रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथा ��ुभेच्छुकहरूमा आग्रह गर्दछु।
बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दछु। विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाऔँ।
यस संवेदनशील समयम�� अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ।
पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु।
विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो—नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग।
प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न हार्दिक अपिल गर्दछु।
गत ३ दिन देखि मैले एउटा किताब खोजि रहेको थिएँ | त्यो किताब निर्मल पुर्जा भाइले मलाई राष्ट्रिय आविष्कार केन्द्रमा नै प्रतिनिधि सभाको चुनाबको नतिजा आएको केहि दिन पछि आएर "चुनाबमा बिजयी भएकोमा बधाई छ दाई" भन्दै हस्ताक्षर गरेर दिएका थिए | सो हस्ताक्षर सहितको किताबको फोटो राखेर उनलाई हार्दिक श्रद्दान्जली दिन्छु भनेर सो किताब लागि परेर खोजि रहेको थिएँ तर भेटाउन सकिएन | सो किताब मैले पढेर राष्ट्रिय आविष्कार केन्द्र कै म बस्ने टेबलमा राखेको थिएँ र केन्द्र कै अन्य भाईहरुले पढ्दै पनि थिए | कोहि भाई बहिनीहरुले पढ्नको लागि घर मै लगे कि भनेर सबैलाई सोधियो तर लैजाने व्यक्ति भेटिएन | सो किताब कुनै न कुनै दिन भेटिएला भन्ने आशा छ किन भने राष्ट्रिय आविष्कार केन्द्रमा आउने कोहि शुभेक्छुकले लगेको पनि हुन सक्छ | निर्मल पुर्जा भाईले पहिले देखि नै राष्ट्रिय आविष्कार केन्द्रलाई बेला बेलामा सहयोग पनि ��रेका थिए | उनलाई हार्दिक श्रध्दान्जली भन्दै उनको सम्मानमा र स्मृतिमा ठोस काम जे गर्न सकिन्छ सो को लागि प्रयास गर्नेछु | साथै उनी सहित सो दुर्घटनामा ज्यान गुमाउने अन्य पर्वतारोहीहरुलाई पनि हार्दिक श्रद्दान्जली छ |🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
(Photo Credit - Internet)
प्रिय निम्स,
फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो ���नुपस्थितिले मन भारी भएको छ तर तिमि र तिम्रो अदम्य साहस सम्झना भएर अनन्त बाँचिरहनेछ।जहाँ भए पनि, तिमी चिर शान्तिमा रहनू ।
यस दुःखद घटनामा जीवन गुमाउने अन्य सम्पूर्ण साथीहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
निकिता / रवि
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं ��टक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष��ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
🚨 Michael Carrick will stay at Manchester United as permanent manager, confirmed.
Direction clear for weeks, plan also approved by Sir Jim Ratfliffe and new deal set to be signed soon.
New deal for 2 years plus option to extend or directly 3 years, but no doubts: Carrick says yes and will sign the contract.
मेरो बारेमा भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित सम��चार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु। भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि उजुरी दिएको छु ।
न्याय पाउनेमा विश्वास छ।
उपसभामुख रुबी कुमारी ठाकुरले नेपालको न्याय प्रणालीमा वर्षौँदेखि कायम ढिलासुस्ती र राजनीतिक हस्तक्षेपप्रति गम्भीर चासो व्यक्त गर्नु भएको छ । पछिल्लो समय जनताले 'मुद्दा फैसला हुन दशकौँ कुर्नुपरेको' भन्दै गरिरहेको गुनासो न्याय क्षेत्रका लागि चुनौती बनेको उहाँको भनाइ छ ।
@Harkasampaang@harkaa_sampang
पार्टी सभापति श्री रवि लामिछाने ज्यू को निर्देशन र वैशाख २० गते बसेको केन्द्रीय सचिवालयको बैठकमा भएको छलफलको आधारमा, राष्ट्रिय स्वतन्त्र पार्टीले विगतमा गर्दै आएको नीति मन्थन कार्यक्रम पुन: सुरुवात गर्ने भएको छ।
त्यस अन���सार यही वैशाख २७ गते, अपराह्न ३ बजे देखि ६ सम्म, काठमाडौँ प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा बिपद जोखिम न्यूनीकरण तथा बिपद व्यवस्थापन" विषयमा "नीति मन्थन" कार्यक्रम हुनेछ।
धन्यवाद
प्रिय शुभचिन्तकहरु,
अहिले म माथि मिडिया ट्रायल भएको छ । मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । खोजे हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । बाँकी कानूनी उपचार खोज्ने छु...।