*शिक्षा*
डिग्री छ, तर जीवनमा आवश्यक ज्ञान र सीप छैन।
परीक्षामा 'ए' ग्रेड आयो, तर विषयवस्तुको आधारभूत बुझाइ छैन।
गाइड र नोट घोकेर परीक्षाका प्रश्नको उत्तर लेख्न आउँछ, तर जीवन र समाजका सान्दर्भिक प्रश्न सोध्न र तिनको उत्तर खोज्न सक्दैन।
बीए/एमए पास गर्यो, तर जीविकोपार्जनका लागि फेरि कोरियन वा जापानी भाषा सिकेर श्रमिक बन्नुपर्���े बाध्यता।
यी हाम्रो शिक्षा प्रणालीसँग जोडिएका केही तिता यथार्थ हुन्।
विश्वविद्यालय तहको पढाइ किन गर्ने? के पढ्ने? कस्तो शिक्षा लिने? कसरी पढ्ने? र कहाँ पढ्ने?—यी आधारभूत प्रश्नबारे राज्य, परिवार र विद्यार्थी तहमा पर्याप्त, विश्वसनीय सूचना र गम्भीर विमर्शको अभाव छ। यस्तो परिवेशमा शिक्षाको नाफामुखी व्यापार र भ्र��मक प्रचार मौलाएको छ। परिणामस्वरूप, समाजको उन्नति र बौद्धिक विकासको आधार बन्नुपर्ने, विशेष गरी स्नातक तहको शिक्षाको गुणस्तर, क्रमशः खस्किँदै गएको छ।
‘नेपाली अक्षर लेखन’ बारेमा ‘शिक्षक मासिक’ पत्रिकामा प्रकाशित मेरो छोटो लेख। यो मेरो विज्ञताको विषय होइन। तथापि देशभर एकरूपता कायम ��ुने गरी नेपाली अक्षर–अंक लेखनको मापदण्ड र सोअनुसारको अभ्यास–पुस्तिकाको विकास होस्, र हाम्रा बालबालिकाले सुरुदेखि नै नेपाली अक्षर र अंक सहज, स्पष्ट तथा सुन्दर ढङ्गले लेख्न सकून् भन्ने उद्देश्यले विषय उठान गर्ने एउटा सानो प्रयास मात्र हो।🙏
**इन्धन करले पूर्वाधार विकास**
अन्तर्राष्ट्रिय अनुभवले देखाउँछ कि यातायात पूर्वाधार लगानीका लागि इन्धन करबाट निर्मित कोष प्रमुख वित्तीय स्रोतका रूपमा प्रयोग हुने गर्दछ। तर नेपालमा भने यसको प्रभावकारी उपयोग हुन सकेको छैन। अहिले पेट्रोल–डिजेलको मूल्य बढेको छ। इरान–युद्ध समाप्तितर्फ उन्मुख भएकाले त्यसपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने सम्भावना छ। तर तेलको भाउ घट्दैमा एकपटक बढिसकेको महँगी स्वतः घट्���ैन। त्यसैले तेलको मूल्य घट्दा प्राप्त हुने राहतको केही अंशलाई करमा रूपान्तरण गरी पूर्वाधार कोष निर्माण गर्नु वाञ्छनीय देखिन्छ।
११ वर्षअघि कान्तिपुर दैनिकमा प्रकाशित ��ो लेख नेपालका लागि अझै पनि सान्दर्भिक छ।
[प्रिन्ट गल्ती: पेट्रोल र डिजेलको आयातको औसत वृद्धिदर क्रमशः १०.५% र ५.५% हुनुपर्नेमा १०५% र ५५% छापिन पुगेको]
Faced with the inevitable bottleneck, bicycles will always outperform cars. No matter if electric, autonomous or shared; they cannot deny the laws of physics.
Instead of driverless cars, our cities desperately need more carless drivers!
