
☕ सबैभन्दा बढी चिया बगान भएको जिल्ला = इलाम
☕ नेपालमा हाल व्यावसायिक चिया खेती गरिएका जिल्ला = १४ (प्रदेश १ का १०, बागमती प्रदेशका ४ जिल्ला)
☕ नेपालमा चिया खेती शुरु भएको मिति = वि. सं. १९२०
☕ नेपालमा चिया खेती शुरुवात भएको जिल्ला= इलाम
☕ चियामा पाइने तत्व= टेनिन
☕ चिया विकास निगमको स्थापना = वि. सं. २०३३
☕ नेपालमा चिया दिवस = बैशाख १५
☕ नेपालमा चिया रोप्ने पहिलो व्यक्ति = गजराज सिंह थापा (जंगबहादुर राणाका ज्वाइँ)
☕ विश्वको पहिलो नगदे बाली = चिया
☕ नेपालको पहिलो टि स्टेट = बुधकरण टि टेस्ट ( वि.सं. २०१६ मा स्थापना)
☕ नेपालमा प्रथम पटक चिया गणना = वि. सं. २०७५ माघ २५
☕ चिया क्षेत्र घोषणा भएका ५ जिल्ला = पाँचथर, इलाम,तेह्रथुम ,धनकुटा ,झापा
☕ चिया क्षेत्र घोषणा गर्ने राजा = राजा वीरेन्द्र
☕ चिया क्षेत्र घोषणा भएको मिति= वि.सं. २०३९
☕ कालो चिया र दानादार चिया भनेर चिनिने चिया= सीटीसी
☕ नेपालमा सबैभन्दा बढी उत्पादन हुने चिया = सीटीसी
☕ हिमाली क्षेत्रमा पाइने चिया = अर्थोडक्स
☕ तराई क्षेत्रमा पाइने चिया = सीटीसी
☕ विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश = चीन
सत्र सालको घटना घट्नु केही समय अघि तत्कालीन प्रधानमन्त्री बी.पी कोइरालाले तत्कालीन राजा महेन्द्रसँग नै हाक्काहाकी यसो भन्नुभएको रहेछ; 'तीस वर्ष देशमा राजतन्त्र आवश्यक छ; त्यसपछि सरकारले चाहिबक्से पनि राजसंस्था नरहने हुन सक्छ !'
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र कांग्रेस नेता दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको फरेन्सिक रिपोर्ट प्राप्त गरेको छ।https://t.co/GLqpM0AOgl
राज्यव्यवस्था समितिबाट पारित निजामति सेवा विधेयक, विधेयककै महत्वपूर्ण बुँदा परिवर्तन गरेर बाहिरिएको छ। यसले पुष्टि गर्छ यो संसद सार्वभौम छैन,होइन ।भनिने जनताको थलो, छलछाम सहित अर्को बाटो बाट कानुन बन्ने ?यो छानविन समिति गठन र संलग्नलाई कारवाहीको विषय हो होइन ?कसले चलाउँदैछ देश?
लौ हेर्नुस् त कस्तो बहादुर राष्ट्रपति ? एउटा राष्ट्रपतिको नाममा अर्कोको प्रमाणीकरण,तत्कालीन प्रधानमन्त्री प्रचण्ड दिल्ली उड्नु दुई घण्टा अघि यस्तो ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेर उतातिर पठाइएको थियो । सम्झाउन खोजेको मात्रै ,हाम्रो राष्ट्रप्रमुख र अहिलेको प्रतिपक्ष के।
कुलमान घिसिङलाई हटाउन सुपारी खाएका कांग्रेस र एमालेलाई एउटा सुझावः
वीपी कोइराला र मदन भण्डारीको सालिकहरू क्रेन लाएर उखेल्देउ । अनि त्यो ठाउँमा रुखको तेर्सो हाँगामा टुप्पातिर बसेर फेद काट्दै गरेको कालिदासको शालिक राख । पढ्नु अघिको कालिदासलाई साँझबिहान धूपबत्ति गर्दै पुजापाठ गर ।
मान्छेलाई काटेर मारे पछि पनि कठोर यातना नपाएर के पाइन्छ त हौ??
आफ्नो बिरोधमा नारा लगाउने लाई पनि समातेर कारबाही गर्ने अनि आफूले चै मान्छे काट्दा कठोर सजाय पाए भनेर दुःख मान्ने??
अच्चमै कुरा गर्छन यार !!