@stats_feed 🇳🇵 Nepal
1. Home to 8 of the 14 highest peaks in the world, including Mt Everest.
2. The only country with a non-rectangular flag.
3. Nepal was never colonized by any country.
4. Birthplace of Lord Buddha in Lumbini
5. The national animal is the cow, and killing one is illegal
सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र :
‘बुवा म आइसकेँ’
बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको आवाज गुमाएको छ । केही समय आफूलाई पर्खिएको चीर निन्द्राको शरिरलाई सुम्सुम्याउन बाहेक ऊ सँग अर्को विकल्प छैन । भक्कानिएकी मेरी आमा, बहिनी कसरी सम्हालिन् होला ? आफ्नै अगाडि एउटा खम्बा ढल्दा उनीहरुलाई कम्ति चोट परेको छैन ।
बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।
बुवा, हजुरले मात्रै चाहेर देशको कायापलट त पक्कै हुने थिएन । तपाईंले आफ्नो अभिभारा पूरा गरेर जानुभयो । २०७२ सालको संविधान जारी गर्दा कम्ता दुःख थिएन । देशी, विदेशी तत्वको आँखाको तारो बन्नुभएको थियो । माओवादीको जगजगी, सेनाले सिंहदरबार घेर्ने हल्ला, छिमेकीको धम्की सबै स्थितिलाई संयमतापूर्वक आफू अनुकुल बनाउनु त्यो तपाईंको खुबी थियो । मात्रै धेरै सम्भावना छोडेर जानुभयो, ती अवसर गुमाएर जानुभयो । हुनत भगवानको घरमा पनि तपाईंजस्तै महामानवको खाँचो खड्कियो होला । त्यै भएर यति निर्दयी बन्नुभयो होला ।
आज यो पीडा हरेक नेपालीको साझा बनिदिएको छ । बुवा, पीडा सानो ठूलो हुँदैन यसलाई तौलिन मिल्दैन । आजपनि तपाईंजस्तै चीर निन्द्रामा धेरै जना हुनुहुन्छ । तर, मेरो मनमा काउकुतीले किन छोडिरहेको छैन ? किन मलाई अत्यास लागिरहेको छ ? किन म आफै बेहोसी बनुला जस्तो भएको छ ? म अर्काको भूमिमा भएर पनि होला । भनेको समयमा टिकट पाइँदैन, भनेको समयमा जहाज उड्दैन । मलाई त रातिनै आउने मन थियो, मेरा बुवाको निश्कलंक अनुहारमा म्वाई खाने मन थियो ।
बुवा, म सोचिरहेको छुँ भोलि मेरी आमाको दिनपनि यस्तै त हुने होइन ? म नेपालमै बसौँ की फर्किउला केही सोच्न सकेको छैन । अब तपाईंजस्तो महान बन्नलाई मलाई सहज छैन । किनकी तपाईंले मलाई यो परिस्थितिबाट टाढा राख्नुभयो, राजनीतिको छायाँ पर्न दिनुभएन । मेरी आमा पनि राजनीतिबाट निकै पर बस्नुभयो । तपाईंले अरुका जस्तै परिवारका जम्मै सदस्यहरुलाई राजनीतिमा ल्याउन चाहानुभएन । न हामीलाई यो खेल खेल्न सिकाउनुभयो । अब कसरी बसौँला यो देशमा ?
मलाई कहिल्यै नमेटिने घाउ दिएर जानुभो, कहिल्यै नभेटिने ठाउँमा जानुभो । म विमानस्थलभित्र पस्दैछुँ । तपाईंको अनुहार एकपटक भएपनि हेर्ने मन छ । हजारौँ तपाईंका शुभेच्छुकहरुले सम्झिरहनेछन्, हामी पनि सम्झिरहने छौँ । हार्दिक श्रद्धाञ्जली बुवा ।।
@realpbhattarai यो बीचमा उसको सुटकेश एयरपोर्टमा फोडिन्छ, सडकको जाम देखाएर ट्याक्सीले चर्को भाडा डाम्छ, wifi र ac भनेर चडेको बसमा दुवै हुँदैन उल्टै सडेको खाना खान बाध्य हुन्छ, गाउँमा अटोको भाडाको सिकार हुन्छ,बाटोको धुवाँधुलोले ख्याक खुक गर्न थाल्छ। राती पेट दुख्छ र भोलि पल्ट रुघा लाग्न सुरु हुन्छ
Sompal Kami made everyone emotional in a recent intervew saying, "सबैले मेरो म्याच चलिरहेको बेला भाउजु खोई खोई भन्नु हुन्छ... उसले जबमा काम गर्न छोडेर मेरो गेम हेर्न आयो भने पैसा चाहिँ कहाँबाट आउँछ कसले कमाउँछ?" #Deep
File Pic. बिशाल पोख्रेल
रवि लामिछाने भन्छन्–म प्रधानमन्त्री,स्वर्णिम वाग्ले अर्थमन्त्री र रमेश खरेल गृहमन्त्री बनेको हेर्ने रहर सिंगो मुलुकलाई छ
युट्युबमा हेर्न यस लिंकमा जानुहोस् :
https://t.co/hqnMFZXGWM
#NepalPress
मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!