( 🎞️ of #giroditalia via @adamtranter)
नेपाल विश्वविद्यालयको Master of Public Policy (MPP) को कक्षा आगामी वैशाख १४ देखि काठमाडौंमा सुरु हुँदैछ। भर्नाका लागि केही सीमित सिट अझै बाँकी रहेकाले इच्छुक जुनसुकै विषयमा कम्तिमा स्नातक उपाधि भएकाला��� आवेदन दिन आह्वान गर्दछौं। पहिलो ब्याचका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।
I say this often but it’s worth repeating. Of all the “deductive disciplines”, Economics enjoys the highest ratio of social prestige to predictive capability. If Civil Engineering were as weak we wouldn’t have a bridge standing in the country.
अनुभुती: स्कुलमा इतिहासको पढाइ
कुरा सन् २००५ तिरको हो।
ठूलो छोरा टोकियोको सेन्ट मेरिज इन्टरनेसनल स्कुलमा पढ्दै थियो। समर बिदापछि ऊ हाईस्कुल (कक्षा ९–१२) मा प्रवेश गर्न लाग��रहेको थियो। स्कुलले IB पाठ्यक्रम अपनाएको थियो। समर बिदामा समय निकालेर छोराको आगामी कक्षाको पढाइबारे म प्रायः उसलाई गाइड गर्थें।
हाईस्कुलको सिँढी चढ्न लाग्दा छोरामा छुट्टै उमङ्ग थियो।
यस्तैमा मैले एक दिन उसलाई सोधेँ,“हाईस्कुलका शिक्षकहरूमध्ये अलि कडा र सबैले सम्मान गर्ने शिक्षक को हुन्? थाहा छ?”
“थाहा छ बाबा, मिस्टर स्टेफी।”
“के पढाउँछन् नि?”
छोराको उत्तर थियो, “इतिहास।”
मैले प्रति��ाद गरेँ, “तिमीले हाईस्कुल सुरु नै गरेको छैनौ। इतिहासको शिक्षक पनि कहिँ नपाएर स्कुलको ‘धाँसु’ शिक्षक हुन्छ?”
उसले फेरि दोहोर्यायो, “हो बाबा, त्यस्तो टि��र मिस्टर स्टेफी नै हुन्। सिनियर दाइहरूले पनि त्यही भन्छन्।”
आफ्नो स्कुले जीवनमा साइन्स, गणित र अंग्रेजी पढाउने सरहरूको छुट्टै रवाफ, र त्यही रवाफबीच इतिहास, भूगोल, नेपाली जस्ता विषय पढाउने शिक्षकलाई विद्यार्थीले खासै “नगन्ने” परिवेशबाट आएको मेरो मनोविज्ञानले छोराको कुरालाई सजिलै पत्याएन। ‘स्कुल भिजिट’ को बेला उसले भनेजस्तो हो कि होइन भनेर बुझ्ने सोच राखेर मैले छोरासँग थप ढिपी गरिन��
स्कुलको नयाँ कक्षा सुरु भएको महिना दिनभित्रै एक दिन एउटा कार्यक्रम थियो। अभिभावकहरूले दिनभरि विद्यार्थी बनेर कक्षाकोठामा बस्नुपर्थ्यो। कार्यक्रमको उद्देश्य निकै व्यावहारिक थियो: कुनै विषयको कक्षा किन पढाइन्छ? कसरी पढाइन्छ? विद्यार्थीबाट के अपेक्षा गरिन्छ? गृहकार्य र परीक्षाको स्वरूप कस्तो हुन्छ? यस्ता कुरा अभिभावकलाई विद्यार्थीझैँ सहभागी गराएर ��ुझाइन्थ्यो।
पहिलो कक्षा भौतिक विज्ञानको थियो। शिक्षकले फिजिक्स किन पढ्ने, कसरी पढ्ने भनेर गज्जबले बताए। “सूत्र सम्झिनु” भन्दा “जिज्ञासु बन्ने” र “प्रकृतिको नियम बुझ्नु” महत्त्वपूर्ण छ भन्ने कुरा उनले सरल ढंगले राखे। कक्षामा उनले फिजिक्सको एउटा पाठ नै नमुनाका रूपमा पढाए।
कक्षा सकिएपछि मैले उहाँसँग हात मिलाउँदै भनेँ,“गज्जबको कक्षा! मलाई त मेरो हाईस्कुलको फिजिक्स क्लासको याद आयो।��
उहाँले सोध्नुभयो, “ए, तपाईंलाई फिजिक्स मन पर्छ?”
