शरद ऋतुको बिहानबिहान
तिमी मेरो घरपछाडीबाट
बोलाउँथ्यौँ भाडाकुट्टी खेल्न
म चिया र मकै खान छोडेर
तिमीतिरै दौडिन्थेँँ
रोक्न सक्दैनथ्यो कसैले
बिस्तारै तिमी मलाई बोलाउन
आउन छाड्यौ,
म पनि तिमीलाई पर्खिन छाडेँँ
समाजको डरले हामी बोल्न छाड्यौँँ
जवानीले चुमेपछी हामी टाढा भयौँ!
#बाल्य���ाल!