युद्द चित्र:
माओवादीले मलंगवा जाँदै गरेको बसमा पेट्रोल बम प्रहार गरेको घटनाको डकुमेन्ट्री हेर्दा आङ नै जिरिङ्ग भयो ।
करिब १० मिनेटको भिडियो लिंक कमेन्टमा राखेको छु!
६ मध्ये ३ सदस्य संलग्न रहेको संवैधानिक परिषद बैठकले गरेको सिफारिसलाई संवैधानिक इजलासले असंवैधानिक नरहेको व्याख्या गर्दै ५२ जनाको नियुक्ति सदर गरेको होइन?
संसदमा पेस नै नगरी काम फत्ते गरेर खारेज गरिएको अध्यादेशको काम कारवाही समेत बदर नगरेको अदालतले अब गर्न सक्ने के चैँ बाँकी छ?😂
संसदीय मर्यादा र लोकतन्त्रको कुरा गर्दा लाज लाग्दैन ? यस्ता कर्तुत गरेर आएकाहरूले ज्ञान पेल्नु शोभा दिँदैन । अस्ति सदनमै हानाहान गरेको याद छँदै छ । अनि त्यो समयमा लोकतन्त्र बलियो भएको थियो ? अहिले प्रधानमन्त्रीले संसदमा नबोलेकै कारण लोकतन्त्र कमजोर भयो ?
देश चलाउन अध्यादेश ल्याउँदा लोकतन्त्र कमजोर भयो ? अस्ति पार्टी फुटाउने अध्यादेश ल्याउँदा लोकतन्त्र मजबुत भएको थियो ?
लुट्नलाई कुनै कसर बाँकी नराख्नेहरू पनि संसदीय परम्परा र मर्यादाको पाठ नयाँहरूलाई पढाउँदैछन्।
यसको पनि हिसाब निकालेर असुल उपर गर्न मिलेछ भने पाइपाइ असुली गर्नु सरकार। राष्ट्र र जनतालाई ठूलो उपकार हुनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहका
यी दुई वाक्य सबै पार्टीका युवाहरूले कण्ठ पार्नु राम्रो! किनभने:
क) सार्वजनिक शिक्षाको गुणस्तर नबढी संसारमा कुनै पनि देशले प्रगति गरेको छैन। गुणस्तरीय निजि शिक्षाबाट मात्र देशको रुपान्तरण संभव नै हुँदैन। नेपालको हकमा निजि विद्यालय ठूलो हदसम्म विदेशका लागि रेडिमेड दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन्।
सार्वजनिक शिक्षाको गुणस्तर तन्नम हुनुको एउटा प्रमुख कारण "दलीय" विद्यार्थी संगठन थियो।
ख) एउटा सरकारी कार्यालयमा ७ वटा दलीय युनियनको बोर्ड झुण्डाएर विकास गरेको संसारमा एउटा पनि देश मलाई थाहा छैन। कसैलाई थाहा भए छ भने, बताइदिए हुन्छ।
सरकारी वेतनधारीको "दलीय" भातृ संगठन कर्मचारीतन्त्र भ्रष्ट र असक्षम हुनाको एउट प्रमुख कारण थियो।
यी दुई विषयमा राजनीति शुरू गरेदेखि मैले २०० पटक बोलिसकेँ हुँला। आफूले गर्ने अवसर नपाएका सुशासनका काम भटाभट रास्वपा सरकारले गरेको देख्दा 'दिल क्या खुश हो रहा है'! Well done!