मैले भनें, “एकदमै मन पर्छ। मेरा गुरु एक गज्जबका रुसी प्राध्यापक थिए। हाईस्कुलमा राम्रो फिजिक्स पढेकै कारण इन्जिनियरिङ पढ्न निकै सघायो।”
उहाँ मुस्कुराउँदै फेरि हात मिलाउनुभयो, “ए लौ, खुसी लाग्यो तपाईंसँग कुरा गर्दा। हो, रुसी शिक्षकहरू राम्रा हुन्छन्। म पनि इन्जिनियर हुँ नि! मेकानिकल इन्जिनियर।”
मलाई अचम्म लाग्यो। “इन्जिनियर भएर पनि स���कुलको शिक्षक? किन इन्जिनियरिङ पेशा मन परेन?” म���ले प्रश्न तेर्स्याएँ।
उहाँले भन्नुभयो, “त्यसो होइन। ८ वर्षजति मेकानिकल इन्जिनियरका रूपमा जहाज बनाउने बोइङ कम्पनीमा काम गरेँ। मलाई टिचिङ मन पर्थ्यो। त्यसपछि १ वर्षको टिचर ट्रेनिङ लिएर शिक्षक बनेँ। अहिले शिक्षण पेशामै रमाएको छु।”
त्यो उत्तरले मलाई झनै प्रभावित बनायो। “एक जना अनुभवी इन्जिनियरले स्वेच्छाले टिचिङ रोज्नु” भन्ने कुरा सानो होइन रहेछ। त्यसले शिक्षक पेशाप्रतिको सम्मान ��नि बढायो। मैले भनें, “गज्जब! तपाईंको करिअर पाथ प्रेरणादायी मात्रै होइन, शिक्षाप्रद पनि रहेछ। तपाई जस्तो शिक्षक पाउनु मेरो छोराका लागि भाग्यको कुरा हो।”
उहाँले “धन्यवाद” भन्नुभयो, र म अर्को कक्षातर्फ लागें; इतिहासको कक्षा, मिस्टर स्टेफीको।
कक्षामा अभिभावकहरू भरिँदै गए। सेन्ट मेरिज स्कुल टोकियोकै उत्कृष्ट इन्टरनेसनल स्कुल भएकाले अभिभावकमध्ये केहि देशका राजदूत, अन्य कूटनीतिज्ञ, मल्��िनेसनल कर्पोरेसनका तथा बैंकका CEO समेत थिए।
इतिहासका शिक्षक, अग्लो कदका बोकेदारी भएका मिस्टर स्टेफि “गुड मर्निङ माई बोइज्!” भन्दै कक्षामा छिर्नुभयो र “म मिस्टर स्टेफी, इतिहास विषयको टिचर” भनेर आफ्नो परिचय दिनुभयो। उहाँको आवाज, हाउभाउ र आत्मविश्वासले नै मलाई पहिलो मिनेटमै प्रभावित पार्यो। “इतिहास पढाउने शिक्षक” भन्ने मेरो पुरानो छवि पहिलो दृश्यदेखि नै भत्किन थाल्यो।
कक्षाको सुरुमै उहाँले सोध्नुभयो,
“बिहानै अखबार पढेर कतिले आजको दिन सुरु गर्नुभयो? हात उठाउनुहोस्।”
कक्षामा भएका अभिभावकमध्ये आधा जतिले हात उठाए।
“जसले अखबारबाट दिन सुरु गर्नुभयो, धेरै राम्रो। तर केही हात उठेनन्, किन?”
हात नउठाउनेमध्ये एक जना अविभावकले रमाइलो शैलीमा भने, “अखबारका लागि खराब घटना नै राम्रो समाचार हुन्छ। त्यसैले मलाई अखबार मन पर्दैन।”
अर्का अभिभावकले थपे, “म त अनलाइन न्युज पढ्छु।”
मिस्टर स्टेफीले जापान टाइम्स, योमिउरी सिम्बुन (अंग्रेजी संस्करण) र न्यूयोर्क टाइम्स���ा अखबारका प्रति बोकेर कक्षामा पसेका थिए। ��नले ती अखबार देखाउँदै भने,
“मैले भनेको न्यूजपेपर हो, ‘पेपर’! अनलाइन होइन। र न्यूजपेपर मन नपर्ने विद्यार्थी मेरो कक्षाका लागि योग्य हुँदैन। यो एक वर्ष म यहाँ तपाईंहरूका छोरालाई इतिहास विषय पढाउँछु। बिहानको केही मिनेट दैनिक अखबार सरसर्ती पढ्नु यो कक्षाको अनिवार्य शर्त हो। त्यसैले जस–जसले हात उठाउनुभएन, आज घर पुगेपछि पहिलो काम कुनै अंग्रेजी संस्करणको न्यूजपेपरको ग्राहक बन्नुहोस्। नत��र मेरो कक्षामा तपाईंहरूको छोरा ठगिन्छ।”
उहाँको कुरा सुनेपछि कसैले आनाकानी वा तर्क–वितर्क गरेन। आत्मविश्वाससहितको आदेशात्मक सल्लाह थियो, तर त्यसमा शिक्षण विधिको एउटा गहिरो अर्थ पनि थियो।
त्यसपछि उहाँले कक्षामा ३–४ पृष्ठको ह्यान्डआउट बाँड्नुभयो। त्यसमा सबैखाले विज्ञता, पेशा र व्यवसायका लागि इतिहासको अध्ययन र ऐतिहासिक दृष्टिकोण किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा छोटकरीमा, तर अत्��न्त सरल भाषामा लेखिएको थियो। उहाँले त्यसमा थप व्याख्या गर्दै कानुन, गणित, मेडिकल, इन्जिनियरिङ, अर्थशास्त्र, राजनीतिकशास्त्र, समाजशास्त्र लगायत सबै विषयको अध्ययनमा इतिहास कसरी जोडिन्छ भन्ने कुरा सजिलै बुझाइदिनुभयो।
उहाँको प्रस्तुति सुन्दै गर्दा मलाई लाग्यो, इतिहास भनेको केवल “भूतकालको घटना सूची” होइन रहेछ; यो त “घटना र समाजलाई बुझ्ने लेन्स” रहेछ। नीतिगत निर्णय, वैज्ञानिक खोज, औद्योगिक विकास, युद्ध–शान्ति, संस्थागत विकास, सबैको पछाडि इतिहासको गहिरो सम्बन्ध हुने रहेछ। ऐतिहासिक चेतना नभएको बौद्धिकता, कति नै उच्च गणित वा विज्ञान जान्ने भए पनि, “सन्दर्भबिहीन” हुन सक्छ भन्ने कुरा मिस्टर स्टेफीले हरेक वाक्यमा प्रत्यक्ष/अप्रत्यक्ष जोड दिइरहनुभएको थियो।
इतिहासको अध्ययन र ऐतिहासिक दृष्टिकोण/चेतनाबिनाको बौद्धिकता अपुरो हुन सक्छ भन्नेमा उहाँको बिशेष जोड थियो। उहाँको व्यक्तित्व, प्रस्तुति, व्याख्या र तर्कले मेरो “इन्जिनियरिङ” दिमाग नै खलबल्य��यो। छोराले मिस्टर स्टेफीलाई “धाँसु” शिक्षकको कोटीमा किन राखेको रहेछ भन्ने कुरा प्रस्ट भयो। यसमा विषयको महत्त्व, र शिक्षकको व्यक्तित्व/शैली, दुवै कारण रहेछन् भन्नेमा शङ्का रहेन।
कार्यक्रम सकिएपछि ट्रेनबाट घर फर्कँदै गर्दा मैले पढेको स्कुलको इतिहास र छोराको स्कुलको इतिहास कक्षाको दृश्य दिमागमा फनफनी घुमिरह्यो।