But, as you know, my consistent position has been: बढ्दोरूपमा असुरक्षित बन्दै गएको विश्व अनि जटील बन्दै गएको भूराजनीति र आन्तरिक परिस्थितिहरू माझ सुशासनको एजेण्डाले मात्र अब नेपाललाई थेग्न सक्दैन।
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
नारायणहिटीमै छन् रानी ऐश्वर्यका धर्मपुत्र
-सीताराम बराल
नारायणहिटी राजदरवारमा १९ जेठ २०५८ मा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको सम्पूर्ण परिवारको बंशनास भयो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार श्रुति र अधिराजकुमार निराजन छाउनीस्थित सैनिक अस्पताल पुर्याइनासाथ मृत घोषणा गरिए । युवराज दीपेन्द्रको भने २२ जेठ २०५८ मा छाउनीको सैनिक अस्पतालमा निधन भयो ।
तर, रानी ऐश्वर्यले धर्मपुत्र बनाएका एक युवा भने नारायणहिटी दरवारमा अझै भेटिन्छन्, जो कर्मचारीका रुपमा नारायणहिटी दरवार संग्रहालयमा कार्यरत छन् ।
उनी हुन्, ओखलढुंगा जन्मघर भएका धनबहादुर खत्री ।
राजा वीरेन्द्र प्रत्येक वर्षको हिउँदमा एक–एक विकासक्षेत्रको भ्रमणमा जाने गर्थे। त्यसैक्रममा २०४४ पुष–माघमा उनी पूर्वान्चल विकास क्षेत्रको भ्रमणमा थिए । २९ पुषमा उनी ओखलढुंगा पुगे। रानी ऐश्वर्यपनि साथमा थिइन् । जिल्ला भ्रमणको क्रममा सभा र भेटघाटको कार्यक्रम भएकाले अन्य स्थान घुम्ने समय मिलेन ।
युगकवि सिद्धिचरण श्रेष्ठको गृहजिल्ला हो, ओखलढुंगा। त्यो बेला स्कूल तहको कोर्शमा युगकविको रचना ‘मेरो प्यारो ओखलढुंगा’ पढाई हुन्थ्यो । सायद अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले पनि यो कविता स्कूले जीवनमा पढे कि ? यहीकारण हुनसक्छ, रानी ओखलढुंगा बजार घुम्ने चाहना राखिन् ।
तर, पहिलो दिन समय थिएन। राजा–रानी क्षेत्रीय सदरमुकाम धनकुटा फर्के । भोलिपल्ट ३० पुषमा रानी ऐश्वर्य छोरी अधिराजकुमारी श्रुति र कान्छा छोरा अधिराजकुमार निराजनलाई लिएर ओखलढुंगा पुगिन्। बजारमा रहेको गणेश मन्दिर दर्शनका क्रममा बालक धनबहादुर भेटिएका थिए ।
खासमा बालक धनबहादुर रानी ऐश्वर्यलाई फूल दिन चाहन्थे । तर बाक्लो प्रहरी उपस्थितिका कारण रानी ऐश्वर्य नजिक पुग्न सम्भव थिएन । प्रहरीको टांगमुनि छिरेर रानी नजिक पुग्न खोज्दा प्रहरीको दुई लाठी खाए, रातेस्रो लाठी हान्न लाग्दा रानी ऐश्वर्यले प्रहरीलाई रोकिन् र आफूलाई फूल दिन खोजेका बालक धनबहादुरलाई काखमा बोकिन् ।
गरिवीका कारण गाउँको स्कूलमा पढ्न जानसमेत नपाएका धनबहादुरको भाग्य त्यसदिन फेरियो । उनका लागि त्यहीँको बजारबाट नयाँ कपडा र जुत्ता किनियो । रानी ऐश्वर्यले धनबहादुरलाई काठमाडौँ ल्याउने निर्णय गरिन् ।