मैले पढेको सार्वजनिक स्कुलमा इतिहास, भूगोल, नेपाली जस्ता विषयलाई त्यति महत्त्व दिइँदैनथ्यो। इतिहासको पाठ्यपुस्तक र पढाइ मूलतः फुटकर घटनाको वर्णनजस्तो हुन्��्यो। परीक्षामा तिथि–मिति र व्यक्ति–ठाउँका नाम घोक्नु पर्थ्यो। युरोपको इतिहास र विश्वयुद्धका कुरा हुन्थे, तर युरोपको कुन देश कहाँ पर्छ भन्ने प्रस्ट नक्सा न किताबमा हुन्थ्यो, न त स्कुलमा भएको ठूलो नक्सा इतिहासको कक्षामा देखाइन्थ्यो।
डण्डीमा बेरिएका यस्ता ठूलो नक्सा भूगोलका शिक्षकको हकमा हुन्थे। भूगोलको पाठमा त्यस्ता नक्सा कक्षामा देखाइन्थ्यो, जुन भूगोल कक्षाको आकर्षण हुन्थ्यो। त��� इतिहासको पढाइ भने स्कुले जीवनमा कहिल्यै चाखिलो लागेन। घोकेको भरमा परीक्षामा राम्रै नम्बर आए पनि इतिहासले चेतना, दृष्टिकोण र जिज्ञासा जगाउने काम गरेन। मेरो लागि इतिहास एउटा प्र��ज्ञिक विधा भन्दा पनि परिक्षा पास गर्नु पर्ने सिर्फ एक विषय थियो ।
छोराको स्कुलको यो घटनापछि इतिहास विषयप्रति मेरो छुट्टै चाख जाग्यो। छोराको स्कुलमा किताब स्कुलले नै दिन्थ्यो, र विद्यार्थीले बोकेर घर लैजाँदैनथे, स्कुलमै राख्थे। मैले चाहिँ आफैं पढ्नका लागि छोराको स्कुलमा प्रयोग गरिने किताबको छुट्टै प्रति (फोटो तल) किनें।
मिस्टर स्टेफीले कक्षामा बाँडेको “इतिहासको अध्ययन हरेक विधा र पेशामा किन उपयोगी छ?” भन्ने सामग्री मैले दोहोर्याई–तेहर्याई पढें। खासगरी अनुसन्धानको सिलसिलामा कुनै पनि विषय–वस्तुको ऐतिहासिक विकासको पक्ष केलाउने बानी बस्यो। विश्वविद्यालयमा अध्यापन गर्दा पनि विषयको सुरुका १–२ कक्षा त्यस विषयको ऐतिहासिक पृष्ठभूमि समेट्दा शिक्षण–सिकाइ धेरै प्रभावकारी हुने अनुभव रह्यो।
खै, हाम्रा विद्यालयमा इतिहासको पढाइ हाम्रो पालाभन्दा सुध्रेको होला र? झन��� अहिले त विश्वविद्यालयमा इतिहास विभागमै विद्यार्थी छैन भन्ने खबर आउँछ। मिस्टर स्टेफीले छोटो समयमै मेरो इन्जिनियरिङ् दिमाग खलबल्याइदिने गरी इतिहासको ��हत्त्व बुझाएजस्तै, हाम्रो समाजमा पनि इतिहासको अध्ययन र ऐतिहासिक चेतनाबारे एउटा अभियान नै चलाउनुपर्ने हो कि? अलि गंभिरता सहित बनाएको पाठ्यक्रम, राम्ररी लेखिएका र डिजाइन गरिएका पाठ्यपुस्तक र दक्ष शिक्षक हुने हो भने विद्यालयदेखि नै इतिहास विषयको पढाई धेरै चाखिलो र ज्ञानवर्धक हुनसक्छ।
नत्र यस्तो महत्त्वपूर्ण विषय सुरुदेखि नै छायाँमा परिरहने भयो।
२१ माघ २०८२
काठमाडौं
यहि पौष १९ गते @bikashnews द्वारा आयोजित 'विकास-वहस' कार्यक्रममा 'पूर्वाधार र आर्थिक विकास' विषयक मेरो कार्यपत्रमा आधारित आलेख। https://t.co/5xwBJwJeFR
'पूर्वाधार विकासका लागि पैसाको भन्दा सोच/योजनाको समस्या छ।'
A full-time, two-year Master of Public Policy program at the University of Nepal (Kathmandu), offering a strong foundation and analytical rigor. An ideal choice for students aspiring to become policy professionals and leaders.
नेपालको अर्थतन्त्र आज इतिहासकै सबैभन्दा गम्भीर संकटको दोसाँधमा उभिएको छ ।
यो संकट भूकम्प, भारतीय नाकाबन्दी, कोभिडजन्य मन्दीभन्दा यस कारण पनि निकै फराकिलो र विस्तारित छ कि एकै पटक त्रिपक्षीय संकट अर्थतन्त्रमा आइलागेको छ ।
अर्थतन्त्रमा ��स्तो त्रिपक्षीय झट्का/आघात विरलैमात्र देखापर्छ । र, नेपालले यस पटक यसको गम्भीर प्रभाव झेल्दैछ ।
https://t.co/xV9Ptqcawd
Look at these faces! These aren’t just teachers—they represent a system and a mindset that is insensitive, discriminatory and lacks basic humanity.
One teacher boasts, “I’m taking care of 40,000 students for free,” while another adds, “That’s equivalent to your entire country’s budget.” Shame on these so-called educators from #KIITUniversity!
Are these even teachers? NO. Instead of taking responsibility, they shamelessly tried to dismiss the suicide of Nepali student Prakriti Lamsal, making derogatory and insensitive remarks.
These individuals disgrace the values of our country, where guests are treated like God. Nepali students came to KIIT with complete faith in the system, expecting the best education—only to face such humiliation..
💔 This is a harsh reality, and it is absolutely heartbreaking.
#JusticeForPrakriti #ShameOnKIIT
नेपाली राजनीतिको महांरोगः गलत प्रश्नको सहि उत्तर खोज्नु !
गलत प्रश्नः नेपाल ले विकासको लागि चीनवाट ऋण लिन हुन्छ कि हुदैन ?
यस्तो हुन्छ सहि प्रश्नः नेपालले ऋण वा अनुदान जे लिएर भएपनि भौतिक पूर्वाधार विकास (प्रविधि हस्तान्तरण सहित) मा चीनको BRI लाई कसरी अधिकतम उपयोग गर्न सकिन्छ ?
चीनका प्रतिस्पर्धि देशले BRI लाई भुराजनीतिक मुद्दा बनाउनु स्वभाविक छ। नेपालले भने BRI लाई आफ्नो हितमा कसरी अधिकतम उपयोग गर्ने भन्ने कुरामा ध्यान दिने हो।
नेपालले ठोस रणनीति सहित चीनसंग संवाद गर्न सक्दा BRI नेपालको पूर्वाधार विकासमा कोसेढुङ्गा हुन सक्छ ।
https://t.co/nFgsXhtwIE
The problem of the 'mass transit death spiral' : here is some news from Toronto: TTC facing 'financial cliff',https://t.co/4Apx36UtNq
You can find why it is happening: https://t.co/WYFMXrstTd