काठमाडौँ ल्याएर उनलाई नारायणहिटी राजदरवारमै राखियो । रानी ऐश्वर्यले धनबहादुरलाई धर्मपुत्र बनाइन् र आफै अविभावक बनेर ऐश्वर्यले धनबहादुरलाई स्कूल भर्ना गरिदिइन् ।
स्कूल छुट्टी हुँदा धनबहादुर नारायणहिटीमै बस्न आउँथे । अधिराजकुमार निराजनका सबैभन्दा मिल्ने साथी धनबहादुर नै थिए ।
२०५७ मा धनबहादुरको ब्रतबन्ध हुँदा निराजन हेलिकोप्टर चढेर भिक्षा दिन ओखलढुंगास्थित धनबहादुरको घरमै पुगेका थिए । प्रस्तुत तस्वीर धनबहादुर (माला लगाएका) को ब्रतबन्धमा भिक्षा दिन ओखलढुंगा पुगेका बेला खिचिएको थियो ।
गणतन्त्र घोषणापछि भने धनबहादुर पूर्वराजा ज्ञानेन्द्रको महाराजगन्जस्थित निर्मल निवासमा बसोबास गर्न थाले । धनबहादुरको घरजम भएपछि निर्मल निवासले धनबहादुरको नाममा घर खरिद गरिदियो ।
रोचक कुरा चाहिँ के हो भने, रानी ऐश्वर्यले धर्मपुत्र बनाएका धनबहादुर आजकलपनि नारायणहिटी दरवारमा भेटिन्छन् । अधिराजकुमार निराजनसँगै हुर्किएका उनी खासमा नारायणहिटी दरवार संग्रहालयका कर्मचारी हुन् । गणतन्त्र घोषणाअघि उनी राजप्रासाद (दरवार) सेवामा भर्ना भएका थिए ।
राजा वीरेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनसहित उनलाई ओखलढुंगाबाट काठमाडौँ ल्याउने रानी ऐश्वर्यको नारायणहिटीभित्रै निधन भयो । त्यही नारायणहिटी संग्रहालयको कर्मचारी भएकाले धनबहादुर प्रत्येक दिन नारायणहिटी पुग्छन् र संग्रहालय हेर्न पुग्ने अवलोकनकर्ताहरुको सहयोगी बन्छन् ।
एक वर्ष अगाडि अमेरिकामा बलात्कार भयो भनेर स्टाटस लेखेकै भरमा हजारौँ कलाकार वा देशका ठूला ओहोदामा रहने मान्छेहरूले देखे सबैले रुवाबासी गरे आवाज उठाए,तर नेपालमै माइतीघरमा बसेको यि चेलीलाई कसैले देख्दैन, चिन्दैनन् र उसको आवाज सुन्दैनन् त्यसैले यहाँ अझैं पनि रूप रङ र धनी गरिबमा विभेद छ ! उहाँलाई छिटो न्याय मिलोस बालेन सरकार 👇️
राजाको एक सबारी ले मानब सागर येसरी वोर्लिन्छ ल हेर्नुस 👇
राजा पाटन आउँदा उर्लियो जनसागर, थामीनसक्नु भिड सुरक्षाकर्मी लाई ब्यबस्थापन गर्न हम्मेहम्मे ❤️🙏🏽🇳🇵
अनि ४६ साल र ६२-६३ साल चाही ओर्गानिक थिए त? शायद धेरैलाइ याद छैन तर राजाको सत्ताको बेला यिनीहरु सब लाइन लगेर नेपालमा नाकाबन्दी लाइदिनु पर्यो प्रभु भनेर मनमोहन सिंहको खुट्टा ढोग्न गा'थे/अहिले ठुला कुरा!
@kpdhungana Sadly चासो त ‘को प्रक्राउ पर्यो’ ‘कसले पक्राउ गर्यो’ र ‘किन पक्राउ गर्यो’ भन्ने नै देखिन्छ।
अपराधै नगर्दै गर्न सक्छ भन्दै दुर्गा प्रसाइलाई पटक पटक उठाइएको घटनाको सामान्यीकरणमा मिडियाको भूमिकाले त्यसलाई दर्हो आधार दिन्छ।
Consistency नै देखिन्न। अमुक अमुक बेला मात्र बहस हुन्छ😋😋